परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३०७

18 नोभेम्बर 2022

परमेश्‍वरले मानिसलाई धेरै कुरा जिम्मा दिनुभएको छ र अनगिन्ती तरिकाले तिनीहरूका प्रवेशलाई सम्बोधन गर्नुभएको छ। तर मानिसहरूको क्षमता धेरै नै कमजोर भएकोले परमेश्‍वरका धेरैजसो वचनहरू जरा हाल्न असफल भएका छन्। यस्तो कम क्षमता हुनुका विभिन्‍न कारणहरू छन्, जस्तै मानिसको सोच र नैतिकताको भ्रष्टता, र उचित पालनपोषणको अभाव; मानिसको हृदयलाई गम्भीरतापूर्वक पकडमा पार्ने सामन्ती अन्धविश्‍वासहरू; मानिसको हृदयको गहिराइमा कैयौँ खराब कुराहरू हालिदिने भ्रष्ट र पतित जीवनशैलीहरू; सांस्कृतिक साक्षरताको सतही बुझाइ, करिब अन्ठानब्बे प्रतिशत मानिसहरूसँग सांस्कृतिक साक्षरताको शिक्षा नहुनु, अनि अति थोरैले मात्र उच्‍च स्तरको सांस्कृतिक शिक्षा प्राप्त गर्नु। त्यसकारण, मानिसहरूलाई परमेश्‍वर वा आत्माको अर्थ के हो थाहै छैन, तिनीहरूमा सामन्ती अन्धविश्‍वासबाट प्राप्त भएको परमेश्‍वरको अनिश्‍चित र अस्पष्ट चित्र मात्रै छ। हजारौं वर्षदेखिको “राष्ट्रियताको उच्‍च भावना” का हानिकारक प्रभावहरूका साथै सामन्ती सोच मानिसको हृदयको गहिराइमा छोडिएका छन्, जसद्वारा मानिसहरू बन्धन र साङ्लामा परेका छन्, उनीहरूसँग अलिकति पनि स्वतन्त्रता छैन, आकांक्षा राख्‍ने र दृढ रहने कुनै चाहना छैन, प्रगति गर्ने कुनै इच्छा छैन, बरु निष्क्रिय र प्रतिगामी भई दास मानसिकता र अन्य यस्तै कुराहरूमा डुबेका छन्—र यी वस्तुगत तत्वहरूले मानवजातिको वैचारिक दृष्टिकोण, आदर्श, नैतिकता र स्वभावमा एक अमेट फोहोर र घिनलाग्दो कुरा हालिदिएका छन्। यस्तो लाग्छ, मानिसहरू आतङ्कवादको अन्धकार संसारमा बाँचिरहेका छन्, जसलाई तिनीहरूमध्ये कसैले पनि पार गर्न खोज्दैन, र तिनीहरूमध्ये कसैले पनि आदर्श संसारमा जाने विचार गर्दैन; बरु, तिनीहरू आफ्नो जीवनको नियतिसित सन्तुष्ट छन्, आफ्ना दिनहरू बच्‍चा जन्माउँदै र हुर्काउँदै, पसिना बगाउँदै, घरको कामकाज गर्दै, एक आरामदायी र सुखी परिवारको सपना देख्दै, र शान्तिसित जीवन बिताउने क्रममा वैवाहिक स्‍नेह, छोराछोरीको आदर र जीवनको उत्तरार्धको खुसी पाउने सपना बुन्दै जिउँछन्…। दसौं, हजारौं वर्षदेखि अहिलेसम्‍म मानिसहरूले आफ्नो समय यसरी नै नष्ट पारिरहेका छन्, कसैले पनि सिद्ध जीवन सिर्जना गरेको छैन, सबै जना यस अन्धकार संसारमा प्रसिद्धि र धनको पछि दौडँदै र एकअर्काको विरुद्ध षड्यन्त्र गर्दै एकअर्काको हत्या गर्न तत्पर रहेका छन्। के कहिल्यै कसैले परमेश्‍वरको इच्छा खोजेको छ? के कसैले कहिल्यै परमेश्‍वरको काममा ध्यान दिएको छ? अन्धकारको प्रभावमा परेका मानवताका सबै भागहरू लामो समयदेखि मानव प्रकृति बनेको छ, त्यसैले परमेश्‍वरको काम अघि बढाउन धेरै गाह्रो छ, र मानिसहरूमाझ आज परमेश्‍वरले तिनीहरूलाई जिम्मा दिनुभएको काममा ध्यान दिने हृदय झन् कम भएको छ। तर जे होस्, मलाई विश्‍वास छ, मैले यी कुराहरू बोलेकोमा मानिसहरूलाई कुनै आपत्ति हुनेछैन, किनकि म जुन कुरा गर्दै छु त्यो हजारौं वर्षको इतिहास हो। इतिहासका कुरा भनेका तथ्यहरू हुन्, त्यसबाहेक, ती कुराहरू सबैलाई स्पष्ट भएका कलङ्कित घटनाहरू हुन्, यसैले तथ्यको विपरीत कुरा भन्‍नुको के अर्थ छ र? तर मलाई यो पनि विश्‍वास छ कि यी वचनहरूलाई देखेर विवेकी मानिसहरू बिउँझनेछन् र उन्‍नति गर्ने कोसिस गर्नेछन्। परमेश्‍वर सबै मानिस शान्ति र सन्तुष्टिमा जिऊन् र काम गरून्, साथसाथै परमेश्‍वरलाई प्रेम गर्न सकून् भन्‍ने आशा राख्‍नुहुन्छ। सारा मानवजाति विश्राममा प्रवेश गरोस् भन्‍ने इच्छा परमेश्‍वरको छ; योभन्दा पनि बढी, सारा भूमि परमेश्‍वरको महिमाले भरियोस् भन्‍ने परमेश्‍वरको ठूलो इच्छा छ। मानवजाति शैतानद्वारा नराम्ररी भ्रष्ट भएर विस्मृति र अचेत अवस्थामा डुबेर रहनु शर्मको कुरा हो, जसको कारण आज तिनीहरूमा मानिसको स्वरूप पनि छैन। यसरी, मानिसको विचार, नैतिकता र शिक्षाले एउटा महत्त्वपूर्ण कडी बनाउँछ, साथमा सांस्कृतिक साक्षरताको तालिमले दोस्रो कडी बनाउँछ, यसैले मानिसको सांस्कृतिक क्षमता बढाउन र तिनीहरूको आत्मिक दृष्टिकोण बदल्नु उत्तम हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (३)

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्