परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३१०

18 नोभेम्बर 2022

हजारोँ वर्षसम्म फैलिएको प्राचीन संस्कृति र इतिहासको ज्ञानले मानिसको सोच र धारणा अनि उसको मानसिक दृष्टिकोणलाई यति कसिलोसँग बन्द गरिदिएको छ कि ती अभेद्य र गैर-जैवनिम्‍नीकरणीय बनेका छन्। मानिसहरू नरकको अठारौं चक्रमा बस्छन्, जहाँ उनीहरूलाई परमेश्‍वरले कालकोठरीमा हालिदिनुभएझैं, उज्यालो कहिल्यै देख्‍न सकिँदैन। सामन्ती सोचले मानिसहरूलाई यति दमन गरेको छ कि उनीहरूलाई सास फेर्न पनि मुस्किल छ र तिनीहरू निस्सासिरहेका छन्। तिनीहरूसँग विरोध गर्ने अलिकति पनि शक्ति छैन; तिनीहरूले चुपचाप सहेको सहेकै गर्न मात्र सक्छन्…। धार्मिकता र न्यायका लागि संघर्ष गर्न वा खडा हुने हिम्मत कहिल्यै कसैले गरेको छैन; मानिसहरू दिनदिनै र हरेक वर्ष सामन्ती प्रहार र दुर्व्यवहारमुनि पशुको भन्दा नराम्रो जीवन जिउँछन्। तिनीहरूले मानव संसारमा खुसी पाउन परमेश्‍वरलाई खोज्नुपर्छ भनी कहिल्यै सोचेका छैनन्। यस्तो लाग्छ, मानिसहरू यतिसम्म पिटिएका छन् कि तिनीहरू शरदमा झरेका पातहरूझैँ सुकेका, खरिएका र पहेँलो-खैरो भएका छन्। मानिसहरूले आफ्नो स्मरण शक्ति गुमाएको धेरै भइसकेको छ; तिनीहरू असहाय बनेर त्यो नरकमा बस्छन् जसलाई मानव संसार भनिन्छ, त्यहाँ तिनीहरू त्यस अन्तिम दिनको आगमन पर्खिरहेका छन् जहाँ तिनीहरू यस नरकसँगै नष्ट हुन सक्छन्, मानौं तिनीहरूले चाहना गरेका त्यो अन्तिम दिन मानिसले आरामदायी शान्ति पाउने दिन हो। सामन्ती नैतिकताले मानिसको जीवनलाई “पाताल” मा लगिसकेको छ, जसले मानिसको प्रतिरोध गर्ने क्षमतालाई अझ कमजोर बनाएको छ। सबै प्रकारका उत्पीडनले मानिसलाई एकपछि अर्को चरण गरी धकेल्दै, पातालको झन्झन् गहिराइतिर खसाल्छ, परमेश्‍वरबाट झन्-झन् टाढा बनाउँछ, र आजको दिनसम्ममा ऊ परमेश्‍वरप्रति पूर्ण अपरिचित भइसकेको छ र उहाँलाई भेट्दा ऊ तर्की भाग्‍न हतार गर्छ। मानिसले उहाँलाई ध्यान दिँदैन र उहाँलाई एकलै उभिनका निम्ति छोडिदिन्छ, मानौं मानिसले कहिल्यै उहाँलाई चिनेको छैन, उहाँलाई पहिले कहिल्यै देखेको छैन। तैपनि परमेश्‍वरले मानव जीवनको लामो यात्राभरि मानिसलाई पर्खिरहनुभएको छ, उहाँको रोक्‍न नसकिने क्रोध कहिल्यै ऊमाथि पोखाउनुभएको छैन, मानिसले पश्‍चात्ताप गरी नयाँ सुरुवात गरोस् भनी एक शब्द पनि नबोली चुपचाप पर्खिरहनुभएको छ। मानिससँग मानव संसारको दुःखमा सहभागी हुन परमेश्‍वर धेरै अघि नै मानव संसारमा आउनुभयो। उहाँ मानिसको साथमा बस्‍नुभएका सारा वर्षहरूमा कसैले पनि उहाँको अस्तित्वलाई पत्ता लगाएको छैन। उहाँले व्यक्तिगत रूपमा ल्याउनुभएको काम पूरा गर्ने क्रममा परमेश्‍वर मानव संसारको अन्यायपूर्ण दुःखलाई चुपचाप सहनु मात्र हुन्छ। उहाँले परमेश्‍वर पिताको इच्छा र मानवजातिको आवश्यकताका खातिर मानिसले पहिले कहिल्यै अनुभव नगरेका दुःखहरू धैर्यसाथ निरन्तर भोगिरहनुहुन्छ। मानिसको उपस्थितिमाझ उहाँले चुपचाप उसलाई पर्खनुभयो र मानिसको उपस्थितिमाझ उहाँले पिता परमेश्‍वरको इच्छाको खातिर र मानवजातिको आवश्यकताका खातिर आफैलाई नम्र तुल्याउनुभयो। प्राचीन संस्कृतिको ज्ञानले थाहै नदिई मानिसलाई परमेश्‍वरको उपस्थितिमाझबाट चोरेर लगेको छ र उसलाई दियाबलसहरूको राजा र त्यसका सन्तानको हातमा सुम्पिदिएको छ। चार पुस्तक र पञ्‍चोत्कृष्ट पुस्तकहरूले मानिसका सोच र धारणाहरूलाई विद्रोहको अर्को युगतिर लगेको छ, जसले उसलाई त्यो पुस्तक/उत्कृष्ट दस्तावेज सङ्ग्रहित गर्नेहरूलाई पहिलेभन्दा बढी प्रशंसा गर्ने बनाउँछ, र यसको फलस्वरूप उसले परमेश्‍वरसम्बन्धी आफ्नो धारणालाई अझ खराब बनाउँछ। मानिसले थाहै नपाई, दियाबलसहरूको राजाले क्रूरतापूर्वक उसको हृदयबाट परमेश्‍वरलाई निकालेको छ र त्यो ठाउँमा विजयको हर्षसहित आफै बसेको छ। त्यस समयदेखि नै, मानिस दुष्ट र घिनलाग्दो आत्माको अधीनमा छ र ऊसित दियाबलसहरूको राजाको अनुहार छ। परमेश्‍वरप्रतिको घृणाले उसको छाती भरियो, र दियाबलसहरूको राजाको द्वेषपूर्ण दुर्भावना ऊ पूर्ण रूपमा बरबाद नहुन्जेलसम्म मानिसहरूभित्र दिनदिनै फैलिरह्यो। मानिससँग अलिकति पनि स्वतन्त्रता थिएन र दियाबलसहरूको राजाको बन्धनबाट मुक्त हुने कुनै उपाय थिएन। त्यही ठाउँमा कैदीको रूपमा लगिने, आत्मसमर्पण गर्ने र त्यसको उपस्थितिमा समर्पण हुनेबाहेक ऊसँग अरू विकल्प थिएन। धेरै पहिले, जब मानिसको हृदय र आत्मा आफ्नो शैशवकालमा थियो, तब दियाबलसहरूको राजाले त्यसमा नास्तिकता रोगको बीउ रोप्यो र उसलाई “विज्ञान र प्रविधि अध्ययन गर्नु; चार आधुनिकीकरण महसुस गर्नु; संसारमा परमेश्‍वर भन्‍ने कुनै कुरा छैन” भन्‍ने झूटहरू सिकायो। त्यति मात्र होइन, यो हर अवसरमा यसो भन्दै चिच्याउँछ: “सुन्दर जन्मभूमि निर्माण गर्न हामी आफ्नै उद्यमी परिश्रममा भरोसा गरौं,” र प्रत्येक व्यक्तिलाई बाल्यकालदेखि नै आफ्नो देशलाई विश्‍वासयोग्य सेवा प्रदान गर्न तयार हुनुपर्छ भन्छ। मानिसलाई अनजानमा त्यसको छेउमा ल्याइयो, जहाँ यसले कुनै सङ्कोच नमानीकन अहङ्कारका साथ सबै श्रेय (अर्थात्, सबै मानवजातिलाई उहाँकै हातमा राख्‍ने परमेश्‍वरको श्रेय) आफैले लियो। त्यसमा यसले कहिल्यै पनि शर्मको कुनै अनुभूति गरेन। यसबाहेक, यसले लाजै नमानी परमेश्‍वरका मानिसहरूलाई अँठ्यायो र तानेर आफ्नो घरमा ल्यायो, जहाँ यो मुसोझैं टेबलमा उफ्रियो र आफूलाई परमेश्‍वरको रूपमा पूजा गर्न मानिसलाई लगायो। कस्तो निराशलाग्दो कुरा! यसले विवादास्पद र स्तब्ध पार्ने कुराहरू चिच्याउँदै भन्छ, जस्तै: “संसारमा परमेश्‍वर भन्‍ने कुनै कुरा छैन। बतास प्राकृतिक नियमअनुसार रूपान्तरणबाट आउँछ; वर्षा तब हुन्छ जब पानी बाफ बनेर चिसो तापक्रमसँग मिल्छ, र बाक्ला थोपाहरू बनेर जमिनमा झर्छ; भूकम्प भनेको भूगर्भीय परिवर्तनको कारण पृथ्वीको सतह हल्लिनु हो; खडेरीचाहिँ सूर्यको सतहमा न्यूक्लियोन विघटन हुँदा हावामा सुक्खापन हुने भएकोले गर्दा हुन्छ। यी प्राकृतिक घटनाहरू हुन्। यी सबै थोकमा, परमेश्‍वरको काम कहाँ छ?” यस्ता व्यक्तिहरू पनि छन् जो निम्‍न कुराहरू भन्दै अर्थात् समर्थन गर्न नहुने यस्ता भनाइहरू बोल्दै कराइरहेका हुन्छन्: “मानिस विगतमा बाँदरबाट विकसित भएको थियो, र आजको संसार करिबकरिब एक अर्ब वर्षपहिले सुरु भएको आदिम समाजहरूको उत्तराधिकारबाट आएको हो। कुनै देश फस्टाउँछ कि पतन हुन्छ भन्‍ने कुरा रूपमा त्यसको जनताको हातमा हुन्छ।” पृष्ठभूमिमा, यसले मानिसलाई यो आफैलाई भित्तामा झुण्ड्याएर वा टेबलमा राखेर श्रद्धा र भेटी चढाउने बनाउँछ। यसको साथै यो “परमेश्‍वर हुनुहुन्‍न” भन्दै कराउँछ, यसले आफैलाई परमेश्‍वरजस्तो उच्‍च बनाउँछ, परमेश्‍वरको स्थानमा उभिएर र दियाबलसहरूको राजाको भूमिकालाई ग्रहण गर्दै अत्यन्तै अभद्रतासाथ परमेश्‍वरलाई पृथ्वीको सिमानाबाट बाहिर धकेल्छ। कति नराम्रो घतले विवेक गुमाएको! यो कुराले यसलाई अत्यन्तै घिनलाग्दो बनाउँछ। यस्तो लाग्छ, परमेश्‍वर र यो कट्टर शत्रुहरू हुन्, र यी दुई सँगसँगै रहन सक्दैनन्। व्यवस्थाले नभेट्ने ठाउँमा स्वतन्त्र रूपले घुम्दै यसले परमेश्‍वरलाई बाहिर लखेट्ने योजना बनाउँछ। यो दियाबलसहरूको त्यस्तो राजा हो! यसको अस्तित्वलाई कसरी सहन सकिन्छ? परमेश्‍वरको कामलाई नाश नपारुन्जेल र सबै कुरा पूरै लथालिङ्ग नबनाउन्जेल यसले विश्राम गर्दैन, मानौं यसले माछा नमारुञ्‍जेल वा जाल नफाटुन्जेल अन्त्यसम्मै परमेश्‍वरको कडा विरोध गर्न चाहन्छ, जानीजानी आफैलाई परमेश्‍वरको विरोधी बनाउँछ र झन्-झन् अगाडि आउँछ। त्यसको घृणित अनुहार लामो समयदेखि पूर्ण रूपमा उदाङ्गो भएको छ, अब त्यो चोटैचोट र नीलडामले भरिएको छ र दुःखद स्थितिमा छ, तैपनि परमेश्‍वरप्रतिको घृणामा यो अझै नरम हुँदैन, मानौं परमेश्‍वरलाई एकै गाँसमा निलेपछि मात्र त्यसले आफ्नो हृदयको घृणालाई कम गर्न सक्छ। हामी कसरी यसलाई सहन सक्छौं, यो परमेश्‍वरको शत्रुलाई! यसलाई समाप्त गरेर अनि पूर्ण रूपमा नाश पारेर मात्र हाम्रो जीवनको इच्छा सफल हुनेछ। यसलाई जताततै त्यसरी दगुरिहिँड्ने अनुमति कसरी दिन सकिन्छ? यसले मानिसलाई यति भ्रष्ट पारेको छ कि मानिसले स्वर्गसूर्यलाई जान्दैन, र ऊ जीवनरहित र भावहीन भएको छ। मानिसले आफ्नो सामान्य मानव-तर्क हराएको छ। भविष्यका सबै चिन्ताहरू हटाउनका लागि यसलाई नाश गर्न र जलाउन अनि परमेश्‍वरको कार्यलाई चाँडै अभूतपूर्व महिमामा पुग्‍न दिनका निम्ति हाम्रो सम्पूर्ण अस्तित्व नै किन समर्पण नगर्ने? बदमासहरूको यो गिरोह मानिसहरूको संसारमा आयो र यहाँ उत्पात मच्‍चायो। तिनीहरूले सारा मानवजातिलाई भीरको टुप्‍पामा ल्याएका छन्, उनीरूलाई थाहै नदिई भीरमुनि धकेलेर टुक्रा-टुक्रा पारी उनीहरूको लास खाने गोप्य योजना बनाउँदैछन्। तिनीहरू परमेश्‍वरको योजना तोड्ने र उहाँसँग जुवा खेल्ने र एउटै दाउमा सबै जित्‍ने व्यर्थको आशा गर्छन्। त्यो कुनै पनि हालतमा सजिलो छैन! आखिर दियाबलसहरूको राजाको लागि नै क्रूस तयार पारिएको छ, जो सबैभन्दा जघन्य अपराधको दोषी छ। परमेश्‍वर क्रूसको स्वामित्वमा हुनुहुन्‍न। उहाँले पहिले नै यसलाई दियाबलसको लागि टाढा पन्साई सक्‍नुभएको छ। परमेश्‍वर धेरै समय अगाडि नै विजयी हुनुभएको छ, र मानवजातिको पापको लागि अबउप्रान्त दु:ख महसुस गर्नुहुन्‍न, बरु उहाँले सबै मानवजातिको लागि मुक्ति ल्याउनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (७)

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्