परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५०३

27 सेप्टेम्बर 2021

जब मानिसहरूभित्र परमेश्‍वर जीवन बन्नुहुन्छ तब तुरुन्तै मानिसहरू परमेश्‍वरलाई त्याग्न असमर्थ हुन्छन्‌। के यो परमेश्‍वरको काम होइन र? योभन्दा महान्‌ साक्षी अरू केही छैन। परमेश्‍वरले एक निश्चित बिन्दुसम्म काम गर्नुभएको छ; उहाँले मानिसहरूलाई सेवा गर्न, सजाय पाउन वा मर्न भन्नुभएको छ, र मानिसहरू तर्किएका छैनन्‌, जसले देखाउँछ कि तिनीहरू परमेश्‍वरद्वारा जितिएका छन्‌। सत्यता भएका मानिसहरू ती हुन्‌ जो, तिनको वास्तविक अनुभवहरूमा, कहिल्यै पछि नहटी, आफ्नो साक्षीमा दृढ खडा हुन, आफ्नो स्थितिमा दृढ खडा हुन‌, परमेश्‍वरको पक्षमा खडा हुन सक्छन्‌‌, र जसले परमेश्‍वरलाई प्रेम गर्ने मानिसहरूसँग सामान्य सम्बन्ध राख्न सक्छन्‌, जो, जब परिस्थितिहरू तिनीहरूमाथि आइलाग्छन्‌, परमेश्‍वरलाई पूर्ण रूपमा आज्ञापालन गर्न समर्थ हुन्छन्‌, र मृत्युसम्मै परमेश्‍वरको आज्ञापालन गर्न सक्छन्‌। वास्तविक जीवनमा तेरा अभ्यास र प्रकाशहरू परमेश्‍वरको साक्षी हुन्‌, ती मानिसको जियाइ र परमेश्‍वरको गवाही हुन्‌, र यो साँच्चै परमेश्‍वरको प्रेमको आनन्द उपभोग गर्नु हो; जब तैँले यस बिन्दुसम्म अनुभव गरेको हुन्छस्‌, तब चाहिने प्रभाव हासिल गरिएको हुनेछ। तँसँग वास्तविक जियाइ छ र तेरो हरेक कार्यलाई अरूहरूद्वारा सराहनासहित हेरिन्छ। तेरो पहिरन र बाहिरी रूप अउल्लेखनीय छन्‌, तर तैँले सर्वोत्कृष्ट पवित्र जीवन जिउँछस्‌, र जब तैँले परमेश्‍वरका वचनहरू बोल्छस्‌, तँ उहाँद्वारा निर्देशित र अन्तर्दृष्टि प्रदान गरिएको हुन्छस्‌। तैँले आफ्ना वचनहरूमार्फत परमेश्‍वरको इच्छा बोल्न, वास्तविकता सञ्चार गर्न समर्थ हुन्छस्‌, र तैँले आत्मामा सेवा गर्नेबारे धेरै कुरा बुझ्छस्‌। तँ तेरो बोलीमा प्रस्ट छस्‌, तँ शिष्ट र सदाचारी, मुकाबिला-नगर्ने र मर्यादाशील छस्‌, आफूमाथि विपत् आइलाग्दा परमेश्‍वरका प्रबन्धहरूको पालन गर्न र आफ्नो साक्षीमा दृढ खडा हुन समर्थ छस्‌, र जेसुकैको सामना गरेको भएतापनि तँ शान्त र सौहार्द छस्‌। यस प्रकारको व्यक्तिले साँच्चै परमेश्‍वरको प्रेम देखेको हुन्छ। केही मानिसहरू अझै पनि जवान छन्, तर तिनीहरूले कुनै अर्ध-बैँसे व्यक्तिले जस्तो व्यवहार गर्छन्‌; तिनीहरू परिपक्‍व, सत्यताले भरिएका, र अरूहरूले सराहना हुन्छन्‌—अनि यी त्यस्ता मानिसहरू हुन्‌ जससँग साक्षी छ र जो परमेश्‍वरको प्रकटीकरण हुन्‌। भन्नुको अर्थ, जब तिनीहरूले एउटा निश्चित बिन्दुसम्‍म अनुभव गरेका हुन्छन्‌, तब भित्र तिनीहरूसँग परमेश्‍वरप्रतिको अन्तर्दृष्टि रहनेछ‌, र तिनीहरूको बाहिरी स्वभाव पनि स्थिर हुनेछ। धेरै मानिसहरूले सत्यतालाई अभ्यास गर्दैनन्‌ र आफ्नो साक्षीमा दृढ खडा हुँदैनन्‌। यस्ता मानिसहरूमा परमेश्‍वरको प्रेम, वा परमेश्‍वरप्रतिको साक्षी हुँदैन, र यी यस्ता मानिसहरू हुन्‌ जो परमेश्‍वरद्वारा घिनाइएका हुन्छन्‌। तिनीहरूले भेलाहरूमा परमेश्‍वरका वचनहरू पढ्छन्‌, तर तिनीहरूले जे जिउँछन्‌ त्यो शैतान हो, र यसले परमेश्‍वरको अनादर गर्ने, परमेश्‍वरको बदख्वाइँ गर्ने, र परमेश्‍वरको निन्दा गर्ने गर्छ। यस्ता मानिसहरूमा परमेश्‍वरको प्रेमको कुनै सङ्केत हुँदैन, र तिनीहरूसँग पवित्र आत्माको काम हुँदै हुँदैन। त्यसैले, मानिसहरूका वचनहरू र कार्यहरूले शैतानको प्रतिनिधित्व गर्छन्‌। यदि तेरो हृदय सदैव परमेश्‍वरको सामुन्ने शान्तिमा छ भने, र तैँले तेरो वरिपरि भएका मानिसहरू र कुराहरूमा, र तेरो वरिपरि के हुँदैछ त्यसमा, सदैव ध्यान दिन्छस्‌ भने, र यदि तँ परमेश्‍वरको बोझप्रति विवेकी हुन्छस्‌ भने, र तँसँग सदैव परमेश्‍वरलाई श्रद्धा गर्ने हृदय छ भने, परमेश्‍वरले अक्सर तँलाई भित्रै अन्तर्दृष्टि दिनुहुनेछ। मण्डलीमा मानिसहरू हुन्छन्‌ जो “निरीक्षकहरू” हुन्‌: तिनीहरू अरूहरूको कमजोरीहरू हेर्न निस्कन्छन्‌ र त्यसपछि तिनैलाई नक्कल र अनुसरण गर्छन्‌। तिनीहरू फरक छुट्याउन असमर्थ हुन्छन्‌, तिनीहरूले पापलाई घृणा गर्दैनन्‌ र शैतानका कुराहरूलाई घिनाउँदैनन् वा त्यसप्रति वाक्‍क मान्दैनन्। यस्ता मानिसहरू शैतानका कुराहरूले भरिएका हुन्छन्‌, र तिनीहरू अन्ततः परमेश्‍वरद्वारा पूर्ण रूपमा त्यागिएका हुनेछन्‌। परमेश्‍वरको सामुन्ने तेरो हृदय सदैव श्रद्धालु हुनुपर्छ, तँ आफ्नो वचनहरू र कार्यहरूमा शिष्ट हुनुपर्छ र कहिल्यै परमेश्‍वरलाई विरोध गर्ने वा रिस उठाउने इच्छा गर्नुहुँदैन। तँमा परमेश्‍वरको कामलाई व्यर्थ बनाउन तँ कहिल्यै इच्छुक हुनुहुँदैन, वा तैँले सहेका सबै कठिनाइहरूलाई र तैँले अभ्यास गरेका सबै कुराहरूलाई बिना अर्थको हुन दिनु हुँदैन। तँ अघि बढ्ने मार्गमा अझ कठोर काम गर्न र परमेश्‍वरलाई प्रेम गर्न इच्छुक हुनुपर्छ। यी यस्ता मानिसहरू हुन् जससँग दर्शन तिनीहरूको जगको रूपमा हुन्छ। यी यस्ता मानिसहरू हुन्‌ जसले प्रगति खोज्छन्‌।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्