परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५३६

30 अप्रिल 2021

परमेश्‍वरका वचनहरूमध्ये प्रत्येकले हामीलाई घाइते बनाएर डरले भरेर छोडिदिँदै, हाम्रा मरणशील बिन्दुहरू मध्ये एउटामा प्रहार गर्छन्। उहाँले हाम्रा धारणाहरू, हाम्रा कल्पनाहरू, र हाम्रा भ्रष्ट स्वभावलाई खुलासा गर्नुहुन्छ। हाम्रो लाजलाई कुनै लुक्ने ठाउँ नराखिकन हामीलाई डर र त्रासको अवस्थामा राखेर, हामीले भन्ने र गर्ने कुराहरूदेखि, हाम्रा प्रत्येक विचारहरू र धारणाहरूसम्म, हाम्रा प्रकृति र सार उहाँका वचनहरूमा प्रकट हुन्छन्। हाम्रा सबै दयनीय असिद्धतालाई खुलासा भएको महसुस गराएर र पूर्ण रूपमा राजी गराएर, उहाँले हाम्रा सबै कार्यहरू, हाम्रा लक्ष्यहरू, र नियतहरू, र हामीले कहिल्यै पत्ता नलगाएका हाम्रा भ्रष्ट स्वभावका बारेमा पनि एक-एक गरेर बताउनुहुन्छ। उहाँको विरोध गरेमा उहाँले हाम्रो न्याय गर्नुहुन्छ, उहाँको निन्दा गरेकोमा र उहाँलाई दोष लगाएकोमा हामीलाई सजाय दिनुहुन्छ, अनि उहाँका नजरमा हामीसँग मुक्ति पाउने एउटा पनि विशेषता छैन कि हामी जीवित शैतान हौँ भन्ने हामीलाई अनुभूत गराउनुहुन्छ। हाम्रा आशाहरू चकनाचूर हुन्‍छन्; उप्रान्त उहाँबाट कुनै पनि अनुचित मागहरू गर्ने वा उहाँको बारेमा कुनै परिकल्‍पना बोकेर हिँड्ने आँट गर्दैनौं, अनि हाम्रा सपनाहरू पनि रातारात हराउँछन्। हामी कसैले पनि कल्पना गर्न नसक्ने र हामी कसैले पनि स्वीकार गर्न नसक्ने तथ्य यही हो। एकै क्षणमा, हामी हाम्रो भित्री सन्तुलनलाई गुमाउँछौं र अगाडि अवस्थित बाटोमा कसरी निरन्तरता दिने भनी वा हाम्रो विश्‍वासमा कसरी अघि बढ्ने सो जान्दैनौं। हाम्रो विश्‍वास पहिलेकै क्षेत्रतिर फर्केर गएको जस्तो देखिन्छ, र हामीले कहिल्यै प्रभु येशूलाई नभेटेको वा उहाँलाई नचिनेको जस्तो देखिन्छ। हाम्रा आँखा अगाडिका सबै कुराहरूले हामीलाई अन्योलताले भर्छ र हामीलाई अनिर्णायक किसिमले ढुलमुले बनाउँछ। हामी उदास हुन्छौं, हामी निराश हुन्छौं, र हाम्रा हृदयहरूका गहिराइमा अदम्य रीस र अपमान हुन्छ। हामीले निकाल्ने प्रयास गर्छौं, निकास दिन खोज्छौं र, यसको अलाबा, हामी हाम्रा मुक्तिदाता येशूलाई निरन्तर पर्खिरहन्छौँ ताकि हामीले हाम्रा हृदयका कुराहरू उहाँमा पोखाउन सकौं। हामी बाहिरपट्टि सहज भएको देखिने समयहरू भए पनि, न त घमण्डी, न नम्र, हामीले पहिले कहिल्यै अनुभूति नगरेका हारको भावनाले हाम्रा हृदयमा हामी ग्रसित हुन्छौं। कहिलेकाहीँ हामी बाहिरपट्टि असामान्य रूपमा शान्त देखिए तापनि, हाम्रा मनहरू समुद्री आँधी जस्तै पीडाले मडारिरहेका हुन्छन्। उहाँका न्याय र सजायले हाम्रा फजुल चाहनाहरूलाई अन्त्य गर्दै र उहाँ हाम्रा मुक्तिदाता हुनुहुन्छ र हामीलाई मुक्त गर्न सक्षम हुनुहुन्छ भनी विश्‍वास गर्न हामीलाई अनिच्छुक छोडिदिँदै, हाम्रा सबै आशाहरू र सपनाहरूबाट हामीलाई वञ्चित गर्छन्। उहाँका न्याय र सजायले हामी र उहाँका बीचमा एक खाल्डो बनाएका छन्, यो यति गहिरो छ कि कोही पनि यसलाई नाघेर जान इच्छुक हुँदैन। उहाँका न्याय र ताडनालाई हामीले हाम्रा जीवनमा पहिलो पल्ट यति ठूलो अवरोध, यति ठूलो अपमानको रूपमा भोगेका छौँ। उहाँका न्याय र सजायले हामीलाई परमेश्‍वरको सम्मान र मानिसको अपमानको असहिष्णुताको सराहना गर्ने बनायो, यसको तुलनामा हामी अत्यन्त तुच्छ र अशुद्ध छौ। हामी कति घमण्डी र अहङ्कारी छौँ, र मानिस कसरी कहिल्यै परमेश्‍वरको बराबरी हुन सक्दैन, वा परमेश्‍वरसँग समान हुन सक्दैन भनी उहाँका न्याय र सजायले हामीलाई सर्वप्रथम महसुस गर्ने बनाएको छ। उहाँका न्याय र सजायले यस्तो भ्रष्ट स्वभावमा अझै नजिउन, यस प्रकृति र सारबाट जतिसक्दो चाँडो आफैलाई स्वतन्त्र पार्न, र उहाँप्रति दुष्ट र घृणित नहुनका लागि हामीलाई इच्छुक नहुने बनाएको छ। उहाँका न्याय र सजायले उहाँका योजनाहरू र प्रबन्धहरूका विरुद्धमा अब कुनै विद्रोह नगरीकन उहाँका वचनहरूलाई पालना गर्न हामीलाई खुशी पारेको छ। उहाँका न्याय र सजायले फेरि एक पल्ट हामीलाई बाँच्ने इच्छा दिएका छन् र उहाँलाई हाम्रा मुक्तिदाताका रूपमा स्वीकार गर्न हामीलाई खुशी बनाएको छ…। हामी विजयको कामबाट बाहिर, नरकबाट बाहिर, मृत्युको छायाको घाटीबाट बाहिर निस्केका छौँ…। सर्वशक्तिमान् परमेश्‍वरले हामीलाई, मानिसहरूका यो समूहलाई पाउनु भएको छ! उहाँले शैतानलाई जित्नुभएको छ र उहाँका शत्रुहरूका भीडलाई हराउनु भएको छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ४: परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु

जीवन पाउन न्याय स्विकार

पद १

परमेश्‍वरका वचनले हाम्रा कमजोरीमै हान्छन्, दुःखी बनाई, डरले भर्छन्। उहाँ हाम्रा धारणा, कल्पना र भ्रष्ट स्वभाव खुलासा गर्नुहुन्छ। हामीले भन्ने र गर्ने सबथोकदेखि हरेक विचार र धारणा, हाम्रो प्रकृति वचनद्वारा खुलासा गर्नुहुन्छ, हामीलाई डरको स्थितिमा फ्याँक्नुहुन्छ; हामी काँपिरहन्छौँ, लाज लुकाउने ठाउँ हुँदैन।

पद २

उहाँ हाम्रा कार्य, अभिप्राय, कहिल्यै पत्ता नलगाएका भ्रष्टता देखाउनुहुन्छ, ताकि हाम्रा कमीहरू बाहिर आऊन्, र हामीलाई जित्नुभएको होस्। उहाँको विरोध गरेकोले हामीलाई न्याय गर्नुहुन्छ, निन्दा र अपमान गरेकोले सजाय दिनुहुन्छ। हामीलाई लाग्छ कि उहाँको नजरमा हामी मानवरूपी शैतान हौँ र छुटकारा पाउने एउटै विशेषता छैन।

कोरस १

न्यायद्वारा, उहाँको सम्मान र उल्‍लङ्‍घनप्रतिको असहिष्णुता महसुस गर्छौँ, जसको तुलनामा हामी निकै तुच्छ छौँ, अशुद्ध छौँ। उहाँको न्याय र सजायको कारण, आफ्नो अहङ्कार बुझ्छौँ, मानिस कसरी उहाँको बराबर कहिल्यै हुनेछैन भनी देख्छौँ।

पद ३

उहाँको न्याय र सजायले हामीलाई भ्रष्ट स्वभाव त्याग्न इच्छुक बनाएका छन्, ताकि यो प्रकृति छिट्टै छोड्न र उहाँको नजरमा घृणातुल्य नहोऔं। तिनले उहाँका वचन पालन गर्न इच्छुक बनाएका छन्; अब उहाँका प्रबन्धको विरोध गर्नेछैनौँ। उहाँको न्याय र सजायले हामीलाई बाँच्ने इच्छा पनि दिन्छन्। खुसीसाथ उहाँलाई मुक्तिदाताको रूपमा स्वीकार्छौँ…।

पद ४

हामी भ्रष्ट स्वभाव भएका, उहाँले युगौँ अघि पूर्वनिर्धारित गर्नुभएका सामान्य मानिस मात्र हौँ; खरानीको थुप्रोबाट उठाउनुभयो। उहाँको निन्दा गऱ्यौँ, अब हामीलाई विजय गर्नुहुन्छ। अनन्त जीवनको मार्ग दिनुभएको छ। जतासुकै गए पनि, जेसुकै सहे पनि, सर्वशक्तिमान् परमेश्‍वरको मुक्ति रहित हुन सक्तैनौ, कारण उहाँ हाम्रो सृष्टिकर्ता, एउटै छुटकारा हुनुहुन्छ!

कोरस २

उहाँको प्रेम फैलिन्छ र तिमीलाई, मलाई र सत्यता खोज्ने सबलाई र उहाँको देखापराई धैर्यपूर्वक कुर्नेलाई दिइएको छ। जसरी चन्द्रमाले सूर्य सधैँ पछ्याउँछ, उहाँलाई पछ्याउने, उहाँको न्याय स्वीकार्ने कोहीमाथि काम गर्न बन्द गर्नुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परिशिष्ट ४: परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु” बाट परिमार्जित

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्