परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४४०

19 नोभेम्बर 2022

जब तिमीहरूले थोरै बाधा वा कठिनाइ भोग्छौ, त्यो तिमीहरूका निम्ति राम्रो हुन्छ; यदि तिमीहरूलाई सहज समय दिइयो भने तिमीहरू बरबाद हुनेथ्यौ, तब तिमीहरू कसरी सुरक्षित हुन सक्थ्यौ? आज, तिमीहरूलाई सजाय, न्याय र श्राप दिइएको हुनाले तिमीहरूलाई सुरक्षा दिइएको छ। तिमीहरूले धेरै दुःख भोगेका हुनाले नै तिमीहरू सुरक्षित छौ। होइन भने तिमीहरू धेरै अघि नै भ्रष्टतामा पर्नेथ्यौ। यो जानीजानी तिमीहरूको स्थिति गाह्रो बनाइएको होइन—मानिसको प्रकृति परिवर्तन गर्न गाह्रो छ, र तिनीहरूको स्वभाव परिवर्तन गर्न पनि त्यत्तिकै कठिन छ। आज, तिमीहरूमा पावलको जस्तो विवेक वा समझ छैन, न त तिमीहरूमा आत्म-सचेतना नै छ। तिमीहरूलाई सधैँ दबाबमा पार्नुपर्छ र तिमीहरूका आत्मालाई जगाउन तिमीहरूलाई सधैँ सजाय र न्याय गर्नुपर्छ। सजाय र न्याय नै तिमीहरूको जीवनका निम्ति सर्वोत्तम छ। अनि आवश्यक पर्दा, तिमीहरूमाथि तथ्यहरूको सजाय पनि आइपर्नुपर्छ; तब मात्र तिमीहरू पूर्ण रूपमा समर्पित हुनेछौ। तिमीहरूको प्रकृति यस्तो छ कि सजाय र श्रापविना तिमीहरू आफ्नो शिर झुकाउन तयार हुँदैनौ, समर्पित हुन इच्छुक हुँदैनौ। तिमीहरूको आँखाअगाडि तथ्यहरू नराखीकन, कुनै प्रभाव हुनेछैन। तिमीहरू चरित्रमा अति तुच्छ र महत्त्वहीन छौ। सजाय र न्यायविना तिमीहरूलाई जित्‍न र तिमीहरूको अधार्मिकता र अवज्ञामाथि विजय हासिल गर्न गाह्रो छ। तिमीहरूको पुरानो प्रकृतिको जड गहिरो छ। यदि तिमीहरूलाई सिंहासनमा राखिएको भए, तिमीहरूलाई स्वर्गको उचाइ र पृथ्वीको गहिराइको बारेमा केही पनि थाहा हुँदैनथ्यो, तिमीहरू कहाँ जाँदै छौ भन्‍ने थाहा हुनु त परै जाओस्। तिमीहरू कहाँबाट आएका हौ भन्‍ने पनि तिमीहरूलाई थाहा हुँदैन, त्यसैले तिमीहरूले सृष्टिकर्ता परमप्रभुलाई कसरी चिन्‍न सक्छौ? आजको सामयिक सजाय र श्रापविना तिमीहरूको अन्तिम दिन धेरै अघि नै आइसकेको हुनेथ्यो। तिमीहरूको भाग्यको बारेमा त केही भनिएकै छैन—के त्यो झन् बढी आसन्‍न खतरामा पर्नेथिएन र? यो सामयिक सजाय र न्यायविना तिमीहरू कति धेरै अहङ्कारी हुनेथ्यौ वा तिमीहरू कति भ्रष्ट हुनेथ्यौ, कसलाई थाहा छ र। यस सजाय र न्यायले तिमीहरूलाई आजको दिनमा ल्याएको छ र तिनले तिमीहरूको अस्तित्व सुरक्षित राखेका छन्। यदि तिमीहरू अझै पनि तिमीहरूका “पितापुर्खा” का जस्तै विधिहरू प्रयोग गरी “शिक्षित” हुन्थ्यौ भने, तिमीहरू कुन क्षेत्रभित्र प्रवेश गर्नेथ्यौ भनी कसले जान्दछ! तिमीहरूमा आफैलाई नियन्त्रण गर्ने र आफ्‍नै बारेमा चिन्तन गर्ने क्षमता छँदै छैन। तिमीहरूजस्ता मानिसहरू यदि कुनै पनि हस्तक्षेप वा बाधाविना पछि लाग्छौ र आज्ञापालन गर्छौ भने, मेरा उद्देश्यहरू हासिल हुनेछन्। के तिमीहरूले आजको सजाय र न्यायलाई स्वीकार गर्न अझ राम्रो गर्नुपर्दैन र? तिमीहरूसँग अरू के विकल्प छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (६)

तिमीहरू सुरक्षित छौ किनभने तिमीहरूलाई सजाय दिइएको छ र न्याय गरिएको छ

पद १

तिमीमा आत्म-ज्ञानको कमी छ, जगाउन सधैँ न्याय, र सजाय चाहिन्छ। ती तिम्रा लागि उत्तम छन्। र आवश्यक पर्दा, परमेश्‍वरले साँच्चै सजाय दिनैपर्छ, अनि मात्र समर्पित हुनेछौ।

पूर्व कोरस १

सजाय बिना, श्रापित नभई, शिर झुकाउन इन्कार गर्ने थियौ, समर्पित हुन मान्ने थिएनौ। तथ्यबिना प्रभाव हुँदैन।

कोरस

तिमीलाई सजाय, सराप दिइएको र न्याय गरिएकोले, तिमीले धेरै दुःख भोगेकोले, आज सुरक्षा दिइएको छ। नत्र पतित हुने थियौ। उहाँ कठिनाई दिन चाहनुहुन्न, मानिसको प्रकृति अचल छ। मानिसको स्वभाव बदल्नको लागि, त्यस्तो हुनै पर्छ।

पद २

मूल्यहीन र अति नीच छौ। सजाय, न्याय बिना, तिमीलाई विजय गर्न, तिम्रो विद्रोह दबाउन गाह्रो हुने थियो। तिम्रो प्रकृति गढिएको छ, सिंहासनमा राखिएको भए, ब्रह्माण्डको उचाइ, गहिराइ र कहाँ जाने थाहा पाउने थिएनौ।

पूर्व कोरस २

कहाँबाट आयौ जाँन्दैनौ, सृष्टिकर्तालाई कसरी जान्न सक्छौ? आजको न्याय बिना, तिम्रो अन्तिम दिन पहिल्यै देखा परिसकेको हुने थियो।

कोरस

तिमीलाई सजाय, सराप दिइएको र न्याय गरिएकोले, तिमीले धेरै दुःख भोगेकोले, आज सुरक्षा दिइएको छ। नत्र पतित हुने थियौ। उहाँ कठिनाई दिन चाहनुहुन्न, मानिसको प्रकृति अचल छ। मानिसको स्वभाव बदल्नको लागि, त्यस्तो हुनै पर्छ।

पद ३

यो सामयिक सजाय बिना, तिम्रो नियति जोखिममा हुन्थ्यो, कति अहङ्कारी र पतित हुनेथियौः कसलाई थाहा छ? आफैमाथि नियन्त्रण र चिन्तन गर्न सक्तैनौ। न्यायले वर्तमानसम्म ल्याएको र अस्तित्व जोगाएको छ।

पूर्व कोरस ३

तिमीले आज न्याय र सजाय स्वीकार्न सक्दो राम्रो गर्नु पर्छ। समर्पित हुनु र यस्तो हुनु बाहेक, तिमीसँग अरु के विकल्प छन् र?

कोरस

तिमीलाई सजाय, सराप दिइएको र न्याय गरिएकोले, तिमीले धेरै दुःख भोगेकोले, आज सुरक्षा दिइएको छ। नत्र पतित हुने थियौ। उहाँ कठिनाई दिन चाहनुहुन्न, मानिसको प्रकृति अचल छ। मानिसको स्वभाव बदल्नको लागि, त्यस्तो हुनै पर्छ, त्यस्तो हुनै पर्छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्