परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५१०

1 मे 2021

परमेश्‍वरले मानिसको अवस्था र उहाँप्रति उसको आचरणको सामना गरेपछि परमेश्‍वरले नयाँ काम गर्नुभएको छ, जसले मानिसलाई उहाँको ज्ञान प्राप्त गर्ने र उहाँप्रति आज्ञाकारी हुने अनि साथै प्रेम र गवाही दुवै प्राप्त गर्ने तुल्याउँछ। यसैले, परमेश्‍वरले गर्नुहुने मानिसको शोधनको, साथै उहाँको न्यायको, उसलाई निराकरण र काटछाँट गर्ने कार्यको उसले अनुभव गर्नुपर्दछ, जुनविना उसले परमेश्‍वरलाई कहिल्यै चिन्न सक्दैन र कहिल्यै पनि उहाँलाई साँच्चै प्रेम गर्न र उहाँको साक्षी दिन सक्दैन। परमेश्‍वरले मानिसमा गर्नुहुने शोधन एकतर्फी प्रभावका लागि मात्र होइन, तर बहुपक्षीय प्रभावको खातिर हो। परमेश्‍वरले सत्यताको खोजी गर्न इच्छुक व्यक्तिहरूमा उनीहरूको सङ्कल्प र प्रेमलाई सिद्ध बनाउन, यस्तै प्रकारले मात्र शोधन गर्नुहुन्छ। जो सत्यताको खोजी गर्न इच्छुक छन् र जसले परमेश्‍वरको उत्कट चाहना गर्दछन्, उनीहरूका लागि यस्तो शोधनभन्दा धेरै अर्थपूर्ण वा ठूलो सहयोगपूर्ण कुरा अरू कुनै पनि हुँदैन। परमेश्‍वरको स्वभावलाई मानिसले यति सजिलैसँग जान्न वा बुझ्‍न सक्दैन, किनकि परमेश्‍वर आखिर परमेश्‍वर नै हुनुहुन्छ। अन्त्यमा, परमेश्‍वरमा मानिसको जस्तो स्वभाव हुनु असम्भव छ, र त्यसैले मानिसले परमेश्‍वरको स्वभाव जान्न सजिलो छैन। सत्यता मानिसभित्र स्वाभाविक रूपमा हुँदैन र शैतानद्वारा भ्रष्ट पारिएकाहरूले यसलाई सजिलै बुझ्न सक्दैनन्; मानिस सत्यताविहीन छ, र सत्यतालाई व्यवहारमा उतार्ने सङकल्पविहीन छ, र यदि उसले कष्ट भोग्दैन र उसलाई शोधन वा न्याय गरिँदैन भने, उसको सङ्कल्पलाई कहिल्यै पनि सिद्ध तुल्याइँदैन। सबै मानिसहरूका लागि शोधन धेरै पीडादायक हुन्छ, र यसलाई स्वीकार्न धेरै गाह्रो हुन्छ—तर शोधनको बेला नै परमेश्‍वरले मानिसको निम्ति उहाँको धर्मी स्वभाव स्पष्ट पार्नुहुन्छ, र मानिसका लागि आफ्ना मागहरू सार्वजनिक गर्नुहुन्छ र थप अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ र थप वास्तविक काटछाँट र निराकरण गर्नुहुन्छ; तथ्यहरू र सत्यबीच तुलना गरेर उहाँले मानिसलाई उसको आफ्नैबारेमा र सत्यको अझ धेरै ज्ञान दिनुहुन्छ, र उसलाई परमेश्‍वरको इच्छाको अझ बढी बुझाइ दिनुहुन्छ, यसरी मानिसलाई परमेश्‍वरप्रति अझ साँचो र अझ शुद्ध प्रेम गर्ने तुल्याउनुहुन्छ। शोधन कार्यलाई अघि बढाउने परमेश्‍वरका उद्देश्यहरू यिनै हुन्। परमेश्‍वरले मानिसमा गर्नुहुने सबै कामहरूका आफ्नै उद्देश्यहरू र महत्त्व हुन्छन्; परमेश्‍वरले अर्थहीन काम गर्नुहुन्न, न त कुनै यस्तो काम गर्नुहुन्छ जसद्वारा मानिसलाई कुनै लाभ हुँदैन। शोधनको अर्थ मानिसहरूलाई परमेश्‍वरको उपस्थितिबाट हटाउनु होइन, न त तिनीहरूलाई नरकमा नाश गर्नु नै हो। बरु, यसको अर्थ शोधनको समयमा मानिसको स्वभाव परिवर्तन गर्नु हो, उसका आशय, पुराना दृष्टिकोण, परमेश्‍वरप्रतिको उसको प्रेम र उसको सम्पूर्ण जीवन परिवर्तन गर्नु हो। शोधन मानिसको एक वास्तविक जाँच हो, र एकप्रकारको वास्तविक तालिम हो। शोधनको अवधिमा मात्र उसको प्रेमले यसको अन्तर्निहित कार्य गर्न सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

परमेश्‍वरको शोधनको कामको उद्देश्य

पद १

शोधन कसैको लागि सजिलो हुँदैन, यो प्रक्रिया स्वीकार्न निकै गाह्रो हुन्छ। तर शोधनमा परमेश्‍वरले मानिसप्रति उहाँको धर्मी स्वभाव प्रकट गर्नुहुन्छ। मानिसलाई आफ्ना माग देखाउनुहुन्छ, अन्तर्दृष्टि दिनुहुन्छ, अझै काट-छाँट, निराकरण गर्नुहुन्छ।

कोरस

शोधनको अर्थ मानिसलाई उहाँ अगाडिबाट हटाउनु होइन, न तिनलाई नरकमा नष्ट गर्नु हो। यो मानव स्वभाव, आशय, पुराना दृष्टिकोण, उहाँप्रति उसको प्रेम, र उसको सम्पूर्ण जीवन परिवर्तन गर्नका लागि हो।

पद २

तथ्य र सत्यता तुलना गर्नुभई, उसलाई उहाँको इच्छा, सत्यता र ऊ आफैँ बारे अझ ज्ञान दिनुहुन्छ, उहाँलाई अझ साँचो, शुद्ध प्रेम गर्ने तुल्याउनुहुन्छ। यी हुन् उहाँको शोधनको कार्यका लक्ष्य।

कोरस

शोधनको अर्थ मानिसलाई उहाँ अगाडिबाट हटाउनु होइन, न तिनलाई नरकमा नष्ट गर्नु हो। यो मानव स्वभाव, आशय, पुराना दृष्टिकोण, उहाँप्रति उसको प्रेम, र उसको सम्पूर्ण जीवन परिवर्तन गर्नका लागि हो।

ब्रिज

मानिसमा गरिने सबै कामका उद्धेश्य र महत्व छन्। उहाँको काम कहिल्यै अर्थहीन हुँदैन। मानिसलाई सधैँ फाइदा गर्छ। शोधन मानिसको परीक्षा हो र वास्तविक तालिमको रूप हो। शोधनद्वारा मात्र उसको प्रेमले आफ्नो कार्य पूरा गर्न सक्छ।

कोरस

शोधनको अर्थ मानिसलाई उहाँ अगाडिबाट हटाउनु होइन, न तिनलाई नरकमा नष्ट गर्नु हो। यो मानव स्वभाव, आशय, पुराना दृष्टिकोण, उहाँप्रति उसको प्रेम, र उसको सम्पूर्ण जीवन परिवर्तन गर्नका लागि हो।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्