परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४२१

27 जुलाई 2022

परमेश्‍वरका वचनहरूलाई तेरो जीवनको रूपमा स्वीकार गर्न उहाँको अगाडि आउनका लागि, तँ पहिले परमेश्‍वरको अगाडि शान्त हुनुपर्छ। तँ परमेश्‍वरको अगाडि शान्त रहेपछि मात्रै उहाँले तँलाई अन्तर्दृष्टि र ज्ञान दिनुहुनेछ। परमेश्‍वरको अगाडि मानिसहरू जति धेरै शान्तिमा रहन्छन्, उहाँको अन्तर्दृष्टि र ज्योति प्राप्‍त गर्न तिनीहरू उति नै धेरै सक्षम हुन्छन्। यी सबै कुराका लागि मानिसहरूसँग धर्मनिष्ठा र विश्‍वास हुनुपर्छ; त्यसरी मात्रै तिनीहरूलाई सिद्ध बनाउन सकिन्छ। आत्मिक जीवनमा प्रवेश गर्ने आधारभूत पाठ भनेको परमेश्‍वरको उपस्थितिमा शान्त रहनु हो। परमेश्‍वरको उपस्थितिमा तँ शान्त रहन सकिस् भने मात्रै तेरा सबै आत्मिक तालिम प्रभावकारी हुनेछ। यदि तेरो हृदय परमेश्‍वरको अगाडि शान्त रहन सक्दैन भने, तैँले पवित्र आत्माको कार्य प्राप्‍त गर्न सक्‍नेछैनस्। तैँले जेसुकै गरिरहेको भए तापनि, यदि तेरो हृदय परमेश्‍वरको अगाडि शान्त छ भने, तँ परमेश्‍वरको उपस्थितिमा जिउने व्यक्ति होस्। तैँले जेसुकै गरिरहेको भए तापनि, यदि तेरो हृदय परमेश्‍वरको अगाडि शान्त छ अनि परमेश्‍वरको नजिक रहन्छ भने, यसले तँ परमेश्‍वरको अगाडि शान्त रहने व्यक्ति होस् भन्ने प्रमाणित गर्छ। यदि, तँ अरूसँग बोल्दा, वा हिँड्दा, “मेरो हृदय परमेश्‍वरको नजिक हुँदैछ, अनि बाहिरी कुराहरूमा केन्द्रित छैन, र म परमेश्‍वरको अगाडि शान्त रहन सक्छु” भनेर भन्न सक्छस् भने, तँ परमेश्‍वरको अगाडि शान्त रहन सक्ने व्यक्ति होस्। तेरो हृदयलाई बाहिरी मामिलाहरूमा तान्ने कुनै पनि कुरा वा तेरो हृदयलाई परमेश्‍वरबाट छुट्याउने मानिसहरूसँग संलग्न नबन्। तेरो हृदयलाई परमेश्‍वरको नजिक हुनबाट बाधा दिने जुनसुकै कुरा भए पनि, त्यसलाई पाखा लगा, वा त्यसबाट परै बस्। यसो गर्नु तेरो जीवनको लागि ठूलो लाभ हुन्छ। पवित्र आत्माको महान् काम हुने सटीक समय, परमेश्‍वरले मानिसहरूलाई व्यक्तिगत रूपमा सिद्ध गर्नुहुने समय अहिले नै हो। यदि यो क्षणमा तँ परमेश्‍वरको अगाडि शान्त हुन सक्दैनस् भने, तँ परमेश्‍वरको सिंहासन अगाडि फर्कने व्यक्ति होइनस्। यदि तैँले परमेश्‍वरभन्दा बाहेकको अन्य कुराको खोजी गरिस् भने, तँलाई परमेश्‍वरले सिद्ध पार्नुहुने कुनै अवस्था रहनेछैन। परमेश्‍वरबाट यस्ता वाणीहरू सुन्न सक्ने तर आज परमेश्‍वरको अगाडि शान्त रहन असफल हुनेहरू सत्यतालाई र परमेश्‍वरलाई प्रेम नगर्ने मानिसहरू हुन्। यदि तैँले आफूलाई अहिले अर्पण गर्दैनस् भने, तँ के पर्खिरहेको छस्? आफूलाई अर्पण गर्नु भनेको परमेश्‍वरको अगाडि आफ्नो हृदयलाई शान्त पार्नु हो। यो नै साँचो अर्पण हुनेछ। अहिले जसले आफ्नो हृदय परमेश्‍वरमा अर्पण गर्छ, उसलाई परमेश्‍वरले निश्चित रूपमा सिद्ध तुल्याउनुहुन्छ। जेसुकै भए पनि, कुनै पनि कुराले तँलाई बाधा दिन सक्दैन; तँलाई काटछाँट गर्न वा तेरो निराकरण गर्न होस्, वा तैँले नैराश्यता वा असफलता भोग्नु परोस्, परमेश्‍वरको अगाडि तेरो हृदय सदैव शान्त हुनुपर्छ। तँलाई मानिसहरूले जस्तोसुकै व्यवहार गरे पनि, परमेश्‍वरको अगाडि तेरो हृदय शान्त हुनुपर्छ। तैँले जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे पनि—तँ विपत्ति, कष्ट, अत्याचार, वा विभिन्न परीक्षाहरूबाट प्रभावित भए पनि—तेरो हृदय परमेश्‍वरको अगाडि सदैव शान्त हुनुपर्छ; सिद्ध बनाइने मार्गहरू यिनै हुन्। तँ परमेश्‍वरको अगाडि वास्तविक रूपमा शान्त हुँदा मात्रै परमेश्‍वरका वर्तमान वचनहरू तेरो सामु स्पष्ट हुनेछन्। त्यसपछि तैँले अझ सही तरिकाले र दायाँबायाँ नभई, पवित्र आत्माको ज्योति र अन्तर्दृष्टिको अभ्यास गर्न सक्छस्, परमेश्‍वरका अभिप्रायहरूलाई अझ स्पष्टताका साथ बुझ्न सक्छस् जसले तेरो सेवालाई थप स्पष्ट दिशा प्रदान गर्नेछ, पवित्र आत्माको प्रभाव र मार्गदर्शनलाई अझ सटीक ढङ्गले बुझ्न सक्छस्, र पवित्र आत्माको मार्गदर्शन अन्तर्गत जिउने कुरामा ढुक्क हुन सक्छस्। परमेश्‍वरको अगाडि वास्तवमै शान्त रहँदा प्राप्‍त गर्न सकिने प्रभावहरू यस्ता हुन्छन्। मानिसहरू परमेश्‍वरका वचनहरूबारे स्पष्ट नहुनु, अभ्यास गर्ने मार्ग नहुनु, परमेश्‍वरका अभिप्रायहरू बुझ्न असफल हुनु, वा अभ्यासका सिद्धान्तहरूको कमी हुनुका कारण तिनीहरूको हृदय परमेश्‍वरको अगाडि शान्त नभएर हो। परमेश्‍वरको अगाडि शान्त हुनुको उद्देश्य भनेको गम्भीर र व्यावहारिक हुनु हो, परमेश्‍वरका वचनहरूमा शुद्धता र पारदर्शीता खोज्नु हो, र अन्ततः सत्यता बुझ्ने र परमेश्‍वरलाई चिन्ने अवस्थामा आइपुग्नु हो।

यदि तेरो हृदय परमेश्‍वरको अगाडि प्रायजसो शान्त हुँदैन भने, उहाँसँग तँलाई सिद्ध बनाउने कुनै उपाय हुँदैन। सङ्कल्पहीन हुनु भनेको हृदय नहुनुसरह हो, र हृदय नभएको व्यक्ति परमेश्‍वरको अगाडि शान्त रहन सक्दैन; यस्तो व्यक्तिलाई परमेश्‍वरले कति काम गर्नुहुन्छ वा उहाँ कति बोल्नुहुन्छ भनेर थाहा हुँदैन, न त उसलाई अभ्यास कसरी गर्ने भनेर नै थाहा हुन्छ। के यो हृदय नभएको व्यक्ति होइन र? के हृदय नभएको व्यक्ति परमेश्‍वरको अगाडि शान्त रहन सक्छ? हृदय नभएका व्यक्तिहरूलाई सिद्ध बनाउनका लागि परमेश्‍वरसँग कुनै उपाय छैन—तिनीहरू भारी बोक्ने पशुभन्दा फरक हुँदैनन्। परमेश्‍वरले यति स्पष्ट र पारदर्शी भएर बोल्नुभएको छ, तैपनि तेरो हृदयमा प्रभाव परेको छैन, अनि तँ परमेश्‍वरको अगाडि शान्त रहन असमर्थ छस्। के तँ विवेकहीन पशु होइनस्? कतिपय मानिस परमेश्‍वरको अगाडि शान्त रहने अभ्यासबाट भड्किन्छन्। खाना पकाउने समयमा तिनीहरू खाना पकाउँदैनन्, र दैनिक काम गर्ने समयमा तिनीहरू त्यसो गर्दैनन्, तर प्रार्थना र ध्यान मात्रै गरिरहन्छन्। परमेश्‍वरको अगाडि शान्त रहनु भनेको खाना नपकाउनु वा दैनिक काम नगर्नु जस्तो होइन, वा न त जीवन नजिउनु नै हो; बरु, यो त सबै सामान्य अवस्थाहरूमा परमेश्‍वरको अगाडि आफ्नो हृदयलाई शान्त पार्न, अनि आफ्नो हृदयमा परमेश्‍वरको लागि स्थान बनाउन सक्‍नु हो। तैँले प्रार्थना गर्दा, परमेश्‍वरको अगाडि राम्ररी घुँडा टेकेर झुक्नुपर्छ; तैँले दैनिक काम गर्दा वा खाना पकाउँदा, परमेश्‍वरको अगाडि तेरो हृदयलाई शान्त पार्, परमेश्‍वरका वचनहरूको चिन्तन गर्, वा भजन गा। तैँले आफूलाई जस्तोसुकै अवस्थामा पाए पनि, तँसँग अभ्यास गर्ने आफ्नै तरिका हुनुपर्दछ, परमेश्‍वरको नजिक आउनका लागि तैँले सबै कुरा गर्नुपर्छ, र तैँले आफ्‍ना सबै शक्ति लगाएर परमेश्‍वरको अगाडि आफ्नो हृदयलाई शान्त बनाउने प्रयास गर्नुपर्छ। परिस्थितिले दिएमा दत्तचित्त भई प्रार्थना गर्; परिस्थितिले नदिएमा आफ्‍नो हातमा भएको काम गर्दै हृदयमा परमेश्‍वरको नजिक आइज। जब तँ परमेश्‍वरका वचनहरू खान र पिउन सक्छस्, त्यतिबेला परमेश्‍वरका वचनहरू खा र पिई; जब तँ प्रार्थना गर्न सक्छस्, त्यतिबेला प्रार्थना गर्; जब तैँले परमेश्‍वरबारे विचार गर्न सक्छस्, त्यतिबेला उहाँबारे विचार गर्। अर्को शब्दमा भन्नुपर्दा, प्रवेशका लागि आफूलाई आफ्‍नो वातावरणअनुसार तालिम दिन सक्दो गर्। केही मानिसहरू केही पनि नहुँदा परमेश्‍वरको अगाडि शान्त रहन सक्छन्, तर जब केही हुन्छ, तिनीहरूको मन भौँतारिन थाल्छ। त्यसो गर्नु भनेको परमेश्‍वरको अगाडि शान्त रहनु होइन। अनुभव गर्ने सही तरिका हो: कुनै पनि परिस्थितिमा आफ्नो हृदय परमेश्‍वरबाट पर नजानु, वा बाहिरी मानिस, घटना, वा कुराहरूबाट विचलित नहुनु हो, अनि मात्रै कुनै पनि व्यक्ति परमेश्‍वरको अगाडि वास्तवमै शान्तिमा हुन्छ। कतिपय मानिसहरू भन्छन् कि जब तिनीहरू भेलामा हुन्छन्, तिनीहरूको हृदय परमेश्‍वरको अगाडि शान्त रहन सक्छ, तर अरूसँगको सङ्गतिमा तिनीहरू परमेश्‍वरको अगाडि शान्त रहन सक्दैनन्, र तिनीहरूको सोचाइ भौंतारिन्छ। यो परमेश्‍वरको अगाडि शान्त रहनु होइन। आज, अधिकांश मानिस यही अवस्थामा छन्, तिनीहरूको हृदय परमेश्‍वरको अगाडि सधैँ शान्त रहन सक्दैन। तसर्थ, तिमीहरूले यस क्षेत्रमा अभ्यास गर्नका लागि थप प्रयास गर्नुपर्छ, जीवन अनुभवको सही मार्गमा चरणबद्ध रूपमा प्रवेश गर्नुपर्छ, अनि परमेश्‍वरबाट सिद्ध बनाइने मार्गमा अगाडि बढ्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको अघि आफ्नो हृदयलाई शान्त राख्ने सम्‍बन्धमा

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्