परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५४३

24 अप्रिल 2021

यस क्षणमा, परमेश्‍वरको काम भनेको प्रत्येकलाई ठीक बाटोमा प्रवेश गर्न लगाउनु, सामान्य आत्मिक जीवन तथा साँचो अनुभवहरू प्राप्त गर्न लगाउनु, पवित्र आत्माद्वारा सञ्चालित हुन लगाउनु हो अनि—यी कुराहरूलाई जग बनाई परमेश्‍वरका आज्ञाहरूलाई स्वीकार गर्नु हो। राज्यको तालीमभित्र प्रवेश गर्नुको उद्देश्य तिमीहरूको प्रत्येक बोलीवचन, कार्य, चाल, विचार तथा धारणालाई परमेश्‍वरका वचनहरूभित्र प्रवेश गर्न लगाउनु हो; परमेश्‍वरद्वारा बारम्बार स्पर्श पाउन लगाउनु हो अनि त्यसद्वारा उहाँको निम्ति प्रेमको हृदय विकास गर्नु हो; अनि तँलाई परमेश्‍वरको इच्छाका धेरै बोझ सम्हाल्न लगाउनु हो, ताकि प्रत्येक व्यक्ति परमेश्‍वरद्वारा सिद्ध तुल्याइने मार्गमा हुन सकोस्, ताकि प्रत्येक व्यक्ति ठीक मार्गमा होस्। तँ परमेश्‍वरद्वारा सिद्ध तुल्याइने यस मार्गमा आएपछि, ठीक मार्गमा हुन्छस्। तेरा विचार तथा धारणाहरू, साथै तेरा गलत मनसायहरूलाई सच्याउन सकिएपछि अनि तँ देहप्रति ध्यान दिने व्यक्तिबाट परमेश्‍वरको इच्छाप्रति ध्यान दिने व्यक्तिमा परिवर्तन भएपछि अनि तँ गलत मनसायहरूको उदय हुँदा त्यसले ल्याउने विकर्षणहरूलाई रोक्न सक्षम भएर परमेश्‍वरको इच्‍छाअनुसार चल्ने भएपछि—यदि तैँले यो रूपान्तरण हासिल गर्न सक्छस् भने, तँ जीवन अनुभवको ठीक मार्गमा छस्। तेरो प्रार्थनाका अभ्यासहरू ठीक मार्गमा भएपछि तेरा प्रार्थनाहरूमा तँ पवित्र आत्माद्वारा छोइनेछस्। जब-जब तैँले प्रार्थना गर्छस्, तँलाई पवित्र आत्माले छुनुहुनेछ; तैँले हरेक पल्ट प्रार्थना गर्दा, परमेश्‍वरसामु आफ्नो हृदयलाई शान्त तुल्याउन सक्नेछस्। तैँले हरेक पल्ट परमेश्‍वरका वचनहरूको अध्याय खाएपछि र पिएपछि, यदि तैँले उहाँले अहिले गरिरहनुभएको कामलाई बुझ्न सक्छस् अनि कसरी प्रार्थना गर्ने, कसरी सहकार्य गर्ने, कसरी प्रवेश हासिल गर्ने सो सिक्न सक्छस् भने, तब मात्रै परमेश्‍वरका वचनहरूको तेरो खुवाइ र पियाइले परिणामहरू उत्पन्न गर्नेछन्। जब, परमेश्‍वरका वचनहरूद्वारा तैँले प्रवेशको मार्ग भेट्टाउन सक्छस् अनि परमेश्‍वरको कामको वर्तमान गतिशीलता, साथै पवित्र आत्माको कामको दिशालाई ठम्याउन सक्छस्, तब तँ ठीक मार्गमा प्रवेश गरेको हुनेछस्। परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा यदि तैँले मुख्य बुँदाहरूलाई बुझेको छैनस् अनि त्यसपछि अभ्यास गर्नका लागि बाटो भेट्टाउन अझै असक्षम छस् भने, यसले परमेश्‍वरका वचनहरू कसरी ठीक प्रकारले खाने र पिउने भन्ने तँलाई अझै थाहा छैन अनि तैँले त्यसो गर्ने विधि वा सिद्धान्त पत्ता लगाएको छैनस् भन्ने देखाउँछ। परमेश्‍वरले हाल गरिरहनुभएको कामलाई यदि तैँले राम्ररी बुझेको छैनस् भने, उहाँले तँलाई सुम्पिनुहुने कामहरू तैँले स्वीकार गर्न सक्‍नेछैनस्। परमेश्‍वरले हाल गर्नुहुने काम मानिसहरू प्रवेश गर्नैपर्ने र तिनीहरूले अहिले नै बुझ्नुपर्ने काम हो। के तिमीहरूले यी कुराहरूलाई राम्ररी बुझेका छौ?

यदि तैँले परमेश्‍वरका वचनहरूलाई प्रभावकारी रूपले खान्छस् र पिउँछस् भने, तेरो आत्मिक जीवन सामान्य हुन्छ अनि तैँले जस्तोसुकै परीक्षाहरूको सामना गरे तापनि, जस्तोसुकै परिस्थितिहरूसित जम्काभेट गर्नुपरे तापनि, जस्तोसुकै शारीरिक रोगव्याधिहरू सहनु परे तापनि, तँ दाजुभाइ तथा दिदीबहिनीहरूबाट विमुख हुनुपरे तापनि वा तैँले पारिवारिक समस्याहरू सामना गर्नु परे तापनि, परमेश्‍वरको वचन सामान्य रूपमा खान र पिउन सक्छस्, सामान्य रूपले प्रार्थना गर्न सक्छस्, सामान्य रूपले मण्डली जीवनलाई निरन्तरता दिन सक्छस्; यदि तैँले यी सबै हासिल गर्न सक्छस् भने, यसले तँ ठीक मार्गमा छस् भन्ने देखाउनेछ। कोही मानिसहरू धेरै नै कमजोर हुन्छन् अनि तिनीहरूसित दृढताको कमी हुन्छ। सानो बाधा सामना गर्नुपर्दा पनि तिनीहरू बच्चाजस्तो रुन्छन् अनि नकारात्मक हुन्छन्। सत्यताको खोजी गर्नको लागि दृढता तथा संकल्पको आवश्यकता पर्छ। यदि तँ यस पटक परमेश्‍वरको इच्छालाई सन्तुष्ट तुल्याउन असफल भएको छस् भने, तैँले आफैलाई घृणा गर्न सक्नुपर्छ, अनि अर्को पल्ट सफल हुन चुपचाप अठोट गर्नुपर्छ। यदि यस पटक, तँ परमेश्‍वरको बोझप्रति सचेत भएको थिइनस् भने, भविष्यमा त्यस्तै बाधा सामना गर्नुपर्दा देहविरुद्ध विद्रोह गर्न तैँले निश्चय गर्नुपर्छ अनि परमेश्‍वरको इच्छालाई सन्तुष्ट तुल्याउन संकल्प गर्नुपर्छ। यसरी नै तँ प्रशंसायोग्य हुनेछस्। कोही मानिसहरू आफ्ना विचारहरू वा धारणाहरू ठीक छन् कि छैनन् भनेर समेत जान्दैनन्। ती मानिसहरू मूर्ख हुन्। यदि तँ आफ्नो हृदयलाई काबू गर्न अनि देहविरुद्ध विद्रोह गर्न चाहन्छस् भने, पहिले तैँले तेरा मनसायहरू ठीक छन् कि छैनन् भनी जान्नैपर्छ, तब मात्र तैँले तेरो हृदयलाई काबूमा राख्न सक्छस्। यदि तेरा मनसायहरू ठीक छन् वा छैनन् भनी तँलाई थाहा छैन भने, तेरो हृदयलाई काबू गर्न र देहविरुद्ध विद्रोह गर्न तँलाई सम्भव होला त? यदि तैँले विद्रोह गर्छस् भने पनि, अन्योल तरिकाले त्यसो गर्नेछस्। तेरा पथभ्रष्ट मनसायहरूको विरुद्धमा कसरी विद्रोह गर्ने भनी तैँले जान्नुपर्छ। देहको विरुद्धमा विद्रोह गर्नुको अर्थ यही नै हो; आफ्ना मनसाय, विचार तथा धारणाहरू गलत छन् भन्ने जानिसकेपछि, तैँले तुरुन्तै आफ्नो मार्ग बदल्नुपर्छ र ठीक मार्गमा हिँड्नुपर्छ। यो विषयलाई पहिले समाधान गर् अनि यस सम्बन्धमा प्रवेश हासिल गर्न आफैलाई तालीम दे, किनभने आफ्ना मनसायहरू ठीक छन् कि छैनन् भन्ने तँलाई नै राम्रोसित थाहा छ। तेरा गलत मनसायहरू सुधार गरिसकेपछि अनि ती अब परमेश्‍वरको प्रयोजनको निम्ति भइसकेपछि, तैँले आफ्नो हृदयलाई काबू राख्ने लक्ष्य हासिल गरिसकेको हुनेछस्।

तिमीहरूले अहिले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा परमेश्‍वरको ज्ञान र उहाँको काम प्राप्त गर्नु हो। मानवजातिमाथि पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भन्ने पनि तैँले जान्नैपर्छ; ठीक मार्गमा प्रवेश गर्नको लागि यी कार्यहरू अत्यावश्यक छन्। तैँले यो महत्त्वपूर्ण बुँदा बुझिसकेपछि त्यसो गर्न तेरो लागि सजिलो हुनेछ। तँ परमेश्‍वरमा विश्‍वास गर्छस् अनि उहाँलाई चिन्छस्, यसले तेरो विश्‍वास साँचो हो भनी देखाउँदछ। यदि तैँले अनुभव प्राप्त गर्न जारी राख्छस् तापनि तैँले अझै परमेश्‍वरलाई चिन्न सक्दैनस् भने, तँ निश्चय नै परमेश्‍वरको विरोध गर्ने व्यक्ति होस्। जसले आजका देहधारी परमेश्‍वरलाई विश्‍वास नगरी येशूलाई मात्र विश्‍वास गर्छन्, तिनीहरू सबै दोषी ठहरिन्छन्। तिनीहरू सबै पछिल्ला दिनका फरिसीहरू हुन्, किनभने तिनीहरूले आजका परमेश्‍वरलाई स्वीकार गर्दैनन्; तिनीहरू सबै परमेश्‍वरको विरोधमा छन्। येशूप्रति तिनीहरूको आराधना जतिसुकै समर्पित भए तापनि, यो सबै व्यर्थमा हुनेछ; परमेश्‍वरले तिनीहरूलाई स्याबासी दिनुहुनेछैन। परमेश्‍वर विश्‍वास गर्छु भनी दाबी चाहिँ गर्ने तर आफ्नो हृदयमा परमेश्‍वरको साँचो ज्ञान नभएकाहरू सबै जना ढोङ्गी हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्‍वरको इच्छाप्रति सचेत होऊ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्