परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३३

18 अप्रिल 2021

यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटको लागि तिमीहरूलाई दोष लगाइन भने—तिमीहरूमध्ये धेरैजसोले पैसा छनौट गरेर सत्यलाई त्याग्‍नेथियौ। तिमीहरूमध्ये उत्तम व्यक्तिहरूले पैसालाई त्यागेर मन नलागी-नलागी सत्यतालाई छनौट गर्नेथियौ, जबकी दोधारेहरूले एउटा हातले पैसा हडप्नेथिए र अर्को हातले सत्यता टिप्नेथिए। तिमीहरूको साँचो रङ त्यसपछि आफै स्पष्ट नहोलान् त? तिमीहरूले सत्यता र तिमीहरू निष्ठावान् भएको कुनै कुराको बीचमा छनौट गर्दा, तिमीहरू सबैले यही छनौट गर्थ्यौ र तिमीहरूको मनोवृत्ति उस्तै रहन्थ्यो। के त्यो यस्तै हो नि, होइन र? के तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरेका व्यक्तिहरू होइनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो बीचको प्रतिस्पर्धामा, तिमीहरूले परिवार र परमेश्‍वर, छोराछोरी र परमेश्‍वर, शान्ति र अवरोध, सम्पत्ति र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र पन्छाइनु र यस्तै अन्य कुराहरूको बीचमा तिमीहरूले गरेको छनौटको बारेमा तिमीहरूलाई अवश्य नै थाहा होला। शान्तिपूर्ण परिवार र टुक्रिएको परिवारको बीचमा, तिमीहरूले पहिलोलाई नै छनौट गर्‍यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्‍यौ; धन र कर्तव्यको बीचमा, तिमीहरूले फेरि पहिलोलाई छनौट गर्‍यौ, यहाँसम्म कि किनारामा फर्किने इच्छा समेत राखेनौ; विलासिता र गरिबीको बीचमा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; आफ्ना छोरा, छोरी, श्रीमती, श्रीमान अनि मेरो बीचमा छनौट गर्दा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; र धारणा र सत्यताको बीचमा, तिमीहरूले पहिलोलाई नै छनौट गर्‍यौ। तिमीहरूका सबै दुष्कर्महरूको सबै तरिकालाई सामना गरेको कारण, मैले तिमीहरूमाथिको विश्‍वासलाई गुमाएको छु। तिमीहरूको हृदय यसलाई कोमल बनाउने कार्यप्रति अत्यन्तै प्रतिरोधी छ भन्‍ने कुराले मलाई साँच्‍चै अचम्‍मित पार्छ। समर्पण र प्रयासका धेरै वर्षहरूले स्पष्ट रूपमा मलाई तिमीहरूको परित्याग र निराशाभन्दा धेरै अरू केही दिएन, तर तिमीहरूको लागि मेरा आशाहरू बितेको प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो भएको छ। तैपनि तिमीहरू अँध्यारो र दुष्ट कुराहरूको खोजमा छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक विचार गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न लगाइएको थियो भने, तिमीहरूको छनौट के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो? के तिमीहरूले अझै पनि मलाई निराशा र दुर्भाग्यपूर्ण शोक ल्याइदिनेथियौ? के तिमीहरूको मुटुमा अझै पनि न्यानोपनको सानो टुक्रा बाँकी रहनेथियो? के तिमीहरू अझै पनि मेरो मुटुलाई सान्त्वना दिन के गर्नुपर्छ सोबारे अनभिज्ञ हुनेथियौ? यो समयमा तिमीहरू केलाई छनौट गर्छौ? तिमीहरू मेरा वचनहरूमा समर्पित हुन्छौ कि तिनीहरूप्रति निरस महसुस गर्छौ? मेरो दिन तिमीहरूकै आँखाअगाडि छ र तिमीहरूले जे देख्छौ सो नयाँ जीवन र एक नयाँ सुरुवातको विन्दु हो। यद्यपि, मैले तिमीहरूलाई के भन्‍नुपर्छ भने, यो सुरुवातको विन्दु पहिलेको नयाँ कामको आरम्भ होइन, तर पुरानोको निष्कर्ष हो। अर्थात्, अन्तिम कार्य यही नै हो। यस सुरुवातको विन्दुको बारेमा के असामान्य छ सो तिमीहरू सबैले बुझ्‍न सक्छौ भन्‍ने मलाई लाग्छ। तैपनि, एक दिन चाँडै तिमीहरूले यस सुरुवातको विन्दुको साँचो अर्थलाई बुझ्नेछौ, त्यसकारण हामी एकसाथ अघि बढौं र आउने समापनलाई स्वागत गरौं। यद्यपि, मलाई तिमीहरूको के कुराले निरन्तर चिन्ता गराउँछ भने, जब तिमीहरू अन्याय र न्यायको सामना गर्छौ, तिमीहरूले सधैँ पहिलोलाई छनौट गर्छौ। तैपनि, त्यो सबै तिमीहरूको अतीतमा छ। म पनि तिमीहरूको अतीतको सबै कुरा बिर्सने आशा गर्दछु, यद्यपि यो गर्न धेरै कठिन छ। तैपनि, यसो गर्ने धेरै राम्रो तरिका मसँग छ: भविष्यले अतीतलाई प्रतिस्थापन गर्न देओ र तिमीहरूको अतीतको छायालाई आजको तिमीहरूको साँचो रूपले ढाकिदेओ। यसरी, तिमीहरूलाई मैले फेरि पनि छनौट गर्न लगाउनुपर्छ: तिमीहरू वास्तवमा कोप्रति निष्ठावान छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ कोप्रति निष्ठावान् छस्?

तिमी को प्रति वफादार छौ?

पद १

यदि परमेश्‍वरले तिमीहरू सामु धन राख्नुभयो, स्वतन्त्र रूपले चुन्ने आग्रह गर्नुभयो दोषी ठहराउनुहुन्न भन्नुभयो भने, धेरैले सत्यता त्यागेर धन चुन्नेछन्। अलि असल व्यक्तिले धन त्यागी अनिच्छुक भई सत्यता चुन्नेछन्। दोधारेहरूले दुवै सत्यता र धन चुन्नेछन्। के तिमीहरूको साँचो रङ्ग स्पष्ट हुनेछैन?

पद २

सत्यता र तिमीहरू वफादार हुने कुरा बीच सधैँ यस्तो छनौट गर्नेछौ, र तिमीहरूको मनोवृत्ति उस्तै रहनेछ। के तिमीहरू सही-गलतको दोधारमा छैनौ? असल, खराब, कालो र सेतो बीचका लडाइँमा, परिवार, उहाँ; शान्ति, समस्या बीच; धनी, गरिब, महान्, साधारण; समर्थन र अस्वीकार गरिएका बीच, आफ्ना छनौट बारे पक्कै सचेत छौ।

कोरस

फेरि छनौट गर्न आग्रह गरियो भने, छनौट के हुनेछ? के त्यो पुरानै हुनेछ? के उहाँलाई अझै पीडा, निराशा दिनेछौ? के हृदयमा थोरै न्यानोपन हुनेछ? उहाँलाई कसरी सान्त्वना दिने भनी के अझै जान्नेछैनौ?

पद ३

टुक्रिएको होइन शान्तिपूर्ण परिवार चुन्यौ। पछाडि नफर्की कर्तव्य होइन धन चुन्यौ, गरिबी होइन विलासिता, उहाँ होइन परिवार, सत्यता होइन धारणा चुन्यौ। तिमीहरूका सब प्रकारका दुष्टता सामना गर्नुभएकोले, उहाँले सब विश्‍वास गुमाउनुभएको छ। तिमीहरूका हृदय नरम हुनै चाहँदैनन् भनी उहाँ चकित हुनुहुन्छ।

पद ४

वर्षौँको उहाँको समर्पणता, वर्षौँका कैयौँ प्रयासले उहाँलाई यस्तो परित्याग मात्रै ल्याएको छ र तिमीहरूको निराशा देखाएको छ। तैपनि उहाँका आशा बढ्दै जान्छन्, कारण उहाँको दिन सबै सामु छ। तर अझ अँध्यारो, दुष्ट कुरा खोज्छौ, पकड्छौ। परिणाम के हुनेछ सोचेका छौ?

कोरस

फेरि छनौट गर्न आग्रह गरियो भने, छनौट के हुनेछ? के त्यो पुरानै हुनेछ? के उहाँलाई अझै पीडा, निराशा दिनेछौ? के हृदयमा थोरै न्यानोपन हुनेछ? उहाँलाई कसरी सान्त्वना दिने भनी के अझै जान्नेछैनौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तँ कोप्रति निष्ठावान् छस्?” बाट परिमार्जित

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्