परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४०७

29 अप्रिल 2021

अनुभवबाट देख्न सकिन्छ कि परमेश्‍वरको सामुन्ने आफ्नो हृदय शान्त बनाउनु अति महत्त्वपूर्ण विषयहरूमध्ये एक हो। यो एक विषय हो जसले मानिसहरूको आत्मिक जीवनसँग र उनीहरूको जीवनमा उनीहरूको वृद्धिसँग सरोकार राख्छ। परमेश्‍वरको सामुन्ने तेरो हृदय शान्त भए मात्र, सत्यको तेरो खोजी र स्वभावमा भएका तेरा परिवर्तनहरूले फल दिने छन्। तँ परमेश्‍वरका सामुन्ने अभिभारा बोकेर आउँछस् र धेरै मात्रामा तँमा कमी छ, तैँले थाहा पाउनुपर्ने सत्यहरू धेरै छन्, तैँले अनुभव गर्नु पर्ने वास्तविकता धेरै छ र परमेश्‍वरको इच्छालाई तैँले हरतरहले ध्यान दिनु छ भन्‍ने तँलाई सँधै लाग्छ, त्यसकारण यी कुराहरू तेरो मनमा सधैँ छन्। यो यस्तो छ कि तिनीहरूले जोडतोडले तँलाई दबाब दिइरहेका छन् जसले तँलाई सास फेर्न असमर्थ बनाउँछ, र त्यसैले तँ हृदयमा भारी अनुभव गर्छस् (यद्यपि तँ नकारात्मक स्थितिमा छैनस्)। यस्ता मानिसहरू मात्र परमेश्‍वरका वचनहरूका अन्तर्दृष्टि स्वीकार गर्न र परमेश्‍वरका आत्माद्वारा प्रभावित हुन योग्य छन्। उनीहरूको अभिभाराको कारणले, उनीहरूको हृदय भारी भएकाले र यसो भन्न सकिन्छ, उनीहरूले चुकाएको मूल्यको कारणले र परमेश्‍वरको सामुन्ने उनीहरूले पाएको यातनाका कारणले, उहाँको अन्तर्दृष्टि र प्रकाश उनीहरूले प्राप्त गर्छन्। किनकि परमेश्‍वरले कसैलाई पनि विशेष व्यवहार गर्नुहुन्न। मानिसहरूसँगको उहाँको व्यवहारमा उहाँ सधैँ निष्पक्ष हुनुहुन्छ, तर उहाँले मानिसहरूलाई मनोमानी ढङ्गले वा विना सर्तले पनि दिनुहुन्न। यो उहाँको धर्मी स्वभावको एउटा पक्ष हो। वास्तविक जीवनमा, अधिकांश मानिसहरूले यो राज्य प्राप्त गर्न बाँकी नै छ। कम्तीमा पनि, उनीहरूको हृदय परमेश्‍वरमा पूर्णरूपमा फर्किन बाँकी नै छ, र त्यसैले उनीहरूको जीवनको स्वभावमा अझै कुनै उल्लेखनीय परिवर्तन भएको छैन। यसको कारण हो उनीहरू परमेश्‍वरको कृपामा मात्र बाँच्छन् र उनीहरूले पवित्र आत्माको कामको लाभ उठाउन बाँकी नै छ। परमेश्‍वरद्वारा प्रयोग हुनको लागि मानिसहरूले पूरा गर्नै पर्ने मापदण्डहरू निम्न अनुसार छन्: उनीहरूको हृदय परमेश्‍वरमा फर्किन्छ, उनीहरू परमेश्‍वरका वचनहरूका अभिभाराको जिम्मेवारी लिन्छन्, उनीहरूसँग इच्‍छाको हृदय छ र उनीहरूसँग सत्यको खोजी गर्ने सङ्कल्प छ। यस्ता मानिसहरूले मात्र पवित्र आत्माको काम प्राप्त गर्न सक्छन् र उनीहरूले बारम्बार अन्तर्दृष्टि र ज्योति प्राप्त गर्छन्। परमेश्‍वरले प्रयोग गर्ने मानिसहरू बाहिरबाट अविवेकी र अरूसँग सामान्य सम्‍बन्ध नभएका जस्ता देखिन्छन् यद्यपि उनीहरू मर्यादाका साथ बोल्छन्, लापरवाह तरिकाले बोल्दैनन्, र परमेश्‍वरको सामुन्ने हृदय सधैँ शान्त राख्छन्। ठीक यस्तै प्रकारको व्यक्ति पवित्र आत्माद्वारा प्रयोग गरिन पर्याप्त हुन्छ। परमेश्‍वरले चर्चा गर्ने यो “अविवेकी” व्यक्तिको अन्य व्यक्तिहरूसँग सामान्य सम्बन्धहरू नभएको जस्तो देखिन्छ र उनीहरू बाह्य प्रेम वा बाह्य अभ्यासहरूलाई त्यति ध्यान दिँदैनन् तर जब उनीहरू आत्मिक कुराहरू बताउँछन् उनीहरू आफ्नो हृदय खोल्न सक्छन् र परमेश्‍वरका सामुन्ने उनीहरूले आफ्ना वास्तविक अनुभवबाट प्राप्त गरेका प्रकाश र अन्तर्दृष्टि अरूलाई निस्वार्थ प्रदान गर्छन्। उनीहरूले यसरी परमेश्‍वरप्रतिको आफ्‍नो प्रेम व्यक्त गर्छन् र परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्छन्। जब अन्य व्यक्तिहरू उनीहरूलाई निन्दा र खिसी-ट्युरी गरिरहेका हुन्छन्, उनीहरू बाहिरका मानिसहरू, वस्तुहरू वा चीजहरूद्वारा नियन्त्रित हुनबाट टाढा रहिरहन सक्षम हुन्छन् र परमेश्‍वरका सामुन्ने अझै शान्त रहन सक्छन्। यस्ता प्रकारका व्यक्तिमा उनीहरूको आफ्नै अद्वितीय अन्तर्दृष्टि रहेको देखिन्छ। अन्य मानिसहरूले जे गरे पनि उनीहरूको हृदयले परमेश्‍वरलाई कहिल्यै छोड्दैन। जब अन्य व्यक्तिहरू प्रफुल्लित भएर र हास्यास्पद तरिकाले गफमा झुम्‍मिन्छन्, उनीहरूको हृदय परमेश्‍वरको वचनलाई चिन्तन गर्दै वा उनीहरूका हृदयमा परमेश्‍वरलाई निरन्तर रूपमा प्रार्थना गर्दै, परमेश्‍वरका अभिप्रायहरू खोज्दै परमेश्‍वरको सामुन्ने नै रहन्छ। अन्य मानिसहरूसँग सामान्य सम्बन्धहरू कायम राख्ने कुरालाई उनीहरू कहिल्यै महत्त्व दिँदैनन्। यस प्रकारका व्यक्तिमा जीवन जिउने सम्बन्धी कुनै दर्शनशास्त्र नभएको देखिन्छ। बाह्य रूपमा यस्ता व्यक्ति सक्रिय, प्रेमिलो र निर्दोष हुन्छन् तर उनीहरूमा शान्त भाव पनि हुन्छ। परमेश्‍वरले यस्तै प्रकारको व्यक्तिलाई प्रयोग गर्नुहुन्छ। यस प्रकारको व्यक्तिमा जीवन जिउने सम्बन्धी दर्शनशास्त्र वा “सामान्य कारण” जस्ता कुराहरूले कुनै काम गर्दैनन्; यी यस प्रकारका व्यक्ति हुन् जसले आफ्नो सम्पूर्ण हृदय परमेश्‍वरका वचनमा समर्पित गरेका छन् र उनीहरूका हृदयमा परमेश्‍वर मात्र रहनुभएको देखिन्छ। यी यस्ता प्रकारका व्यक्ति हुन् जसलाई परमेश्‍वरले “कारण विनाको” व्यक्तिका रूपमा चर्चा गर्नुहुन्छ र परमेश्‍वरद्वारा प्रयोग गरिने व्यक्ति ठीक यस प्रकारका व्यक्ति हुन्। परमेश्‍वरद्वारा प्रयोग गरिने व्यक्तिको लक्षण भनेको: जहिले र जहाँ भए पनि उनीहरूको हृदय सधैँ परमेश्‍वरको सामुन्ने हुन्छ, र अन्य व्यक्तिहरू जति नै दुराचारी भए पनि, उनीहरू आफ्नो कामुकता र आफ्नो शरीरमा जत्ति नै संलग्न भएपनि यस्तो व्यक्तिको हृदयले परमेश्‍वरलाई कहिल्यै पनि छोड्दैन र उनीहरू भीडलाई पछ्याउँदैनन्। यस प्रकारका व्यक्ति मात्र परमेश्‍वरको प्रयोगका लागि उचित छ र यस प्रकारका व्यक्तिलाई मात्र पवित्र आत्माले सिद्ध बनाउनुहुन्छ। यदि तँ ती कुराहरू प्राप्त गर्न विफल भइस् भने तँ परमेश्‍वरद्वारा लिइन र पवित्र आत्माद्वारा सिद्ध बनाउन योग्य छैनस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्