परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५००

26 सेप्टेम्बर 2021

परमेश्‍वरले मानिसहरूलाई सिद्ध बनाउनको लागि वास्तविकतालाई र तथ्यहरूको प्रादुर्भावलाई प्रयोग गर्नुहुन्छ; परमेश्‍वरका वचनहरूले मानिसहरूलाई सिद्ध बनाउने उहाँको आंशिक भागलाई पूरा गर्छन्‌, र यो अगुवाइ गर्ने र बाटो खोल्ने काम हो। भन्नुको अर्थ, परमेश्‍वरका वचनहरूमा तैँले अभ्यासको मार्ग र दर्शनहरूको ज्ञान भेट्नुपर्छ। यी कुराहरू बुझेर, मानिसले उसको वास्तविक अभ्यासमा एउटा मार्ग र दर्शनहरू पाउनेछ, र परमेश्‍वरका वचनहरूमार्फत अन्तर्दृष्टि पाउन ऊ समर्थ हुनेछ; यी कुराहरू परमेश्‍वरबाट आएका हुन्‌ भन्ने कुरा उसले बुझ्न र धेरै कुरा छुट्याउन ऊ समर्थ हुनेछ। बुझिसकेपछि, मानिस तुरुन्तै यस वास्तविकताभित्र प्रवेश गर्नुपर्छ र उसको वास्तविक जीवनमा परमेश्‍वरलाई सन्तुष्ट पार्न परमेश्‍वरका वचनहरूलाई प्रयोग गर्नुपर्छ। परमेश्‍वरले तँलाई सबै कुराहरूमा अगुवाइ गर्नुहुनेछ र तँलाई अभ्यासको मार्ग दिनुहुनेछ, र उहाँ विशेष रूपमा प्रेमिलो हुनुहुन्छ भन्ने कुरा आभास गराउनुहुनेछ, र तँमा गरिएको परमेश्‍वरको कामको हरेक कदम तँलाई नै सिद्ध बनाउनको लागि हो भन्ने कुरा देख्न दिनुहुनेछ। यदि तैँले परमेश्‍वरको प्रेम देख्न चाहन्छस्‌‌ भने, यदि तैँले परमेश्‍वरको प्रेम साँच्चै अनुभव गर्न चाहन्छस् भने, तँ वास्तविकताभित्रको गहिराइमा जानुपर्छ, तँ वास्तविक जीवनभित्रको गहिराइमा जानुपर्छ र परमेश्‍वरले गर्नुहुने हरेक कुरा प्रेम र मुक्ति हो भन्ने कुरा देख्नुपर्छ, कि उहाँले जे अशुद्ध छन्‌ ती पछाडि छोड्नका लागि मानिसहरूलाई सक्षम पार्नुहुन्छ, र परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्न असमर्थ भएका मानिसभित्रकै कुराहरूलाई शोधन गर्नुहुन्छ। परमेश्‍वरले मानिसको निम्ति जुटाउन वचनहरू प्रयोग गर्नुहुन्छ; उहाँले मानिसहरूलाई वास्तविक जीवनका परिस्थितिहरू अनुभव गर्ने प्रबन्ध मिलाउनुहुन्छ, र यदि मानिसहरूले धेरैजसो परमेश्‍वरका वचनहरूबाट खान्छन्‌ र पिउँछन्‌ भने, तिनीहरूले वास्तविक रूपमा तिनलाई अभ्यासमा लगाउँदा, तिनीहरूले धेरैजसो परमेश्‍वरका वचनहरूलाई प्रयोग गरेर तिनीहरूका जीवनहरूमा हुने सबै कठिनाइहरूलाई समाधान गर्न सक्छन्‌। भन्नुको अर्थ, वास्तविकताभित्रको गहिराइमा जानको निम्ति तँसँग परमेश्‍वरका वचनहरू हुनुपर्छ; यदि तैँले परमेश्‍वरका वचनहरू खाँदैनस्‌ र पिउँदैनस्‌ र तँ परमेश्‍वरको कामरहित छस्‌ भने, वास्तविक जीवनमा तँसँग कुनै मार्ग हुनेछैन। यदि तैँले कहिल्यै परमेश्‍वरका वचनहरू खाँदैनस्‌ वा पिउँदैनस्‌ भने, तँमाथि केही कुरा आइपर्दा तँ हक्‍का न बक्‍क हुनेछस्‌‌। तैँले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ भन्ने कुरा मात्र तँलाई थाहा छ, तर तँ कुनै भिन्नता छुट्याउन असमर्थ छस्‌ र तँसँग अभ्यासको मार्ग छैन; तँ भ्रमित र अन्योलग्रस्त छस्‌, पापमय स्वभावलाई सन्तुष्ट पारेर परमेश्‍वरलाई सन्तुष्ट पार्दैछु भन्ने समेत कहिलेकाहीँ तँ विश्‍वास गर्छस्‌—यो सबै नै परमेश्‍वरका वचनहरू नखानु र नपिउनुको परिणाम हो। भन्नुको अर्थ, यदि तँ परमेश्‍वरका वचनहरूको सहायता विहीन छस्‌ र वास्तविकताभित्र छामछुम मात्र गर्छस्‌ भने, तँ आधारभूत रूपमा अभ्यासको मार्ग पत्ता लगाउन असक्षम छस्‌। यस्ता मानिसहरूले परमेश्‍वरमाथि विश्‍वास गर्नुको अर्थ के हो भन्ने कुरा बुझ्दै-बुझ्दैनन्‌, परमेश्‍वरलाई प्रेम गर्नुको अर्थ के हो भन्ने कुरा तिनीहरूले बुझ्ने कुरा त परै जाओस्‌। यदि, परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि र अगुवाइ प्रयोग गरेर, तैँले धेरै पटक प्रार्थना गर्छस्‌, र उत्खनन‌ गर्छस्‌, र खोज्छस्‌‌, र यसद्वारा तैँले अभ्यास गर्नु पर्ने कुरा के हो भन्ने कुरा पत्ता लगाउँछस्, पवित्र आत्माको कामको निम्ति अवसरहरू पत्ता लगाउँछस्‌, परमेश्‍वरसँग साँच्चै सहकार्य गर्छस्‌, र भ्रमित र अन्योलग्रस्त हुँदैनस्‌ भने, तैँले वास्तविक जीवनमा एउटा मार्ग पाउनेछस्‌, र साँच्चै परमेश्‍वरलाई सन्तुष्ट पार्नेछस्‌। जब तैँले परमेश्‍वरलाई सन्तुष्ट पारेको हुन्छस्‌, तँभित्र परमेश्‍वरको अगुवाइ हुनेछ, र तँ परमेश्‍वरद्वारा विशेष रूपमा आशिषित गरिएको हुनेछस्‌, जसले तँलाई आनन्दको आभास दिनेछ: तैँले परमेश्‍वरलाई सन्तुष्ट पारेको छस्‌ भन्‍ने कुराप्रति तैँले विशेष रूपमा सम्मानित भएको आभास गर्नेछस्‌, तैँले विशेष रूपमा भित्र उज्ज्वल भएको आभास गर्नेछस्‌‌, र तेरो हृदयमा तँ प्रस्ट र शान्त हुनेछस्‌। तेरो विवेक आरोपहरूबाट साम्य र मुक्त पारिनेछ, र तैँले तेरा दाजुभाइ र दिदीबहिनीहरूलाई देख्दा भित्री रूपमा आनन्दको आभास गर्नेछस्‌। परमेश्‍वरको प्रेमको आनन्द उपभोग गर्नु भनेकै यही हो, र यही मात्र साँच्चै परमेश्‍वरप्रति आनन्दित हुनु हो। परमेश्‍वरको प्रेमबाट आउने मानिसहरूको आनन्द अनुभवमार्फत प्राप्त गरिन्छ: कठिनाइ अनुभव गरेर, र सत्यतालाई अभ्यास गर्नुलाई अनुभव गरेर, तिनीहरूले परमेश्‍वरका आशिषहरू प्राप्त गर्छन्‌। यदि परमेश्‍वरले तँलाई प्रेम गर्नुहुन्छ, परमेश्‍वरले मानिसहरूको खातिर ठूलो मूल्य चुकाउनुभएको छ, उहाँले धैर्यपूर्वक र दयापूर्वक धेरै वचनहरू बोल्नुभएको छ र सदैव मानिसहरूलाई मुक्ति दिनुहुन्छ भनेर मात्रै भन्छस् भने, तेरा कुराहरूका यी उच्चारण त परमेश्‍वरप्रतिको आनन्दको एउटा मात्र पाटो हो। तथापि, अझ उच्च आनन्द—साँचो आनन्द—तब हुन्छ जब मानिसहरूले आफ्नो वास्तविक जीवनमा सत्यतालाई अभ्यास गर्छन्‌, तब तिनीहरू आफ्नो हृदयमा शान्त र प्रस्ट हुन्छन्‌। तिनीहरू भित्र असाध्यै अभिप्रेरित भएको आभास गर्छन्‌ र परमेश्‍वर अति प्रेमिलो हुनुहुन्छ भनी आभास गर्छन्‌। तैँले आभास गर्नेछस्‌ कि तैँले चुकाएको मूल्य न्यायसङ्गत मात्रै छैन। आफ्ना प्रयासहरूमा ठूलो मूल्य चुकाएको हुनाले, तँ विशेष रूपमा भित्र उज्ज्वल हुनेछस्‌: तैँले साँच्चै परमेश्‍वरको प्रेमको आनन्द मनाउँदैछस्‌ भनी आभास गर्नेछस्‌‌ र परमेश्‍वरले मानिसहरूमा मुक्तिको काम गर्नुभएको छ, मानिसहरूलाई उहाँले शोधन कामको आशय तिनीहरूलाई शुद्ध गर्नु हो, र तिनीहरूले साँच्चै उहाँलाई प्रेम गर्छन्‌ कि गर्दैनन्‌ भनी परमेश्‍वरले मानिसहरूलाई जाँच गर्नुहुन्छ भन्‍ने कुरा तैँले बुझ्‍नेछस्। तैँले सदैव यसरी सत्यतालाई अभ्यास गरिस्‌ भने, तैँले विस्तारै परमेश्‍वरको धेरैजसो कामको बारेमा प्रस्ट ज्ञान वृद्धि गर्दै जानेछस्‌, र त्यस समयमा तेरो सामुन्ने परमेश्‍वरका वचनहरू घाम जत्तिकै छर्लङ्ग भएको तैँले आभास गर्नेछस्‌। यदि तैँले धेरै सत्यताहरूलाई प्रस्ट रूपमा बुझ्न सकिस्‌ भने, तैँले आभास गर्नेछस्‌ कि सबै कुराहरूलाई अभ्यासमा लगाउनु सजिलो छ, कि तैँले कुनै पनि विषयमाथि विजय हासिल गर्न र कुनै पनि परीक्षामाथि विजय हासिल गर्न सक्छस्, र कुनै पनि कुरा तेरो लागि समस्या होइन भन्ने कुरा तैँले देख्नेछस्‌, जसले तँलाई अत्यन्तै स्वतन्त्र र मुक्त गर्नेछ। यस क्षणमा, तैँले परमेश्‍वरको प्रेमको आनन्द मनाउँदै गर्नेछस्‌, र परमेश्‍वरको साँचो प्रेम तँमाथि आएको हुनेछ। परमेश्‍वरले तिनलाई आशिष दिनुहुन्छ जससँग दर्शनहरू छन्‌, जससँग सत्यता छ, जोसँग ज्ञान छ, र जसले साँच्चै उहाँलाई प्रेम गर्छन्‌। यदि मानिसहरूले परमेश्‍वरको प्रेम देख्ने इच्छा गर्छन्‌ भने, तिनीहरूले वास्तविक जीवनमा सत्यतालाई अभ्यास गर्नुपर्छ, तिनीहरूले पीडा सहन गर्ने इच्छा गर्नुपर्छ र परमेश्‍वरलाई सन्तुष्ट पार्न तिनीहरूले प्रेम गर्ने थोकलाई त्याग्नुपर्छ, र तिनीहरूको आँखामा आँसुको बाबजुद पनि, तिनीहरूले परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न अझै समर्थ हुनुपर्छ। यसरी परमेश्‍वरले तँलाई निश्चय नै आशिष दिनुहुनेछ, र यदि तैँले यस्तो किसिमको कठिनाइलाई सहिस्‌ भने, पवित्र आत्माको कामद्वारा यसलाई पछ्याइनेछ। साँचो जीवनमार्फत, र परमेश्‍वरका वचनहरूलाई अनुभव गरेर, मानिसहरू परमेश्‍वरको प्रेमिलोपनलाई हेर्न समर्थ हुन्छन्‌, र यदि तिनीहरूले परमेश्‍वरको प्रेमलाई चाखेका छन्‌ भने मात्र तिनीहरूले उहाँलाई साँच्चै प्रेम गर्न सक्छन्‌।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्