परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५४६

1 मे 2021

परमेश्‍वरको विश्‍वासी हुनु भनेको तैंले गर्ने सबै कुरा उहाँको सामु ल्याउनु र उहाँको जाँचको अधीनमा राख्नु हो। यदि तैंले जे गर्छस् त्यो परमेश्‍वरका आत्माको अगाडि ल्याउन सकिन्छ तर परमेश्‍वरको शरीरको अगाडि ल्याउन सकिँदैन भने, त्यसले तँ उहाँको आत्माको जाँचको अधीनमा नआएको देखाउँछ। परमेश्‍वरका आत्मा को हुनुहुन्छ? त्यो कुन व्यक्ति हो जसलाई परमेश्‍वरले साक्षी दिनुहुन्छ? के तिनीहरू एउटै र उही होइनन् र? धेरैले उहाँहरूलाई दुई अलग प्राणीको रूपमा हेर्छन्, र परमेश्‍वरका आत्मा भनेको परमेश्‍वरका आत्मा नै हो, र परमेश्‍वरले जसको साक्षी दिनुहुन्छ, त्यो मानिस मात्र हो भन्‍ने विश्‍वास गर्छन्। तर के तँ गलत हुँदैनस्? यो व्यक्तिले कसको तर्फबाट काम गर्दछ? जसले देहधारी परमेश्‍वरलाई चिन्दैनन् उनीहरूसँग आत्मिक बुझाइ हुँदैन। परमेश्‍वरका आत्मा र उहाँको देहधारी शरीर एक हुनुहुन्छ, किनकि परमेश्‍वरका आत्मा शरीरमा परिणत भएको छ। यदि यो व्यक्ति तँप्रति निष्ठुर छ भने, के परमेश्‍वरका आत्मा दयालु हुनुहुनेछ र? के तँ भ्रमित छैनस् र? आज, परमेश्‍वरको जाँच स्वीकार नगर्नेहरू सबैले उहाँको स्वीकृति प्राप्त गर्न सक्दैनन्, र देहधारी परमेश्‍वरलाई नचिन्नेहरू सिद्ध हुन सक्दैनन्। तैंले गर्ने सबै कामहरूलाई हेर्, र त्यो परमेश्‍वरको सामु ल्याउन सकिन्छ कि सकिँदैन सो हेर्। यदि तैंले गरेका सबै कुराहरू परमेश्‍वरको अघि ल्याउन सकिँदैन भने त्यसले तँ दुष्कर्म गर्ने व्यक्ति होस् भन्ने देखाउँछ। के दुष्कर्मीहरूलाई सिद्ध बनाउन सकिन्छ? तैंले गर्ने सबै काम, प्रत्येक कार्य, प्रत्येक उद्देश्य र प्रत्येक प्रतिक्रिया परमेश्‍वरको सामु ल्याउनुपर्छ। यहाँसम्म कि तेरो दैनिक आत्मिक जीवन—तेरा प्रार्थनाहरू, परमेश्‍वरसँगको तेरो घनिष्ठता, तँ परमेश्‍वरका वचनहरू कसरी खान्छस् र पिउँछस्, तेरा भाइबहिनीहरूसित तेरो सङ्गति र मण्डलीभित्रको तेरो जीवन—र साझेदारीमा गरिएको तेरो सेवालाई परमेश्‍वरको जाँचका निम्ति उहाँको सामने ल्याउन सकिन्छ। यो यस्तो अभ्यास हो जसले तँलाई जीवनमा वृद्धि हासिल गर्न मद्दत गर्दछ। परमेश्‍वरको जाँच स्वीकार्ने प्रक्रिया शुद्धीकरणको प्रक्रिया हो। तँ जति धेरै परमेश्‍वरको जाँचलाई स्वीकार गर्न सक्छस्, त्यति नै बढी तँ शुद्ध हुन्छस् र जति धेरै तँ परमेश्‍वरको इच्छा अनुसारको हुन्छस्, तँ अनैतिक कार्यमा आकर्षित हुनेछैनस्, र तेरो हृदय उहाँको उपस्थितिमा रहनेछ। तैँले उहाँको जाँचलाई जति धेरै स्वीकार गर्छस्, शैतानको अपमान र शरीरलाई छोड्ने तेरो क्षमता त्यति नै बढी हुन्छ। यसैले परमेश्‍वरको जाँचलाई स्वीकार गर्नु भनेको मानिसहरूले अनुसरण गर्नुपर्ने अभ्यास हो। चाहे तैँले जेसुकै गरे पनि, तैंले तेरा भाइबहिनीहरूसित बातचित गर्दा समेत तैंले आफ्ना कार्यहरू परमेश्‍वरको सामु ल्याउन र उहाँको जाँच खोज्न र स्वयम् परमेश्‍वरको आज्ञापालन गर्न सक्छस्; यसले तैंले अभ्यास गर्ने कुरालाई अझै सटीक बनाउँछ। तैंले गर्ने सबै कुराहरू परमेश्‍वरको सामु ल्याइस् र परमेश्‍वरको जाँचलाई स्वीकार गरिस् भने मात्र तँ त्यो व्यक्ति हुन सक्छस्, जो परमेश्‍वरको उपस्थितिमा जिउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले उहाँको हृदय अनुसारकाहरूलाई सिद्ध बनाउनुहुन्छ

तिमीले गर्ने सबथोकमा परमेश्‍वरको प्रे‍क्षण स्वीकार गर्नुपर्छ

पद १

आज, प्रायः मानिस आफ्ना कार्य परमेश्‍वर सामु ल्याउन डराउँछन्। उहाँको देहलाई धोका दिए पनि, उहाँका आत्मालाई धोका दिन सक्तैनौ। उहाँको प्रेक्षण अघि टिक्न नसक्ने कुरा सत्यतासँग मिल्दो हुँदैन, त्यसैले त्यसलाई पन्छ्याउनु पर्छ। नत्र त्यो उहाँ विरुद्धको पाप हुन्छ।

पद २

चाहे प्रार्थना गर्दा, बोल्दा, अरूसँग सङ्गति गर्दा, कर्तव्य गर्दा, मामला सम्हाल्दा होस्, तिमीले आफ्नो हृदय उहाँ सामु राख्नैपर्छ। तिमीले आफ्नो प्रकार्य पूरा गर्दा, उहाँ साथैमा हुनुहुन्छ। अभिप्राय सही, उहाँको कामको लागि भएमा, तिमीले गर्ने सबथोक स्वीकार्नुहुनेछ। त्यसैले आफ्नो प्रकार्य निष्ठापूर्वक गर।

कोरस

तिमीले गर्ने सबथोक, हरेक कार्य, अभिप्राय, प्रतिक्रिया, दैनिक आत्मिक जीवन, उहाँको वचन खाने र पिउने कार्य, सबथोक उहाँ सामु ल्याइनैपर्छ। तिम्रो मण्डलीभित्रको जीवन, साझेदारीमा गरिएको सेवा, सबथोक उहाँ सामु ल्याइनैपर्छ, उहाँद्वारा प्रेक्षण गरिनैपर्छ। यो अभ्यासले तिमीलाई परिपक्व बनाउनेछ।

पद ३

उहाँको प्रेक्षण स्वीकार्नु शुद्धीकरणको प्रक्रिया हो। झन् बढी स्वीकार, झन् बढी शुद्ध पारिनेछौ, झन् बढी उहाँको इच्छा अनुरूप हुनेछौ। अनैतिक कार्य, विलासिताको पुकार सुन्नेछैनौ, तिम्रो हृदय उहाँको उपस्थितिमा जिउनेछ, हृदय उहाँको उपस्थितिमा जिउनेछ।

पद ४

जति उहाँको प्रेक्षण स्वीकार्छौ, त्यति शैतान लज्जित हुन्छ, त्यति तिमीले शरीर त्याग्न सक्छौ। त्यसैले, उहाँको प्रेक्षण स्वीकार।

कोरस

तिमीले गर्ने सबथोक, हरेक कार्य, अभिप्राय, प्रतिक्रिया, दैनिक आत्मिक जीवन, उहाँको वचन खाने र पिउने कार्य, सबथोक उहाँ सामु ल्याइनैपर्छ। तिम्रो मण्डलीभित्रको जीवन, साझेदारीमा गरिएको सेवा, सबथोक उहाँ सामु ल्याइनैपर्छ, उहाँद्वारा प्रेक्षण गरिनैपर्छ। यो अभ्यासले तिमीलाई परिपक्व बनाउनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरले उहाँको हृदय अनुसारकाहरूलाई सिद्ध बनाउनुहुन्छ” बाट परिमार्जित

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्