परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४३१

27 जुलाई 2022

तिमीहरूले अझ बढी वास्तविक पाठहरू सिक्‍नुपर्छ। मानिसहरूले आदरभावले हेर्ने त्यो ठूलो, खोक्रो गफ आवश्यक छैन। जब ज्ञानको चर्चा गर्ने कुरा आउँछ, प्रत्येक व्यक्तिको कुरा पहिलेको भन्दा उच्‍च हुन्छ, तर उनीहरूसँग अझै पनि अभ्यास गर्ने कुनै मार्ग हुँदैन। कति मानिसले अभ्यासका सिद्धान्तहरूलाई बुझेका छन्? कति जनाले वास्तविक पाठहरू सिकेका छन्? कसले वास्तविकताको बारेमा सङ्गति गर्न सक्छ? परमेश्‍वरका वचनहरूको ज्ञानको बारेमा बोल्न सक्‍नु भनेको तँमा वास्तविक कद छ भन्‍ने होइन; यसले तँ तीक्ष्ण बुद्धिसहित जन्मिस् र तँ प्रतिभाशाली छस् भन्‍ने मात्र देखाउँछ। यदि तैँले मार्ग देखाउन सक्दैनस् भने परिणाम केही पनि हुनेछैन, र तँ काम नलाग्‍ने कसिङ्गर नै हुनेछस्! यदि तँ अभ्यास गर्ने वास्तविक मार्गको बारेमा केही भन्‍न सक्दैनस् भने के तैंले बहाना बनाइरहेको छैनस् र? यदि तँ अरूलाई आफ्नो वास्तविक अनुभवहरू प्रदान गर्न सक्दैनस्, र त्यसरी तिनीहरूले सिक्‍न वा पछ्याउन सक्‍ने मार्ग दिन सक्दैनस् भने के तैंले जाल गरिरहेको हुँदैनस् र? के तँ एक कपटी होइनस् र? तेरो के महत्त्व छ? त्यस्तो व्यक्तिले “समाजवादको सिद्धान्त आविष्कार गर्ने व्यक्ति” को भूमिका मात्र खेल्न सक्छ, “समाजवाद ल्याउन योगदान दिने व्यक्ति” को भूमिका खेल्न सक्दैन। वास्तविकताविहीन हुनु भनेको सत्यताविहीन हुनु हो, निकम्मा हुनु हो, जिउँदो लास अनि कुनै सन्दर्भ मूल्य नभएको “मार्क्सवादी-लेनिनवादी विचारक” हुनु हो। म तिमीहरू सबैलाई सिद्धान्तको बारेमा बोल्‍न छोड र कुनै वास्तविक, सच्‍चा र सारगत कुराको बारेमा कुरा गर भन्‍ने आग्रह गर्छु; केही “आधुनिक कला” को अध्ययन गर्, केही वास्तविक कुरा भन्, केही वास्तविक योगदान दे, र केही समर्पणको भावना राख्। तँ बोल्दा वास्तविकताको सामना गर्; मानिसहरूलाई खुसी बनाउन वा बसेर तँलाई ध्यान दिने बनाउनका लागि अवास्तविक र अतिरञ्‍जित कुरामा लिप्त नबन्। त्यसमा मूल्य कहाँ हुन्छ? मानिसहरूलाई तँसँग न्यानो व्यवहार गर्न लगाउनुको के अर्थ छ? आफ्नो बोलीमा थोरै “कलात्मक” बन्, आफ्नो आचरणमा केही बढी निष्पक्ष बन्, परिस्थिति सम्हाल्ने आफ्नो शैलीमा अलि विवेकी बन्, आफूले भन्‍ने कुरामा अलि व्यावहारिक बन्, आफ्नो हरेक कार्यद्वारा परमेश्‍वरको घरमा फाइदा पुर्‍याउने बारेमा सोच्, आफू भावनात्मक हुँदा आफ्नो अन्तस्करणको आवाज सुन्, दयाको ऋण घृणाले नतिर् वा दया गर्दा अकृतज्ञ नबन्, र पाखण्डी नबन्, नत्र तँ खराब प्रभाव बन्छस्। तैँले परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा तिनलाई अझ बढी वास्तविकतासँग जोड्, र तैँले सङ्गति गर्दा, वास्तविकताको बारेमा अझ बढी कुरा गर्। आफूलाई उच्‍च नठान्; यसले परमेश्‍वरलाई सन्तुष्ट पार्दैन। अरूसँगको बातचितमा तँ अलि सहनशील बन्, अलि नरम बन्, अलि उदार बन् र “प्रधानमन्त्रीको स्वभाव” बाट सिक्। जब तँसँग नराम्रा विचारहरू हुन्छन्, तब देहलाई परित्याग गर्ने अझै बढी अभ्यास गर्। जब तँ काम गरिरहेको हुन्छस्, तब वास्तविक मार्गहरूको बारेमा अझै बढी कुरा गर्, र अत्यन्तै उच्‍च कुरा नगर्, अन्यथा तैँले भनेका कुराहरू मानिसहरूका लागि प्राप्त गर्नै नसकिने हुनेछन्। रमाइलो थोरै, योगदान धेरै गर्—तेरो समर्पणको निःस्वार्थ भाव देखा। परमेश्‍वरका अभिप्रायहरूप्रति अझै बढी विचारशील बन्, तेरो अन्तस्करणको आवाज अझै बढी सुन्, अझ बढी विचारशील बन्, र परमेश्‍वर कसरी तिमीहरूसित हरेक दिन धैर्यता र लगनशीलताका साथ बोल्नुहुन्छ भन्‍ने कुरालाई नबिर्सी। “पुरानो पञ्‍चाङ्ग” घरीघरी पढ्। धेरै प्रार्थना गर् र बारम्बार सङगति गर्। यस्तो अस्तव्यस्त हुन छोड्; केही समझ देखा र केही अन्तर्दृष्टि प्राप्त गर्। जब तेरो पापी हात पसारिन्छ, त्यसलाई पछाडि तान्; त्यत्ति धेरै परसम्म पुग्‍न नदे। त्यो कुनै कामको हुँदैन, र तैंले परमेश्‍वरबाट जे पाउँछस् त्यो श्रापबाहेक अरू केही हुनेछैन, त्यसैले होसियार बन्। तेरो हृदयलाई अरूमाथि दया गर्न दे, र सधैँ हातमा हतियार लिएर प्रहार नगर्। अरूलाई सहयोग गर्ने सोच लिएर, सत्यको ज्ञानको बारेमा धेरै सङ्गति गर् र जीवनको बारेमा धेरै कुरा गर्। धेरै गर् र थोरै बोल्। अभ्यास धेरै गर् र अनुसन्धान र विश्‍लेषण थोरै गर्। आफैलाई पवित्र आत्माद्वारा धेरै उत्प्रेरित हुन दे, र तँलाई सिद्ध बनाउन परमेश्‍वरलाई धेरै मौका दे। मानव तत्त्वहरूलाई अझ धेरै हटा; तँमा काम गर्ने मानवका तरिकाहरू अझै पनि धेरै छन्, र काम गर्ने तेरो सतही तरिका र व्यवहार अझै पनि अरूका निम्ति घृणित छ: यीमध्ये धेरै कुराहरूलाई हटा। तेरो मनोवैज्ञानिक स्थिति अझै पनि अति घृणास्पद छ; त्यसलाई सुधार गर्न अझै बढी समय खर्च गर्। तँ अझै पनि मानिसहरूलाई धेरै मान दिन्छस्; परमेश्‍वरलाई अझ बढी मान दे, र त्यत्ति धेरै विवेकहीन नबन्। “मन्दिर” सधैँ परमेश्‍वरको हुन्छ, र तिनलाई मानिसहरूले कब्जा गर्नु हुँदैन। संक्षेपमा, धार्मिकतामा धेरै र भावनाहरूमा कम ध्यान दे। देहलाई हटाउनु सर्वोत्तम हुन्छ। वास्तविकताको बारेमा धेरै र ज्ञानको बारेमा थोरै कुरा गर्; सबैभन्दा उत्तम भनेको चुप लाग्‍नु र केही नभन्‍नु नै हो। अभ्यासको मार्गको बारेमा धेरै कुरा गर्, र मूल्यहीन घमण्डका कुराहरू कम गर्। अहिले नै अभ्यास गर्न सुरु गर्नु सर्वोत्तम हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविकतामा अझ बढी ध्यान देऊ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्