परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५१९

26 अप्रिल 2021

मानिसले परमेश्‍वरका कार्यहरूको अनुभव गर्छ, आफूले आफैलाई चिन्छ, आफ्नो भ्रष्ट स्वभावलाई सफा गर्छ, र जीवनमा वृद्धि खोज्छ, र यी सबै कुरा परमेश्‍वरलाई चिन्नको निम्ति नै गर्छ। यदि तँ आफूलाई जान्न र आफ्नै भ्रष्ट स्वभावको सामना गर्न मात्र खोजिरहन्छस्, तर परमेश्‍वरले मानिसमा के कार्य गर्नुहुन्छ, उहाँको मुक्ति कति महान् छ, वा तैँले परमेश्‍वरको कामको अनुभव कसरी गर्छस् र उहाँको कार्यको साक्षी कसरी दिन्छस् भन्ने कुराको बारेमा तँलाई कुनै ज्ञान छैन भने, तेरो अनुभव व्यर्थ हो। यदि तँ सत्यलाई अभ्यास गर्न र सहन सक्षम भएकोले मात्रै जीवनले परिपक्वता पाउँछ भन्‍ने सोच्छस् भने, यसको तात्पर्य तैँले अझै पनि जीवनको साँचो अर्थ वा मानिसलाई सिद्ध बनाउने परमेश्‍वरको उद्देश्य बुझेको छैनस् भन्ने हो। एक दिन जब तँ धार्मिक मण्डलीहरूमा, पश्‍चातापी मण्डली वा आजीवन मण्डलीका सदस्यहरूमाझ हुन्छस्, तैँले धेरै धर्मनिष्ठ मानिसहरू भेट्नेछस्, जसको प्रार्थनामा “दर्शन” हुन्छ र जो आफ्नो जीवनको अनुसरणको क्रममा, वचनहरूबाट छोइएका र निर्देशित भएका हुन्छन्। साथै, तिनीहरू थुप्रै कुरा सहन र आफूलाई त्याग गर्न, र देहबाट नडोर्याइन सक्षम हुन्छन्। त्यस समयमा, तँ भिन्नता छुट्याउन असक्षम हुनेछस्: उनीहरूले जे गर्छन् त्यो सही हो, जीवनको स्वाभाविक अभिव्यक्ति हो भनेर तैँले विश्‍वास गर्छस्, र उनीहरूले जुन नाममा विश्‍वास गर्छन् त्यो गलत हो भन्‍ने कुरा अफसोसको कुरा हो। के यस्ता विचारहरू मूर्ख होइनन् र? धेरै मानिसहरूको जीवन हुँदैन भनेर किन भनिन्छ? किनभने तिनीहरू परमेश्‍वरलाई चिन्दैनन्, र तसर्थ उनीहरूको हृदयमा कुनै परमेश्‍वर छैन, र तिनीहरूको जीवन छैन भनेर भनिन्छ। यदि परमेश्‍वरमा तेरो विश्‍वास यस्तो अवस्थामा पुगेको छ जहाँ तँ परमेश्‍वरका कार्यहरू, परमेश्‍वरको वास्तविकता, र परमेश्‍वरको कामको हरेक चरण राम्ररी जान्न सक्षम छस् भने, तँमा सत्य निहित छ। यदि तँलाई परमेश्‍वरको कार्य र स्वभाव थाहा छैन भने, तेरो अनुभवमा अझै पनि केही छुटिरहेको छ। येशूले आफ्‍नो कामको त्यो चरण कसरी पूरा गर्नुभयो, यो चरण कसरी सम्पन्न भइरहेको छ, परमेश्‍वरले कसरी अनुग्रहको युगमा आफ्‍नो काम गर्नुभयो र के कार्य गरियो, यस चरणमा कुन कार्य भइरहेको छ—यदि तँसँग यी थोकहरूको बारेमा विस्तृत ज्ञान छैन भने, तैँले कहिले पनि सुनिश्‍चितताको महसुस गर्नेछैनस् र तँ सधैँ असुरक्षित हुनेछस्। यदि, अनुभवको अवधिपछि, परमेश्‍वरले गर्नुभएको कार्य र उहाँको कार्यको हरेक चरणलाई जान्न तँ सक्षम हुन्छस्, र यदि तैँले परमेश्‍वरले उहाँको वचनहरू बोल्दा त्यसमा रहेका उद्देश्यहरू र उहाँले बोल्नुभएका यति धेरै वचनहरू किन पूरा भएका छैनन् भन्ने बारेमा विस्तृत ज्ञान हासिल गरिस् भने, तँ चिन्ता र शोधनबाट मुक्त भई निडर भएर र नरोकिइकन अगाडिको बाटोमा अघि बढ्न सक्‍नेछस्। परमेश्‍वरले कुन माध्यमबाट आफ्नो कार्यमा यति धेरै उपलब्धि प्राप्त गर्नुहुन्छ भनेर तिमीहरूले हेर्नुपर्छ। धेरै प्रकारका वचनहरूका माध्यमबाट मानिसलाई शोधन गर्दै र मानिसका धारणाहरूलाई रूपान्तरण गर्दै, उहाँले आफूले बोल्ने वचनहरूको प्रयोग गर्नुहुन्छ। तिमीहरूले सहेका सबै कष्टहरू, तिमीहरूले भोगेका सबै शोधनहरू, तिमीहरूले आफूभित्र स्वीकार गरेका निराकरणहरू, तिमीहरूले अनुभव गरेका अन्तर्दृष्टिहरू-यी सबै परमेश्‍वरले बोल्नुभएका वचनहरूको माध्यमबाट प्राप्त भएका हुन्। मानिसले केको खातिर परमेश्‍वरलाई पछ्याउँछ? उसले परमेश्‍वरको वचनको कारण पछ्याउने गर्दछ! परमेश्‍वरका शब्दहरू गहन रूपले रहस्यमय हुन्छन्, साथै यी वचनहरूले मानिसको हृदयलाई हल्लाउन सक्छन्, हृदयभित्र तल गाडिएका कुराहरूलाई प्रकट गर्न सक्छन्, उसलाई विगतमा घटना भएका कुराहरू थाहा दिन, र भविष्यमा प्रवेश गर्न दिन सक्छन्। त्यसैले मानिस परमेश्‍वरको वचनहरूका कारण कष्ट सहन्छ, र परमेश्‍वरको वचनहरूकै कारणले उसलाई सिद्ध पनि बनाइन्छ: केवल यस समयमा मात्र व्यक्तिले परमेश्‍वरलाई पछ्याउँछ। यस अवस्थामा मानिसले के गर्नुपर्दछ भने परमेश्‍वरको वचनहरूलाई स्विकार्नु पर्छ, र उसलाई सिद्ध बनाइएको वा शोधनको लागि बाध्य बनाएको भए पनि, परमेश्‍वरका वचनहरू नै मुख्य कुरा हो। परमेश्‍वरको कार्य यही हो, र यो मानिसले आज थाहा पाउनुपर्ने दर्शन पनि हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्