परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५४८

25 अप्रिल 2021

पवित्र आत्मासँग प्रत्येक व्यक्तिमा प्रवेश गर्ने मार्ग छ, र उहाँले प्रत्येक व्यक्तिलाई सिद्ध हुने मौका दिनुहुन्छ। तेरो नकारात्मकताद्वारा तँलाई आफ्नै भ्रष्टता चिन्न दिइन्छ, र त्यसपछि नकारात्मकता फाल्दा तैँले अभ्यास गर्ने बाटो पाउनेछस्; यी सबै तँलाई सिद्ध तुल्याइने तरिकाहरू हुन्। यसको अतिरिक्त, निरन्तर मार्गदर्शन र तँभित्रका केही सकारात्मक कुराहरूको ज्योतिमार्फत तैँले सक्रिय रूपमा आफ्नो काम पूरा गर्नेछस्, तेरो अन्तर्ज्ञान वृद्धि हुनेछ र तैँले विवेक प्राप्त गर्नेछस्। जब तेरा अवस्थाहरू राम्रा हुन्छन्, तब तँ विशेष गरी परमेश्‍वरको वचन पढ्न इच्छुक हुन्छस्, र विशेष गरी परमेश्‍वरसँग प्रार्थना गर्न इच्छुक हुन्छस्, र तैँले सुनेका प्रवचनहरूलाई आफ्नै अवस्थासँग जोड्न सक्छस्। यस्तो समयमा परमेश्‍वरले तँलाई सकारात्मक पक्षका केही कुराहरू महसुस गराउँदै तँभित्र अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ। यसरी नै तँलाई सकारात्मक पक्षमा सिद्ध तुल्याइन्छ। नकारात्मक अवस्थाहरूमा, तँ कमजोर र निष्क्रिय हुन्छस्; तँलाई तेरो हृदयमा परमेश्‍वर हुनुहुन्‍न भन्‍ने महसुस हुन्छ, तैपनि परमेश्‍वरले तँलाई ज्योति प्रदान गर्नुभई अभ्यासको बाटो प्राप्त गर्न सहयोग गर्नुहुन्छ। यसबाट बाहिर आउनु भनेको नकारात्मक पक्षमा सिद्धता हासिल गर्नु हो। परमेश्‍वरले मानिसलाई सकारात्मक र नकारात्मक दुवै पक्षमा सिद्ध तुल्याउन सक्नुहुन्छ। यो कुरा तैँले परमेश्‍वरद्वारा सिद्ध भएको अनुभव गर्न सक्छस् कि सक्दैनस् अनि तैँले परमेश्‍वरद्वारा आफूलाई सिद्ध तुल्याउन खोज्छस् कि खोज्दैनस् भन्ने कुरामा निर्भर हुन्छ। यदि तैँले साँच्चै परमेश्‍वरद्वारा आफूलाई सिद्ध तुल्याउन खोज्छस् भने, नकारात्मकताले तेरो हानि गर्न सक्दैन, बरु त्यसले तँमा ती कुराहरू ल्याउन सक्छ, जुन अझ बढी वास्तविक छन्, र तँमा जुन कुराको कमी छ त्यो कुरा जान्न, तेरो वास्तविक अवस्थालाई बुझ्न, अनि मानिससँग केही छैन, र मानिस केही पनि होइन भन्ने कुरा बुझ्न तँलाई अझ बढी सक्षम बनाउँछ; यदि तैँले परीक्षाहरूको अनुभव गर्दैनस् भने, तँमा ज्ञान नै हुँदैन, र तैँले जहिले पनि आफूलाई अरूभन्दा माथि र सबैभन्दा उत्तम भएको महसुस गर्नेछस्। यी सबै कुराहरूबाट तैँले पहिले आएका सबै कुरा परमेश्‍वरद्वारा गरिएका अनि परमेश्‍वरद्वारा संरक्षित थिए भनी बुझ्नेछस्। परीक्षाहरूमा प्रवेश गर्दा तँ प्रेम वा विश्‍वासरहित अवस्थामा हुन्छस्, तँमा प्रार्थनाको कमी हुन्छ अनि तँ भजन गाउन असमर्थ हुन्छस्, र यसैबीच तैँले महसुसै नगरी आफैलाई चिन्न थालिसकेको हुन्छस्। परमेश्‍वरसित मानिसलाई सिद्ध तुल्याउने तरिकाहरू धेरै छन्। मानिसको भ्रष्ट स्वभावको निराकरण गर्न उहाँले हरप्रकारका वातावरणहरू प्रयोग गर्नुहुन्छ र मानिसलाई उदाङ्गो पार्न विभिन्न कुराहरू प्रयोग गर्नुहुन्छ; एउटा सन्दर्भमा, उहाँले मानिसलाई निराकरण गर्नुहुन्छ, अर्कोमा उहाँले मानिसलाई उदाङ्गो पार्नुहुन्छ, अनि अर्कोमा उहाँले मानिसको हृदयको गहिराइमा भएका “रहस्य” खोतलेर देखाउँदै मानिसलाई प्रकट गर्नुहुन्छ, र मानिसलाई उसका धेरै वटा अवस्थाहरू प्रकट गर्दै उसको प्रकृति देखाउनुहुन्छ। परमेश्‍वर व्यावहारिक हुनुहुन्छ भनी मानिसले जानोस् भनी परमेश्‍वरले धेरै तरिकाहरूद्वारा—प्रकाशद्वारा, मानिसलाई निराकरण गरेर मानिसको शोधन गरेर अनि सजाय दिएर—मानिसलाई सिद्ध तुल्याउनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

परमेश्‍वरले धेरै तरिकाले मानिसलाई सिद्ध पार्नुहुन्छ

पद १

पवित्र आत्माको हरेक व्यक्तिमा हिँड्ने बाटो छ, सबैलाई सिद्ध पारिने मौका दिनुहुन्छ। नकारात्मक स्थितिद्वारा तिम्रो भ्रष्टता देखाइन्छ। यी स्थिति फालेर अभ्यास गर्ने मार्ग पाउनेछौ। यी तिमीलाई सिद्ध पारिने तरिका हुन्।

पद २

सकारात्मक कुराका निरन्तर अगुवाइद्वारा, सक्रिय भई कर्तव्य निभाउनेछौ, अन्तर्दृष्टि, विवेक पाउनेछौ। राम्रा अवस्थामा, विशेष गरी उहाँको प्रार्थना गर्न, उहाँका वचन पढ्न इच्छुक हुन्छौ र सुनेका प्रचार आफ्नो स्थितिसँग जोड्छौ।

कोरस १

यस्ता समयमा, उहाँले अन्तर्दृष्टि दिनुहुन्छ र सकारात्मक कुरा जान्ने तुल्याउनुहुन्छ। यसरी तिमी सिद्ध पारिनेछौ, सकारात्मक पक्षमा सिद्ध पारिनेछौ।

पद ३

नकारात्मक स्थितिमा, कमजोर र निष्क्रिय हुन्छौ। हृदयमा उहाँ नहुनुभएको महसुस गर्छौ; तैपनि ज्योति दिनुभई, अभ्यास गर्ने मार्ग खोज्न उहाँले सघाउनुहुन्छ। नकारात्मक समयमा सिद्धता प्राप्त गर्नु यही हो। उहाँ मानिसलाई दुवै पक्षमा सिद्ध पार्न सक्नुहुन्छ।

पद ४

अनुभव गर्न सक्छौ-सक्तैनौ, उहाँद्वारा सिद्ध पारिन खोज्छौ-खोज्दैनौमा यो भर पर्छ। यसो गरेमा, नकारात्मकले हानि गर्न सक्तैन, बरु वास्तविक स्थिति र कमी बोध गर्न मद्दत गर्छ। यसले तिमीलाई मानिस केही होइन भनी देखाउँछ।

कोरस २

यदि कुनै जाँच अनुभव गर्दैनौ भने, सधैँ अरूभन्दा राम्रो छौ भनी महसुस गर्नेछौ। यी सबद्वारा देख्नेछौ कि पहिले पाएका सबथोक उहाँद्वारा नै गरिएका र सुरक्षा गरिएका थिए।

ब्रिज

जाँचमा प्रवेश गर्दा प्रेमरहित, विश्‍वासरहित हुन्छौ। प्रार्थनाको कमी हुन्छ, भजन गाउन सक्तैनौ। अनि यसबीच थाहै नपाई, तिमीले आफैलाई चिन्न थाल्छौ। उहाँसँग मानिसलाई सिद्ध पार्ने धेरै माध्यम छन्। उसको भ्रष्ट स्वभाव निराकरण गर्न विभिन्न वातावरण र उसलाई नाङ्गो पार्न विभिन्न कुरा प्रयोग गर्नुहुन्छ।

पद ५

एउटा सन्दर्भमा, उसलाई निराकरण गर्नुहुन्छ, अर्को सन्दर्भमा, उसलाई नाङ्गो पार्नुहुन्छ, अर्को सन्दर्भमा, उसलाई कहिल्यै थाहा नभएका उसभित्रका “रहस्य” खुलासा गर्नुहुन्छ, सब स्थिति खुलासा गरी उसको प्रकृति देखाउनुहुन्छ।

कोरस ३

धेरै तरिकाले मानिसलाई सिद्ध पार्नुहुन्छ— निराकरण, खुलासा, शोधन गरेर, सजाय दिएर, ताकि मानिसले उहाँ कति व्यावहारिक हुनुहुन्छ भनी जानोस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ” बाट परिमार्जित

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्