परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४८६

19 अक्टोबर 2021

परमेश्‍वरले गर्नुहुने काम एक अवधिदेखि अर्को अवधिमा फरक-फरक हुने गर्छ। यदि तँ कुनै एक चरणमा परमेश्‍वरले गर्नुभएको कामप्रति एकदमै आज्ञाकारी हुन्छस् तर अर्को चरणमा उहाँको कामप्रति तेरो आज्ञाकारीता कमजोर छ भने, वा तैँले आज्ञापालन गर्न नै सक्दैनस् भने, परमेश्‍वरले तँलाई छाड्नुहुनेछ। यदि परमेश्‍वरले यो कदम चाल्नुहुँदा तैँले कदममा कदम मिलाउँछस् भने, परमेश्‍वरले अर्को कदम उठाउनुहुँदा पनि तैँले कदममा कदम मिलाउन जारी राख्नुपर्छ; त्यसपछि मात्र तँ पवित्र आत्माको आज्ञापालन गर्ने व्यक्ति हुन सक्छस्। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले, तँ आफ्नो आज्ञाकारीतामा अटल रहनुपर्छ। तैँले केवल आफूलाई मन लागेको बेलामा आज्ञापालन गर्ने अनि आफूलाई मन नलागेको बेलामा आज्ञापालन नगर्ने गर्नु हुँदैन। यस्तो प्रकारको आज्ञाकारीतालाई परमेश्‍वरले प्रशंसा गर्नुहुन्‍न। यदि मैले सङ्गति गरेको नयाँ कामको गतिलाई तैँले पछ्याउन सक्दैनस् भने, र अघिल्‍ला कुराहरूमा अल्झिरहन्छस् भने, तेरो जीवनमा कसरी प्रगति हुनसक्छ र? परमेश्‍वरको काम भनेको उहाँका वचनहरूद्वारा तँलाई आपूर्ति गर्नु हो। जब तैँले उहाँका वचनहरूको आज्ञापालन गर्छस् वा तिनलाई स्वीकार गर्छस्, तब पवित्र आत्माले अवश्य पनि तँमाथि काम गर्नुहुनेछ। पवित्र आत्माले मैले जे बोल्छु ठ्याक्कै त्यस्तै गर्नुहुन्छ; मैले भनेको जस्तै गर्, अनि पवित्र आत्माले तुरुन्तै तँमाथि काम गर्नुहुनेछ। तिमीहरूले हेर्नको लागि म एक नयाँ ज्योति छाड्छु र तिमीहरूलाई वर्तमानको ज्योतिभित्र ल्याउँछु, र जब तँ यो ज्योतिमा हिँड्छस्, तब पवित्र आत्माले तुरुन्तै तँमाथि काम गर्नुहुनेछ। केही अटेरी व्यक्तिहरू पनि छन् जो भन्छन्, “म तपाईंले जे भन्नुहुन्छ त्यो गर्दै गर्दिनँ।” यो अवस्थामा म तँलाई भन्छु कि तँ अब मार्गको अन्त्यमा आइपुगेको छस्; तँ सुकिसकेको छस् र तँसँग अब बाँकी जीवन नै छैन। तसर्थ, आफ्नो स्वभाव रूपान्तरणको अनुभव गर्दा तैँले वर्तमान ज्योतिसँग कदममा कदम मिलाउनुभन्दा महत्वपूर्ण अरू केही छैन। पवित्र आत्माले परमेश्‍वरले प्रयोग गर्नुहुने केही निश्चित व्यक्तिहरूमाथि मात्र काम गर्नुहुन्न, बरु थप रूपमा उहाँले मण्डलीमा पनि काम गर्नुहुन्छ। उहाँले जोकोहीमाथि काम गरिरहनुभएको हुनसक्छ। उहाँले वर्तमान समयमा तँमाथि काम गर्न सक्नुहुन्छ र तैँले यो काम अनुभव गर्नेछस्। अर्को अवधिमा, उहाँले अर्को कोही व्यक्तिमा काम गर्न सक्नहुन्छ, त्यो अवस्थामा तैँले पछ्याउनको लागि हतारिनुपर्छ; तैंले वर्तमान ज्योतिलाई जति नजिकबाट पछ्याउँछस् तेरो जीवन त्यति नै वृद्धि हुन सक्छ। कुनै व्यक्ति जुनसुकै तौरतरिकाको भए तापनि, यदि पवित्र आत्माले तिनीहरूमाथि काम गर्नुहुन्छ भने, तैँले पछ्याउनैपर्छ। तिनीहरूका अनुभवहरूलाई आफ्ना अनुभवहरूको नजरबाट हेर्, अनि तैँले अझ उच्च कुराहरू प्राप्त गर्नेछस्। यसो गर्दा तँ अझ चाँडो अघि बढ्नेछस्। यो मान्छेको लागि सिद्धताको मार्ग अनि जीवन वृद्धि हुने माध्यम हो। पवित्र आत्माको कामप्रतिको तेरो आज्ञापालन मार्फत सिद्ध तुल्याइने मार्गमा पुगिन्छ। परमेश्‍वरले तँलाई सिद्ध तुल्याउन कस्तो प्रकारको व्यक्तिमार्फत काम गर्नुहुन्छ भन्ने कुरा तँलाई थाहा हुँदैन, न त कस्तो प्रकारको व्यक्ति, घटना, वा वस्तुमार्फत उहाँले तँलाई वस्तुहरू प्राप्त गर्न वा हेर्न दिनुहुन्छ भन्ने कुरा नै तँलाई थाहा हुन्छ। यदि तैँले यो सही मार्गमा पाइला टेक्न सकिस् भने, परमेश्‍वरद्वारा तँलाई सिद्ध पारिने ठूलो आशा छ भन्ने कुरा यसले देखाउँछ। यदि तैँले सक्दैनस् भने, यसले तेरो भविष्य धमिलो, ज्योति विहीन छ भन्ने देखाउँछ। तैँले सही मार्गमा हिँड्न थालेपछि, तैँले सबै कुराहरूमा प्रकाश प्राप्त गर्नेछस्। पवित्र आत्माले अरूलाई जेसुकै प्रकाश गर्नुभए पनि, यदि तँ तिनीहरूको ज्ञानको आधारमा आफै अनुभव लिन अघि बढ्छस् भने, त्यो अनुभव तेरो जीवनको एक हिस्सा बन्नेछ र तैँले त्यो अनुभवको आधारमा अन्य व्यक्तिहरूलाई आपूर्ति गर्न सक्नेछस्। सुगारटाइ गरेर अन्य व्यक्तिहरूलाई वचन आपूर्ति गर्नेहरू त्यस्ता व्यक्तिहरू हुन् जोसँग अनुभवहरू पटक्कै हुँदैन; तैँले तेरो आफ्नो वास्तविक अनुभव र ज्ञानको बारेमा बोल्न सुरु गर्नुअघि, अन्य व्यक्तिहरूको अन्तर्ज्ञान र ज्योतिमार्फत तैँले अभ्यासको तरिका पत्ता लगाउन सिक्नुपर्छ। यो तेरो आफ्नै जीवनको लागि ठूलो फाइदाको कुरो हुनेछ। तैँले परमेश्‍वरबाट आउने सबै कुराको आज्ञापालन गर्दै यसरी अनुभव गर्नुपर्छ। तैँले तेरो जीवन वृद्धि हुन सकोस् भनेर सबै कुराहरूमा परमेश्‍वरको इच्छा प्राप्त गर्ने प्रयास गर्नुपर्छ र सबै कुराहरूमा पाठ सिक्नुपर्छ। त्यस्तो अभ्यासले सबैभन्दा चाँडो प्रगति हासिल हुन्छ।

पवित्र आत्माले तेरा व्यावहारिक अनुभवहरूमार्फत तँलाई अन्तर्दृष्टि दिनुहुन्छ र तेरो विश्‍वासमार्फत तँलाई सिद्ध तुल्याउनुहुन्छ। के तँ सिद्ध तुल्याइन साँच्चै नै इच्छुक छस्? यदि तँ साँच्चै नै परमेश्‍वरद्वारा सिद्ध तुल्याइन इच्छुक छस् भने तँमा आफ्नो देहलाई पन्छ्याउने साहस हुनेछ, तँ परमेश्‍वरका वचनहरू कार्यान्वयन गर्न सक्षम हुनेछस्, र तँ निष्क्रिय वा कमजोर हुनेछैनस्। तैँले परमेश्‍वरबाट आउने सबै कुराहरूको आज्ञापालन गर्न सक्नेछस् र सार्वजनिक वा निजी जुनसुकै रूपमा गरिएको भए तापनि तेरा सबै कार्यहरू परमेश्‍वरसमक्ष प्रस्तुतयोग्य हुनेछन्। यदि तँ इमान्दार व्यक्ति होस् अनि तैँले सबै कुराहरूमा सत्यताको अभ्यास गर्छस् भने तँलाई सिद्ध तुल्याइनेछ। मानिसहरूको अगाडि एक किसिमले कुरा गर्ने अनि तिनीहरूको पिठ्यूँपछाडि अर्कै किसिमले कुरा गर्ने कपटी व्यक्तिहरू सिद्ध तुल्याइन इच्छुक हुँदैनन्। तिनीहरू सबै बरबादी र विनाशका छोराहरू हुन्; तिनीहरू परमेश्‍वरको स्वामित्वमा होइन, तर शैतानको स्वामित्वमा हुन्छन्। तिनीहरू परमेश्‍वरद्वारा चुनिएका मानिसहरू होइनन्! यदि तेरा कार्यहरू र व्यवहारलाई परमेश्‍वरसमक्ष प्रस्तुत गर्न सकिँदैन वा परमेश्‍वरको आत्माले हेर्न सक्दैन भने यो तँमा केही खराबी छ भन्ने कुराको प्रमाण हो। यदि तैँले परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गर्छस् भने र तेरो स्वभावको रूपान्तरणको बारेमा ध्यान दिन्छस् भने मात्र तैँले सिद्ध तुल्याइने बाटोमा पाइला चाल्‍न सक्नेछस्। यदि तँ साँच्चै नै परमेश्‍वरद्वारा सिद्ध तुल्याइन र परमेश्‍वरको इच्छा पूरा गर्न इच्छुक छस् भने, तैँले एक वचन पनि गुनासो नगरिकनै, परमेश्‍वरको कामको मूल्याङ्कन वा जाँच गर्ने विचार नगरिकन परमेश्‍वरका सबै कामको आज्ञापालन गर्नुपर्छ। परमेश्‍वरद्वारा सिद्ध तुल्याइनको लागि न्यूनतम आवश्यकताहरू यिनै हुन्। परमेश्‍वरद्वारा सिद्ध तुल्याइन चाहने व्यक्तिहरूको लागि आवश्यक मापदण्ड यही हो: परमेश्‍वरलाई प्रेम गर्ने हृदयले सबै कुराहरूमा कार्य गर्नु। परमेश्‍वरलाई प्रेम गर्ने हृदयले कार्य गर्नु भनेको के हो? यसको अर्थ तेरा सबै कार्यहरू र व्यवहार परमेश्‍वरसमक्ष प्रस्तुत गर्न सकिन्छ भन्ने हो। अनि तेरा कार्यहरू सही वा गलत जे भए तापनि तँसँग सही आशयहरू भएकोले गर्दा, तैँले तिनलाई परमेश्‍वरसमक्ष वा तेरा दाजुभाइ र दिदीबहिनीहरूसमक्ष देखाउन डराउँदैनस्, र तैँले परमेश्‍वरसमक्ष शपथ लिने साहस गर्छस्। तैँले तेरा हरेक आशय, सोच र विचारलाई उहाँको अनुसन्धानको लागि परमेश्‍वरसमक्ष प्रस्तुत गर्नुपर्छ; यदि तैँले यस्तो तरिकाले अभ्यास र प्रवेश गर्छस् भने, तेरो जीवनको प्रगति छिटोछरितो रूपमा हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्