परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५४०

25 जुन 2021

जीवनमा प्रवेश गर्ने मानिसहरूको खोजी परमेश्‍वरको वचनमा आधारित हुन्छ। यसभन्दा पहिले, उहाँका वचनहरूको कारण सबै कुरा हासिल हुन्छन् भनेर भनिन्थ्यो, तर यो तथ्य कसैले देखेन। यदि तँ वर्तमान चरण अनुभव गर्ने कार्यमा प्रवेश गर्छस् भने, तँलाई सबै कुरा स्पष्ट हुनेछ, र तैंले भविष्यका परीक्षाहरूका लागि राम्रो आधार निर्माण गरिरहेको हुनेछस्। परमेश्‍वरले जे भन्‍नु भए पनि, उहाँका वचनहरूमा प्रवेश गर्नमा ध्यान दे। जब परमेश्‍वरले म मानिसहरूलाई सजाय दिन थाल्नेछु भनी भन्‍नुहुन्छ, तब उहाँको सजायलाई स्वीकार गर्। जब परमेश्‍वरले मानिसहरूलाई मर भनी भन्‍नुहुन्छ, तब त्यो परीक्षालाई स्वीकार गर्। यदि तँ सधैँ उहाँको सबैभन्दा नयाँ वाणीहरूमा जिउँछस् भने, आखिरमा परमेश्‍वरका वचनहरूले तँलाई सिद्ध पार्नेछन्। तँ जति धेरै परमेश्‍वरका वचनहरूमा प्रवेश गर्छस्, त्यति नै चाँडो तँ सिद्ध पारिनेछस्। म किन एकपछि अर्को सङ्गतिमा तिमीहरूलाई परमेश्‍वरका वचनहरूको बारेमा जान्‍न र तिनमा प्रवेश गर्ने आग्रह गर्छु? जब तँ परमेश्‍वरका वचनहरूको खोजी र अनुभव गर्छस्, र उहाँका वचनहरूको वास्तविकतामा प्रवेश गर्छस्, तब मात्र पवित्र आत्माले तँभित्र काम गर्ने मौका पाउनुहुन्छ। त्यसकारण, तिमीहरू सबै नै परमेश्‍वरले काम गर्नुहुने हरेक विधिका सहभागीहरू हौ र तिमीहरूको पीडा जुनसुकै हदको भए पनि, आखिरमा तिमीहरू सबैले “उपहार” प्राप्त गर्नेछौ। तिमीहरूले आफ्नो अन्तिम सिद्धता प्राप्त गर्नको लागि परमेश्‍वरका सम्पूर्ण वचनहरूमा प्रवेश गर्नुपर्छ। पवित्र आत्माले मानिसहरूलाई सिद्ध पार्ने काम एकतर्फी रूपमा हुँदैन; उहाँलाई मानिसहरूको सहकार्य चाहिन्छ, उहाँलाई सबैको चेतनशील सहकार्य आवश्यक पर्छ। परमेश्‍वरले जे भन्‍नुभए पनि, उहाँका वचनहरूमा प्रवेश गर्नमा ध्यान देओ—यो तिमीहरूको जीवनका लागि अझै बढी लाभदायक हुनेछ। सबै कुरा तिमीहरूको स्वभावमा परिवर्तन हासिल गर्नका लागि हो। जब तँ परमेश्‍वरका वचनहरूमा प्रवेश गर्छस्, तेरो हृदय उहाँद्वारा छोइनेछ, र तँ परमेश्‍वरले उहाँको कामको यस चरणमा प्राप्त गर्न चाहनुभएका सबै कुरा जान्‍न सक्षम हुनेछस्, र तँमा ती कुरा हासिल गर्ने संकल्प हुनेछ। सजाय दिइएको समयमा, केही मानिसहरू यस्ता थिए जसले यो काम गर्ने तरिका हो भनी विश्‍वास गरे, र परमेश्‍वरका वचनहरूमा विश्‍वास गरेनन्। फलस्वरूप, तिनीहरूले शोधनको अनुभव गरेनन्, र तिनीहरू केही प्राप्त नगरी र नबुझीकनै सजायको समयबाट बाहिर निस्के। केही मानिसहरू यस्ता थिए जो रत्तीभर पनि शङ्का नगरी यी वचनहरूमा प्रवेश गरे, र तिनीहरूले परमेश्‍वरका वचनहरू त्रुटिहीन सत्य हुन् र मानवजातिलाई सजाय दिइनुपर्छ भनी भने। तिनीहरूले केही समयसम्म त्यहाँ संघर्ष गरे, आफ्नो भविष्य र आफ्नो गन्तव्यलाई त्यागे, र जब तिनीहरू बाहिर आए, तिनीहरूको स्वभावमा केही परिवर्तन आएको थियो र तिनीहरूले परमेश्‍वरबारे अझ गहन बुझाइ प्राप्त गरेका थिए। सजायबाट गुज्रँदै आउने सबैले परमेश्‍वरको प्रेमिलोपन महसुस गरे, र यस चरणको काम भनेको तिनीहरूमाथि बर्सिने परमेश्‍वरको महान् प्रेमको मूर्तरूप हो, साथै त्यो परमेश्‍वरको प्रेमको विजय र मुक्ति पनि हो भन्‍ने थाहा पाए। तिनीहरूले परमेश्‍वरका विचारहरू सधैँ असल हुन्छन्, र परमेश्‍वरले मानिसमा गर्नुहुने सबै काम घृणाबाट नभई प्रेमबाट आउँछ भनेर पनि भने। परमेश्‍वरका वचनहरूमा विश्‍वास नगर्नेहरू र उहाँका वचनहरूको खोजीनिती नगर्नेहरूले सजायको समयमा शोधनको अनुभव गरेनन्, फलस्वरूप, पवित्र आत्मा तिनीहरूसँग हुनुहुन्‍नथ्यो र तिनीहरूले केही पनि प्राप्त गरेनन्। सजायको समयमा प्रवेश गर्ने मानिसहरूमा, तिनीहरूले शोधन अनुभव गरे पनि, पवित्र आत्माले लुकेर तिनीहरूभित्र काम गर्दै हुनुहुन्थ्यो र यसको फलस्वरूप तिनीहरूको जीवन स्वभाव परिवर्तन भयो। सबै बाहिरी रूपरङ्ग हेर्दा, कोहीकोही अति सकारात्मक, सारा दिन प्रसन्‍नताले भरिएका देखिन्थे, तर तिनीहरू परमेश्‍वरका वचनहरूको शोधन प्राप्त गर्ने स्थितिभित्र प्रवेश गरेनन् र यसैले तिनीहरू अलिकति पनि परिवर्तन भएनन्, जुन परमेश्‍वरका वचनहरूमा विश्‍वास नगर्नुको परिणाम थियो। यदि तँ परमेश्‍वरका वचनहरूमा विश्‍वास गर्दैनस् भने, पवित्र आत्माले तँभित्र काम गर्नुहुनेछैन। उहाँका वचनहरूमा विश्‍वास गर्ने सबैकहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र उहाँका वचनहरूमा विश्‍वास गर्ने र तिनलाई स्वीकार गर्नेहरूले उहाँको प्रेम प्राप्त गर्न सक्‍नेछन्!

परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नका निम्ति, तैंले अभ्यासको मार्ग भेट्टाउनुपर्छ र परमेश्‍वरका वचनहरूलाई कसरी अभ्यास गर्ने भनी जान्‍नुपर्छ। यसरी मात्र तेरो जीवन स्वभावमा परिवर्तन हुनेछ, यस मार्गद्वारा मात्र तँ परमेश्‍वरद्वारा सिद्ध पारिन सक्छस्, र परमेश्‍वरद्वारा यसरी सिद्ध पारिएका मानिसहरू मात्र उहाँको इच्छाअनुरूप हुन सक्छन्। नयाँ ज्योति प्राप्त गर्न, तँ उहाँका वचनहरूभित्र जिउनुपर्छ। पवित्र आत्माद्वारा एकपटक मात्र छोइनु पर्याप्त हुँदैन, तँ अझ गहिराइमा जानुपर्छ। जो एकपल्ट मात्र छोइएका छन्, तिनीहरूको भित्री उत्साह जागृत हुन्छ, र तिनीहरू खोजी गर्न चाहन्छन्, तर यो खोजी लामो समयसम्म टिक्‍न सक्दैन; तिनीहरू पवित्र आत्माद्वारा निरन्तर छोइनुपर्छ। विगतमा धेरैचोटि मैले परमेश्‍वरका आत्माले मानिसहरूको आत्मालाई छुन सकून् भन्‍ने आशा व्यक्त गरेको छु, ताकि तिनीहरूले आफ्नो जीवन स्वभावमा परिवर्तन गर्ने प्रयास गरून् र परमेश्‍वरको छुवाइ प्राप्त गर्न खोज्‍ने क्रममा, तिनीहरूले आफ्नै अपर्याप्तताहरू बुझ्न सकून्, र उहाँका वचनहरू अनुभव गर्ने प्रक्रियामा, तिनीहरूले आफैभित्रका अशुद्धताहरूलाई (आत्म-धार्मिकता, अहङ्कार, धारणाहरू, आदि इत्यादिलाई) हटाउन सकून्। नयाँ प्रकाश प्राप्त गर्न सक्रिय हुनु नै पर्याप्त हुन्छ भनी नसोच—तिमीहरूले सबै नकारात्मक कुराहरूलाई पनि फाल्नुपर्छ। एकातिर तिमीहरू सकारात्मक पक्षबाट प्रवेश गर्नु आवश्यक छ भने, अर्कोतिर तिमीहरूले नकारात्मक पक्षबाट आएका सबै अशुद्ध कुराहरूबाट आफैलाई छुटाउनुपर्छ। तैंले आफूभित्र अझै कुन-कुन अशुद्धताहरू छन् भनी बुझ्नको लागि निरन्तर आफैलाई जाँच्नुपर्छ। मानवजातिका धार्मिक विचारहरू, अभिप्रायहरू, आशाहरू, स्व-धार्मिकता र अहङ्कार सबै अशुद्ध कुराहरू हुन्। आफैभित्र हेर् र तँमा कुन-कुन धार्मिक धारणाहरू छन् कि भनी बुझ्न सबै कुरालाई परमेश्‍वरका प्रकाशका वचनहरूसँग तुलना गर्। जब तैंले ती कुराहरूलाई साँचो रूपमा चिन्छस्, तब मात्र तैँले तिनलाई हटाउन सक्छस्। कतिपय मानिसहरू भन्छन्: “अहिले पवित्र आत्माको वर्तमान कामको ज्योतिलाई पछ्याउनु मात्रै पनि पर्याप्त छ। अरू कुनै कुराको झमेलामा पर्नु आवश्यक छैन।” तर त्यसपछि, जब तेरा धार्मिक विचारहरू जाग्छन्, तैँले ती कुराबाट कसरी छुटकारा पाउँछस्? के तँलाई आज परमेश्‍वरका वचनहरू पालन गर्नु साधारण कुरा हो भन्‍ने लाग्छ? यदि तँ धर्मको मानिस होस् भने, तेरा धार्मिक विचारहरू र तेरो हृदयमा भएका परम्परागत धर्मशास्‍त्रीय सिद्धान्तहरूबाट नै बाधाहरू उत्पन्‍न हुन सक्छन्, र जब यी कुराहरू उत्पन्‍न हुन्छन्, त्यसले तँलाई नयाँ कुराहरू स्वीकार गर्नमा बाधा दिन्छ। यी सबै वास्तविक समस्याहरू हुन्। यदि तैंले पवित्र आत्माका हालका वचनहरूलाई मात्र पछ्याउँछस् भने, तैँले परमेश्‍वरको इच्छा पूरा गर्न सक्दैनस्। तैँले पवित्र आत्माको वर्तमान ज्योतिको खोजी गर्ने क्रममा तेरो मनमा कुन-कुन धारणा र अभिप्रायहरू छन्, र तँमा के-कस्तो मानवीय स्व-धार्मिकता रहेको छ, र कुन-कुन व्यवहारहरूले परमेश्‍वरको अवज्ञा गर्छन् भनी थाहा पाउनुपर्छ। यी सबै कुरा पहिचान गरिसकेपछि, तैंले ती सबैलाई फाल्नुपर्छ। तँलाई तेरा पहिलेका कार्य र व्यवहारहरू त्याग्‍न लगाउनु भनेकै तँलाई पवित्र आत्माले आज बोल्नुहुने वचनहरूको अनुसरण गर्ने मौका दिनका लागि हो। एकातिर स्वभावको परिवर्तन परमेश्‍वरका वचनहरूद्वारा हासिल हुन्छ भने, अर्कोतिर यसको निम्ति मानिसको तर्फबाट सहकार्यको आवश्यकता पर्छ। एकातिर परमेश्‍वरको काम छ र अर्कोतिर मानव अभ्यास छ, र दुवै नै अपरिहार्य छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्