परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५५४

25 अप्रिल 2021

परमेश्‍वरले मानिसलाई सिद्ध पार्ने मार्ग के हो? यसमा के-के कुराहरू पर्छन्? के तँ परमेश्‍वरद्वारा सिद्ध पारिन तत्पर छस्? के तँ उहाँको न्याय र सजायलाई स्वीकार गर्न तत्पर छस्? तैँले यी प्रश्‍नहरूका बारे के जान्दछस्? यदि तँसँग यी कुराहरू बारे भन्ने कुनै कुरा छैन भने, तँ परमेश्‍वरको काम थाहा पाउँदैनस् र पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुभएको छैन भन्ने प्रमाण यही हो। यस्ता मानिसहरूलाई सिद्ध पारिन असम्भव छ। तिनीहरूलाई केवल थोरै आनन्द गर्नलाई अनुग्रहको सानो अंश मात्र दिइएको छ र यो लामो समयसम्म रहनेछैन। यदि मानिसहरूले परमेश्‍वरको अनुग्रहको आनन्द मात्र मनाउँछन् भने, तिनीहरूलाई सिद्ध पारिन सकिँदैन। कोही तिनीहरूको देहमा शान्ति र आनन्द हुँदा, तिनीहरूको जीवन सहज र आपद् वा दुर्भाग्य विनाको हुँदा, तिनीहरूको पूरा परिवार कलह वा झमेलारहित मिलापमा रहँदा सन्तुष्ट हुन्छन्—र तिनीहरूले यसलाई परमेश्‍वरको आशिष्‌ हो भनी विश्‍वास गर्न पनि सक्छन्। खासमा, यो परमेश्‍वरको अनुग्रह मात्र हो। परमेश्‍वरको अनुग्रहमा आनन्द मनाउँदा मात्र तिमीहरू सन्तुष्ट हुनुहुँदैन। यस्तो सोचाइ अत्यन्त अधम सोचाइ हो। तैँले हरेक दिन परमेश्‍वरको वचन पढे पनि, हरेक दिन प्रार्थना गरे पनि, तेरो आत्मामा ठूलो आनन्द महसुस भए पनि र विशेष गरी शान्तिमा भए पनि, यदि तँसँग परमेश्‍वर र उहाँको कामको बारे तेरो ज्ञानको बारेमा बताउने कुनै कुरा छैन, र कुनै पनि कुरा अनुभव गरेका छैनस् भने, तैँले परमेश्‍वरको वचन जति धेरै खाएको र पिएको भए पनि, यदि तैँले महसुस गर्ने कुरा भनेको आत्मिक शान्ति र आनन्द मात्र हो र तैँले परमेश्‍वरको वचनलाई पर्याप्‍त मात्रामा आनन्द मनाउन नसके जति नै, अतुलनीय मिठास छ भने पनि, तर परमेश्‍वरको वचनहरूको कुनै व्यवहारिक अनुभव छैन र उहाँका वचनहरूको वास्तविकतामा पूर्ण रूपमा खाली छस् भने, तैँले परमेश्‍वरको यस्तो विश्‍वासबाट के प्राप्‍त गर्न सक्छस् र? यदि तैँले परमेश्‍वरको वचनहरूको सारलाई जीवनमा उतार्न सकिनस् भने, तैँले परमेश्‍वरका यी वचनहरू खाने र पिउने काम अनि तेरो प्रार्थनाहरू धार्मिक आस्था बाहेक अरू केही पनि होइन। यस्तो मानिसहरूलाई परमेश्‍वरले सिद्ध पारिन सक्नुहुन्न र उहाँले हासिल गर्न सक्नुहुन्न। परमेश्‍वरले हासिल गरिएका मानिसहरू सत्यता अनुसरण गर्नेहरू हुन्। परमेश्‍वरले हासिल गर्नुहुने कुरा मानिसको देह होइन, उसको अधीनमा रहेका कुराहरू होइन, तर परमेश्‍वरको स्वामित्वमा रहेको ऊभित्रको भाग हो। यसैले, परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्नुहुँदा तिनीहरूको देहलाई होइन, तर परमेश्‍वरद्वारा तिनीहरूको हृदयहरूलाई हासिल गर्न दिएर, तिनीहरूको हृदयहरूलाई सिद्ध पार्नुहुन्छ; सारमा भन्ने हो भने, परमेश्‍वरले मानिसलाई सिद्ध पार्नु भनेको यो हृदय परमेश्‍वरतर्फ फर्कोस्‌ र उहाँलाई प्रेम गरोस् भनी मानिसको हृदयलाई सिद्ध पार्नु हो।

मानिसको देह मरणशील छ। मानिसको देह हासिल गर्नुले परमेश्‍वरको उद्देश्य पूरा हुँदैन, किनभने मानिसको देह निश्चय नै सडेर जान्छ र उहाँको उत्तराधिकार वा आशिष्‌हरू प्राप्‍त गर्न सक्दैन। यदि मानिसको देह प्राप्‍त गर्नु थियो भने र यस प्रवाहमा मानिसको देह मात्र थियो भने, तब मानिस यस प्रवाहमा नामधारी रूपमा मात्र थियो भने पनि, उसको हृदय शैतानको अधीनमा हुन्थ्यो। त्यसो भएको हुनाले, मानिसहरू परमेश्‍वरको प्रकटीकरण हुन असक्षम हुने मात्र होइन, तर तिनीहरू उहाँको बोझ पनि बन्थे र परमेश्‍वरका चुनिएका मानिसहरू निरर्थक हुन्थे। परमेश्‍वरले सिद्ध पारिन इच्छा गरेकाहरूले उहाँको आशिष्‌हरू र उत्तराधिकार प्राप्‍त गर्छन्। अर्थात्, तिनीहरूले परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यही नै तिनीहरूभित्र जे छ सो बन्छ; तिनीहरूसँग तिनीहरूभित्र काम गरिएको परमेश्‍वरको वचनहरू हुन्छ; परमेश्‍वर जस्तो हुनुहुन्छ तिमीहरूले दुरुस्तै रूपमा ती सबै लिन सक्छौ र त्यसै मार्फत सत्यतालाई जीवनमा उतार्न सक्छौ। परमेश्‍वरले हासिल गर्नुभएको र सिद्ध पार्नुभएको व्यक्ति यस्तो हुन्छ। यस्ता व्यक्ति मात्र परमेश्‍वरबाट आउने आशिष्‌हरू प्राप्‍त गर्न योग्यका हुन्छन्:

१. परमेश्‍वरको पूरा प्रेम हासिल गर्ने।

२. सबै कुरामा परमेश्‍वरको इच्छाअनुसार काम गर्ने।

३. परमेश्‍वरको मार्गदर्शन हासिल गर्ने, परमेश्‍वरको ज्योतिमा जिउने र परमेश्‍वरको ज्योति हासिल गर्ने।

४. पृथ्वीमा परमेश्‍वरलाई मन पर्ने स्वरूप जीवनमा उतार्ने; परमेश्‍वरको निम्ति क्रूसमा टाँगिएर परमेश्‍वरको प्रेमको बदलामा मर्न योग्य पत्रुसले गरेझैँ परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्ने; पत्रुसको जस्तै महिमा हासिल गर्ने।

५. पृथ्वीमा सबैले प्रेम गर्ने, आदर गर्ने र सराहना गर्ने हुने।

६. शैतानलाई त्यसको काम गर्न नै नदिइकन मृत्यु र पातालको बन्धनको हरेक पक्षमाथि विजयी हुने, परमेश्‍वरको अधीनमा भएर, ताजा र जीवन्त आत्माभित्र जिउने र नथाकिने।

७. कसैले परमेश्‍वरको महिमाको दिनको आगमन देखे झैँ गरी सारा जीवनभरि नै उल्लास र जोशको अवर्णनीय भाव हुने।

८. परमेश्‍वरसँग-सँगै महिमा जित्ने र परमेश्‍वरका प्रिय सन्तहरूसँग मिल्ने मुहार हुने।

९. पृथ्वीमा परमेश्‍वरले प्रेम गर्ने व्यक्ति अर्थात् परमेश्‍वरको प्रिय पुत्र बन्ने।

१०. स्वरूप परिवर्तन गर्ने र परमेश्‍वरसँगै तेस्रो स्वर्गसम्म आरोहण गर्ने र देहलाई माथ गर्ने।

परमेश्‍वरका आशिष्‌हरू प्राप्‍त गर्ने मानिसहरूलाई मात्र परमेश्‍वरले सिद्ध पार्नुहुन्छ र हासिल गर्नुहुन्छ। के तैँले हाल कुनै कुरा प्राप्‍त गरेको छस्? परमेश्‍वरले तँलाई कुन हदसम्म सिद्ध पार्नुभएको छ? परमेश्‍वरले मानिसलाई जथाभाबी सिद्ध पार्नुहुन्न; उहाँले मानिसलाई सिद्ध पार्नुहुने कुरा सर्तात्मक हुन्छ, र जसको स्पष्ट, देख्न सकिने परिणामहरू हुन्छन्। कुनै मानिसले सोचे जस्तो उसले परमेश्‍वरमा विश्‍वास गरेसम्म परमेश्‍वरले उसलाई सिद्ध पार्नुहुने र हासिल गर्नुहुने मात्र होइन, उसले पृथ्वीमा परमेश्‍वरको आशिष्‌हरू र उत्तराधिकार प्राप्‍त गर्न सक्छ। यस्ता कुराहरू अत्याधिक कठिन छन्—मानिसहरूको स्वरूप परिवर्तनबारे केही नभन्नू। हाल, तैँले मुख्यतया खोज्नु पर्ने कुराचाहिँ सबै कुरामा परमेश्‍वरले तँलाई सिद्ध पार्नु र तैँले सामना गर्ने सबै मानिसहरू, वस्तुहरू र थोकहरूद्वारा परमेश्‍वरले तँलाई सिद्ध पार्नु हो, ताकि परमेश्‍वर जे हुनुहुन्छ सो तँभित्र बनियोस्। तैँले पहिले पृथ्वीमा परमेश्‍वरको उत्तराधिकार प्राप्‍त गर्नुपर्छ; अनि मात्र तँ परमेश्‍वरबाट आउने अझ धेरै र ठूलो आशिष्‌हरू प्राप्‍त गर्न योग्यको ठहरिनेछस्। तैँले खोजी गर्नुपर्ने सारा कुराहरू र सबै थोकभन्दा अघि बुझ्नुपर्ने कुराहरू यी नै हुन्। जति धेरै तँ आफूलाई परमेश्‍वरद्वारा सिद्ध पारिन सबै कुराहरूमा खोजी गर्छस्, उति नै धेरै सबै थोकमा परमेश्‍वरको बाहुली देख्न सक्छस्, जसको परिणाममा, तँ विविध दृष्टिकोणहरू र विभिन्न कुराहरूद्वारा परमेश्‍वरको वचनको अस्तित्वभित्र प्रवेश गर्न र उहाँको वचनको वास्तविकताभित्र प्रवेश गर्न सक्रिय पूर्वक खोजी गर्नेछस्। पापहरू मात्र नगर्ने, वा कुनै रायहरू नै नभएको, जिउनको लागी कुनै दर्शनशास्‍त्रविनाको र कुनै मानव इच्छाविनाको हुने गरी तँ यस्तो निष्क्रियताको अवस्थामा सन्तुष्ट हुन सक्दैनस्। परमेश्‍वरले मानिसलाई कयौं तरिकाले सिद्ध पार्नुहुन्छ; सबै कुरामा सिद्ध पार्ने सम्भावना हुन्छ, अनि उहाँले तँलाई अझ धेरै प्रशस्त हासिल गर्ने पारिन उहाँले तँलाई सकारात्मक ढाँचामा मात्र होइन नकारात्मक ढाँचामा पनि सिद्ध पारिन सक्नुहुन्छ। हरेक दिन सिद्ध पार्ने अवसरहरू र परमेश्‍वरद्वारा हासिल गर्न सक्ने समयहरू हुन्छन्। केही समयको निम्ति यस्ता कुराहरू भोगेपछि, तँमा ठूलो परिवर्तन आउनेछ र यसअघि अज्ञात रहेको धेरै कुराहरू तैँले स्वभाविक रूपमा बुझ्नेछस्। अरूबाटको शिक्षा आवश्यक पर्दैन; तँलाई थाहा नभइकन नै, परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ, ताकि तैँले सबै कुराहरूमा अन्तर्दृष्टि प्राप्‍त गर्न सकेको होस् र तँ आफ्नो सबै अनुभवभित्र विस्तृत रूपमा प्रवेश गर्न सकेको होस्। परमेश्‍वरले निश्‍चय नै मार्गदर्शन गर्नुहुनेछ, ताकि तँ दायाँ वा बायाँतिर मोडिनेछैनस् र यसरी, तैँले उहाँद्वारा सिद्ध तुल्याइने मार्गमा कदम राख्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूका निम्ति दिइएका प्रतिज्ञाहरू

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्