परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९६

27 नोभेम्बर 2021

मानिसहरूको बाहिरी स्वभावलाई परमेश्‍वरले गर्नुहुने निराकरण पनि उहाँको कार्यको एक अंश हो; उदाहरणका लागि मानिसको बाहिरी, असामान्य मानवता वा उनीहरूको जीवनशैली र आनीबानी, उनीहरूको तरीका र रीतिका साथै उनीहरूको बाहिरी अभ्यासहरू तथा उनीहरूको उत्सुकताको निराकरण गर्नु। तर जब उहाँले मानिसहरूलाई सत्यताको अभ्यास गर्न र उनीहरूको स्वभाव परिवर्तन गर्न अह्राउनुभयो, मुख्यतया उनीहरूभित्र रहेका अभिप्रायहरू र धारणाहरूको निराकरण गरियो। तेरो बाहिरी स्वभावको निराकरण गर्नु मात्रै गाह्रो कुरा होइन; यो त तँलाई मन पर्ने कुरा नखा भनेर अह्राउनु जस्तै हो, जुन सजिलो हुन्छ। तैपनि, तँभित्रको धारणालाई छुने कुरालाई चाहिँ, छोड्न गाह्रो हुन्छ। यसका लागि मानिसहरूले देहको विरोध गर्नुपर्ने हुन्छ, र मूल्य चुकाउनु पर्ने हुन्छ र परमेश्‍वरको अगाडि कष्ट भोग्नुपर्ने हुन्छ। यो विशेषगरी मानिसहरूको धारणामा लागू हुन्छ। मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई प्रश्रय दिएका हुन्छन्। जब तँ सत्यलाई अभ्यास गर्दैनस्, तँलाई तेरा सबै अभिप्रायहरू सही लाग्छन्, तर जब तँलाई केही हुन्छ, तँभित्र धेरै गलत अभिप्रायहरू रहेछन् भनेर तैँले देख्नेछस्। तसर्थ, जब परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्नुहुन्छ, उहाँले उनीहरूलाई परमेश्‍वर सम्‍बन्धी उनीहरूको ज्ञानमा बाधा पुर्‍याउने धेरै अभिप्रायहरू उनीहरूभित्र रहेको अनुभव गर्न लगाउनुहुन्छ। जब तैँले तेरा अभिप्रायहरू गलत रहेछन् भनेर पहिचान गर्छस्, यदि तँ तेरो अभिप्राय र धारणाहरू अनुसार अभ्यास गर्न बन्द गर्न सक्छस्, र परमेश्‍वरको सामु साक्षी दिन सक्षम हुन्छस्, र तँलाई हुने सबै कुराहरूमा तँ तेरो स्थानमा दह्रिलो भएर खडा हुन्छस् भने, यसले तैँले देहको विरोध गरेको छस् भन्‍ने प्रमाणित गर्छ। जब तँ देहको विरोध गर्छस्, तँभित्र निःसन्देह लडाइँ हुन्छ। शैतानले मानिसहरूलाई जाँच्‍नेछ र त्यसमा विश्‍वास गराउन प्रयास गर्नेछ, देहका अभिप्रायहरूमा विश्‍वास गराउने र देहका रुचिहरू कायम राख्ने प्रयास गर्नेछ—तर परमेश्‍वरका वचनहरूले मानिसहरूलाई भित्रबाट ज्योति र अन्तर्दृष्टि दिनेछ, र यो समयमा परमेश्‍वरलाई विश्‍वास गर्ने कि शैतानलाई विश्‍वास गर्ने हो भन्ने कुरा तेरै हातमा हुन्छ। मुख्यतया मानिसहरूभित्र रहेका थोकहरूको निराकरण गर्न, परमेश्‍वरको हृदयअनुसारको नरहेका उनीहरूको सोच र अभिप्रायहरूको निराकरण गर्नका लागि परमेश्‍वरले उनीहरूलाई सत्यको अभ्यास गर्न अह्राउनुहुन्छ। पवित्र आत्माले मानिसहरूलाई उनीहरूको हृदयमा छुनुहुन्छ र उनीहरूलाई अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ। त्यसैले, हुने सबै कुराहरूका पछाडि लडाइँ हुन्छ: मानिसहरूले सत्यको, वा परमेश्‍वरको प्रेमको अभ्यास गर्दा हरेक पटक, त्यहाँ ठूलो लडाइँ हुन्छ, र उनीहरूका देहभित्र सबै ठीकै देखिए पनि, उनीहरूको हृदयको गहिराइमा, वास्तवमा, एक जीवन र मृत्युको लडाइँ चलिरहेको हुन्छ—र यो तीव्र लडाइँपछि, व्यापक समीक्षापछि मात्रै, जीत र हारको निर्णय हुन्छ। रुनु कि हाँस्नु भनेर थाहा हुँदैन। मानिसहरूभित्र भएका अभिप्रायहरू गलत हुने भएकाले, वा उनीहरूको अभिप्रायसँग परमेश्‍वरको कार्य बाझिने भएकाले, जब मानिसहरूले सत्यको अभ्यास गर्छन्, पर्दा पछाडि ठूलो लडाइँ हुन्छ। यो सत्यलाई अभ्यास गर्दा, पर्दा पछाडि, मानिसहरूले अन्ततः परमेश्‍वरलाई सन्तुष्ट बनाउने निर्णय गर्नअघि अनगन्ती दुःखका आँशु झारेका हुनेछन्। यही लडाइँको कारण मानिसहरूले कष्ट र शोधन सहन्छन्; साँचो कष्ट-भोग यही नै हो। जब तँमाथि लडाइँ आइपर्छ, यदि तँ परमेश्‍वरको पक्षमा साँचो रूपमा खडा हुन सक्छस् भने, तैँले परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्छस्। सत्यको अभ्यास गरिरहँदा, व्यक्तिले अपरिहार्य रूपमै भित्र-भित्रै कष्ट पाउनेछ; यदि, उनीहरूले सत्यलाई अभ्यास गर्दा, मानिसहरूभित्रका सबै कुराहरू सही भएमा, उनीहरूलाई परमेश्‍वरले सिद्ध बनाइरहनु पर्दैन, र त्यहाँ कुनै लडाइँ हुँदैन, र उनीहरूले कष्ट भोग्‍नेछैनन्। यसो किन हुन्छ भने, मानिसहरूभित्र यस्ता धेरै थोकहरू हुन्छन् जुन परमेश्‍वरको प्रयोगका लागि उपयुक्त हुँदैनन्, र देहको विद्रोही स्वभाव धेरै हुने भएकाले, मानिसहरूले देहको विरोध गर्ने पाठ अझ गहन तरिकाले सिक्नु पर्छ। यसैलाई परमेश्‍वरले मानवलाई उहाँसँग भोग्नुपर्ने भनेर अह्राउनुभएको कष्ट भन्नुहुन्छ। जब तँलाई अप्ठ्याराहरू आइपर्छन्, हतार गर् र परमेश्‍वरमा प्रार्थना गर्: “हे परमेश्‍वर! म हजुरलाई सन्तुष्ट बनाउन चाहन्छु, तपाईंको हृदयलाई सन्तुष्ट बनाउन म अन्तिम कठिनाइ सहन गर्न चाहन्छु, र मैले जतिसुकै ठूलो धक्का बेहोर्नु परे पनि, म अझै पनि हजुरलाई नै सन्तुष्ट बनाउन चाहन्छु। मैले मेरो सम्पूर्ण जीवन नै त्याग्‍नु परे पनि, मैले तपाईंलाई सन्तुष्ट पार्नैपर्छ!” यो सङ्कल्पका साथ, जब तँ यसरी प्रार्थना गर्छस्, तँ आफ्नो साक्षीमा दह्रिलो भएर खडा हुन सक्षम हुन्छस्। प्रत्येक पटक उनीहरूले सत्यलाई अभ्यास गर्दा, प्रत्येक पटक उनीहरूको शोधन, प्रत्येक पटक उनीहरू थाक्दा, र प्रत्येक पटक परमेश्‍वरको कार्य उनीहरूमाथि आउँदा, मानिसहरूले असह्य पीडा सहनुपर्छ। यो सबै मानिसहरूका लागि जाँच हो, र त्यसैगरी ती सबैभित्र लडाइँ हुन्छ। उनीहरूले चुकाउने वास्तविक मूल्य यही हो। परमेश्‍वरको वचनहरू झनै धेरै पढ्नु र अझै धेरै दौडधूप गर्नु त्यही मूल्यको एक अंश हो। मानिसहरूले गर्नुपर्ने कुरा यही हो, यो उनीहरूको कर्तव्य हो, र उनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो, तर मानिसहरूले उनीहरूका पन्छाउनु पर्ने कुरालाई पन्छाउनु पर्छ। यदि तैँले त्यसो गरिनस् भने, तेरो बाहिरी कष्ट जतिसुकै ठूलो भए तापनि, तैँले जतिसुकै दौडधूप गरे पनि, सबै कुरा व्यर्थ हुनेछ! यसो भन्नुको अर्थ, तँभित्रको परिवर्तनले मात्रै तेरो बाहिरी कठिनाइको मूल्य छ कि छैन भनेर निर्धारण गर्न सक्छ। जब तेरो आन्तरिक स्वभाव परिवर्तन हुन्छ र तैँले सत्यको अभ्यास गर्छस्, तब तेरो सबै बाहिरी कष्टले परमेश्‍वरको स्वीकृति पाउनेछ; यदि तेरो आन्तरिक स्वभावमा कुनै परिवर्तन भएन भने, तैँले जतिसुकै कष्ट सहे पनि वा तैँले बाहिर जतिसुकै प्रयत्न गरे पनि, परमेश्‍वरबाट कुनै स्वीकृति हुनेछैन—र परमेश्‍वरले पुष्टि नगरेको कठिनाइ व्यर्थ हो। तसर्थ, तैँले चुकाएको मूल्य परमेश्‍वरबाट अनुमोदन हुन्छ हुँदैन भन्ने कुरा तँमा परिवर्तन आएको छ कि छैन र परमेश्‍वरको इच्छाको सन्तुष्टि, परमेश्‍वरको ज्ञान, र परमेश्‍वरप्रतिको निष्ठा हासिल गर्नका लागि तैँले सत्यको अभ्यास तथा आफ्नो अभिप्राय र धारणालाई विरोध गर्छस् कि गर्दैनस् भन्ने कुराले निर्धारित गर्छ। तैँले जतिसुकै प्रयत्न गरे पनि, यदि तँलाई आफ्नो अभिप्रायको विरुद्ध विद्रोहको बारेमा कहिल्यै थाहा छैन भने, तर बाहिरी कार्य तथा उत्सुकता मात्रै खोज्छस्, र आफ्नो जीवनप्रति कहिल्यै ध्यान दिँदैनस् भने, तेरो कठिनाइ व्यर्थ हुनेछ। यदि, केही निश्चित वातावरणमा, तँलाई भन्न मन लागेको केही कुरा छ भने, तर भित्र-भित्रै तँलाई यो कुरा भन्न सही होइन जस्तो लाग्छ, यस्तो भनाइले तेरो दाजुभाइ र दिदीबहिनीहरूलाई फाइदा पुग्दैन र उनीहरूलाई चोट पुर्‍याउन सक्छ भने, तैँले भित्र-भित्रै पीडा सहन रुचाउँदै यस्तो भन्दैनस्, किनभने यी वचनहरूले परमेश्‍वरको इच्छा पूरा गर्न सक्छस्। यस्तो समयमा, तँभित्र लडाइँ हुनेछ, तर तँ पीडा सहन र तैँले प्रेम गरेको वस्तु छोड्न इच्छुक हुनेछस्। परमेश्‍वरलाई सन्तुष्ट बनाउन तँ यो कठिनाइ सहन इच्छुक हुनेछस्, र तैँले भित्र-भित्रै पीडा सहे पनि, तैँले देहलाई आश्रय दिने छैनस्, र परमेश्‍वरको हृदय सन्तुष्ट भएको हुनेछ, त्यसैले तँलाई पनि भित्रैबाट आराम मिलेको हुनेछ। साँचो रूपमा मूल्य चुकाउनु भनेको यही हो, र परमेश्‍वरले चाहनुभएको मूल्य यही हो। यदि तैँले यसरी अभ्यास गरिस् भने, परमेश्‍वरले पक्कै तँलाई आशीर्वाद दिनुहुनेछ; यदि तैँले यो हासिल गर्न सक्दैनस् भने, तैँले जतिसुकै धेरै बुझे पनि, वा तैँले जतिसुकै राम्ररी बोले पनि, यो सबै बेकाम हुनेछ! यदि, परमेश्‍वरलाई प्रेम गर्ने पथमा, परमेश्‍वरले शैतानसँग युद्ध गर्दा तँ उहाँको पक्षमा खडा हुन सकिस् भने, र तँ शैतानकहाँ फर्कँदैनस् भने, तैँले परमेश्‍वरको प्रेम हासिल गरेको हुनेछस्, र तँ तेरो साक्षीमा दह्रिलो भएर खडा भएको हुनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्