परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४०३

3 डिसेम्बर 2021

अगाडि बढ्ने क्रममा, परमेश्‍वरका वचनहरूको चर्चा नै तँ बोल्ने सिद्धान्त हुनुपर्नेछ। साधारणतः, जब तिमीहरू भेला हुन्छौ, तब परमेश्‍वरका वचनहरूलाई आफ्नो अन्तरक्रियाको विषयवस्तुका रूपमा लिएर, यी वचनहरूबारे तिमीहरूलाई के थाहा छ, तिनलाई तिमीहरू कसरी व्यवहारमा लागू गर्छौ, र पवित्र आत्माले कसरी काम गर्नुहुन्छ, यसबारे चर्चा गर्दै परमेश्‍वरका वचनहरू सम्‍बन्धी सङ्गतिमा संलग्‍न हुनुपर्छ। जबसम्म तँ परमेश्‍वरका वचनहरूको सङ्गति गर्छस्, पवित्र आत्माले तँलाई ज्योति दिनुहुनेछ। परमेश्‍वरका वचनहरूको संसार प्राप्त गर्न मानिसको सहकार्य आवश्यक पर्छ। यदि तँ यसमा प्रवेश गरिनस् भने, परमेश्‍वरसँग काम गर्ने कुनै उपाय हुनेछैन; यदि तैँले आफ्नो मुख बन्द राखिस् र उहाँका वचनहरूबारे चर्चा गरिनस् भने, उहाँसँग तँलाई ज्योति दिने कुनै उपाय हुनेछैन। जब तँ अन्यथा व्यस्त भएको हुँदैनस्, परमेश्‍वरका वचनहरूबारे चर्चा गर्, र निरर्थक गफसफमा मात्र नअल्‍मली! तेरो जीवनशैली परमेश्‍वरका वचनहरूले भरियोस्—त्यसपछि मात्र तँ सच्चा विश्‍वासी हुनेछस्। तेरो सङ्गति सतही भए पनि त्यसले फरक पर्दैन। सतहीपन विना कुनै गहिराइ हुन सक्दैन। त्यहाँ प्रक्रिया हुनुपर्छ। तेरो तालिमभरि, तैँले पवित्र आत्माको ज्योति आफूमा लिनेछस्, र परमेश्‍वरका वचनहरू कसरी प्रभावकारी ढङ्गले खाने र पिउने सो थाहा पाउनेछस्। खोजतलासको मध्यान्तरपछि, तँ परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नेछस्। यदि तैँले सहकार्य गर्न अठोट गर्छस् भने मात्र तैँले पवित्र आत्माको काम प्राप्त गर्न सक्‍नेछस्।

परमेश्‍वरका वचनहरू खाने र पिउने सिद्धान्तहरूमा, एउटा ज्ञानसँग सम्बन्धित छ, र अर्को प्रवेशसँग। तैँले कुन वचनहरू थाहा पाउनुपर्छ? तैँले दर्शनहरूसँग सम्बन्धित वचनहरू थाहा पाउनुपर्छ (जस्तै, परमेश्‍वरको काम अहिले कुन युगमा प्रवेश गरेको छ सो वर्णन गर्ने वचनहरू, अहिले परमेश्‍वर के प्राप्त गर्ने चाहना राख्नुहुन्छ, देहधारण के हो, र यस्तै-यस्तै; यी सबै दर्शनहरूसँग सम्बन्धित छन्।) मानिस प्रवेश गर्नुपर्ने मार्ग भनेको के हो? यसले मानिसले अभ्यास गर्नुपर्ने र प्रवेश गर्नुपर्ने परमेश्‍वरका वचनहरूलाई जनाउँछ। माथि उल्‍लेखित परमेश्‍वरका वचनहरू खाने र पिउने दुई पक्षहरू हुन्। अब उप्रान्त, यस प्रकारले, परमेश्‍वरका वचनहरू खाने र पिउने गर्नू। यदि तँलाई दर्शनसँग सम्बन्धित उहाँका वचनहरूको बारेमा प्रष्ट बुझाइ छ भने, हर समय पढिरहनु आवश्यक छैन। प्राथमिक महत्त्वको कुरा भनेको प्रवेश गर्दा अझै बढी वचनहरू खानु र पिउनु हो, जस्तै परमेश्‍वरतिर तेरो हृदय कसरी फर्काउने, परमेश्‍वरको सामुन्ने तेरो हृदय कसरी शान्त बनाउने, र कसरी शरीरलाई त्याग्ने। तैँले व्यवहारमा लागू गर्नुपर्ने कुराहरू यिनै हुन्। परमेश्‍वरका वचनहरू कसरी खाने र पिउने सो थाहा नपाइकन, सच्चा सङ्गति असम्भव छ। उहाँका वचनहरू कसरी खाने र पिउने सो थाहा पाएपछि, चाबी के हो तैँले बुझेपछि, सङ्गति स्वतन्त्र हुनेछ, र जुनसुकै सवाल उठे पनि, तँ सङ्गति गर्न र वास्तविकतालाई बुझ्न सक्‍नेछस्। यदि, परमेश्‍वरका वचनहरूको सङ्गति गर्दा, तँसँग वास्तविकता छैन भने, चाबी के हो तैँले बुझेको छैनस्, जसले परमेश्‍वरका वचनहरू कसरी खाने र पिउने तँलाई थाहा छैन भन्‍ने देखाउँछ। परमेश्‍वरका वचनहरू पढ्दा केही मानिसहरूलाई थकाइ लाग्दो लाग्न सक्छ, जुन सामान्य स्थिति होइन। परमेश्‍वरका वचनहरू पढ्दा कहिल्यै थकाइ नलाग्‍नु, तिनीहरूको लागि सधैँ तृषित रहनु, र परमेश्‍वरका वचनहरू सधैँ असल पाउनुचाहिँ सामान्य हो। वास्तवमै प्रवेश गरेकाले यसरी परमेश्‍वरका वचनहरू खान्छन् र पिउँछन्। जब परमेश्‍वरका वचनहरू अत्याधिक व्यावहारिक छन् र मानिस प्रवेश गर्नु पर्ने ठ्याक्कै यही हो भन्‍ने तँलाई लाग्छ; जब उहाँका वचनहरू मानिसको लागि असाध्यै उपयोगी र लाभदायक छन्, र ती मानिसको जीवनको भण्डार हुन् भन्‍ने तँलाई लाग्छ—तँलाई यो अनुभूति पवित्र आत्माले दिनुहुन्छ, र पवित्र आत्माले तँलाई छुनुहुन्छ। यसले पवित्र आत्माले तँमा काम गरिरहनु भएको छ र परमेश्‍वर तँबाट फर्किएर जानुभएको छैन भन्‍ने प्रमाणित गर्छ। केही मानिसहरू, परमेश्‍वर सधैँ बोलिरहेको देखेर, उहाँका वचनहरूदेखि दिक्क हुन्छन्, र उनीहरूले त्यसलाई पढे पनि वा नपढे पनि यसको कुनै परिणाम छैन भन्‍ने ठान्छन्—जुन सामान्य स्थिति होइन। वास्तविकतामा प्रवेश गर्ने प्यास भएको हृदय उनीहरूसँग छैन, र यस्ता मानिसहरू सिद्ध पारिन न तृष्णा गर्छन् न महत्त्व नै दिन्छन्। जब तैँले आफूमा परमेश्‍वरका वचनहरूको तृष्णा नभएको पाउँछस्, यसले तँ सामान्य स्थितिमा छैनस् भन्‍ने देखाउँछ। विगतमा, परमेश्‍वर तँबाट फर्किएर जानु वा नजानु भन्‍ने कुरा, तँ आफूभित्र शान्तिमा थिइस् वा थिइनस्, र तैँले आनन्द अनुभव गरिस् वा गरिनस् त्यसले निर्धारित गर्न सक्थ्यो। अब तँ परमेश्‍वरका वचनहरूको तृष्णा गर्छस् कि गर्दैनस्, उहाँका वचनहरू तेरो वास्तविकता हो कि होइन, तँ निष्ठावान् छस् कि छैनस्, र तैँले परमेश्‍वरको लागि आफूले गर्न सक्ने सबै गर्न सक्छस् कि सक्दैनस्, चाबी त्यही हो। अर्को शब्दमा, परमेश्‍वरका वचनहरूको वास्तविकताद्वारा मानिसको न्याय गरिन्छ। परमेश्‍वरले आफ्ना वचनहरू सबै मानवजातिप्रति लक्षित गर्नुहुन्छ। यदि तँ ती पढ्न इच्छुक छस् भने, उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ, तर यदि छैनस् भने, उहाँले दिनुहुनेछैन। धार्मिकताको लागि जो भोका र प्यासा छन् परमेश्‍वरले उनीहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ, र जसले उहाँलाई खोजी गर्छ उनीहरूलाई उहाँले अन्तर्दृष्टि दिनुहुन्छ। उनीहरूले परमेश्‍वरका वचनहरू पढेपछि पनि उहाँले उनीहरूलाई अन्तर्दृष्टि दिनु भएन भनेर कतिले भन्छन्। तर कुन तरिकाले तैँले ती वचनहरू पढिस्? यदि तैँले उहाँका वचनहरू घोडाको पछाडि सवार मानिसले फूलहरू हेरे जस्तो तरिकाले पढिस् भने, र वास्तविकतालाई कुनै महत्त्व दिइनस् भने, परमेश्‍वरले कसरी तँलाई अन्तर्दृष्टि दिन सक्नुहुन्थ्यो? परमेश्‍वरका वचनहरूलाई बहुमूल्य नमान्नेलाई उहाँले कसरी सिद्ध पार्न सक्‍नुहुन्छ? यदि तँ परमेश्‍वरका वचनहरूलाई बहुमूल्य मान्दैनस् भने, तँसँग न त सत्य हुनेछ न त वास्तविकता। यदि तँ उहाँका वचनहरूलाई बहुमूल्य मान्छस् भने, तँ सत्यलाई व्यवहारमा लागू गर्न सक्छस्, र त्यसपछि मात्र तैँले वास्तविकतालाई बुझ्‍नेछस्। त्यसैकारण तँ व्यस्त भए पनि वा नभए पनि, परिस्थिति अनुकूल भए पनि वा नभए पनि, र तँलाई जाँचिए पनि वा नजाँचिए पनि, तैँले परमेश्‍वरका वचनहरू हमेसा खानु र पिउनु पर्छ। सबै कुरामा, परमेश्‍वरका वचनहरू मानिसको अस्तित्वका जग हुन्। उहाँका वचनहरूबाट कोही पनि फर्किन सक्दैन, तर उहाँका वचनहरू तिनीहरूले एक दिनमा तीन छाक खाना खाए जसरी खानुपर्छ। सिद्ध पारिनु र परमेश्‍वरद्वारा प्राप्त गरिनु त्यति सजिलो हुन सक्थ्यो? वर्तमानमा तैँले बुझे पनि नबुझे पनि, र परमेश्‍वरका कामप्रति तँमा सूक्ष्मदृष्टि भए पनि नभए पनि, तैँले सम्भव भएसम्म धेरै परमेश्‍वरका वचनहरू खानु र पिउनुपर्छ। यो सक्रिय तरिकाले प्रवेश गर्नु हो। परमेश्‍वरका वचनहरू पढिसकेपछि, जेमा तँ प्रवेश गर्न सक्छस् त्यसलाई व्यवहारमा लागू गर्न हतार गर्, र तँ जे सक्छस् त्यसलाई एक क्षणको लागि अलग राख्। सुरुवातमा तैँले बुझ्‍न नसक्‍ने परमेश्‍वरका धेरै वचनहरू हुन सक्छन्, तर दुई वा तीन महीनापछि, सायद एक वर्षपछि तैँले ती बुझ्‍नेछस्। यो कसरी हुन सक्छ? यसको कारण के हो भने, परमेश्‍वरले मानिसहरूलाई एक वा दुई दिनमा सिद्ध पार्न सक्नुहुन्न। अधिकांश समय, जब तँ उहाँका वचनहरू पढ्छस्, तैँले तुरुन्तै नबुझ्न सक्छस्। त्यो समयमा, ती केवल पाठभन्दा बढी केही पनि होइन भन्‍ने लाग्‍न सक्छ; तैँले ती बुझ्नुभन्दा अगाडि तैँले केही समय तिनलाई अनुभव गर्नुपर्छ। परमेश्‍वरले यति धेरै बोलेपछि, उहाँका वचनहरू खान र पिउन तैँले आफ्नो सक्दो कोसिस गर्नुपर्छ, र त्यसपछि, थाहै नपाई तैँले यो बुझ्नेछस्, थाहै नपाई, पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। जब पवित्र आत्माले मानिसलाई अन्तर्दृष्टि दिनुहुन्छ, यो प्रायः मानिसको जानकारी विना नै हुन्छ। जब तँ तृषित हुन्छस् र खोजी गर्छस्, उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुन्छ र अगुवाइ गर्नुहुन्छ। पवित्र आत्माले काम गर्ने सिद्धान्त तैँले खाने र पिउने परमेश्‍वरका वचनहरूमा केन्द्रित छ। परमेश्‍वरका वचनहरूलाई महत्त्व नदिने र उहाँका वचनहरूका बारेमा सँधै फरक आचरण राख्‍ने—तिनीहरूका मूर्ख सोचाइमा, तिनीहरूले वचनहरू पढे पनि वा नपढे पनि यो उदासीनताको कुरा हो भन्‍ने विश्‍वास गर्छन्—तिनीहरू वास्तविकता नभएकाहरू हुन्। यस्ता व्यक्तिमा न त पवित्र आत्माको काम न त उहाँको अन्तर्दृष्टि देख्न नै सकिन्छ। यस्ता मानिसहरू योग्यता विनाका बहाना गर्नेहरू, केही गरेजस्तो गर्नेहरू मात्रै हुन्, दृष्टान्तका नाङ्गुवाजस्तै।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्