परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४३४

22 जुन 2022

यदि मानिसहरूले परमेश्‍वरलाई चिन्नु छ भने, सर्वप्रथम उनीहरूले परमेश्‍वर व्यावहारिक परमेश्‍वर हुनुहुन्छ भन्ने जान्नुपर्छ, र उनीहरूले परमेश्‍वरका वचनहरू, परमेश्‍वर व्यावहारिक रूपमा देहमा प्रकट हुनुभएको, र परमेश्‍वरको व्यावहारिक काम जान्नुपर्छ। परमेश्‍वरका सबै काम व्यावहारिक छन् भन्ने जानेपछि मात्र तँ परमेश्‍वरसँग साँच्चै सहकार्य गर्न सक्षम हुनेछस्, र यो मार्ग भएर मात्र तैँले आफ्नो जीवनमा वृद्धि प्राप्त गर्न सक्‍नेछस्। वास्तविकताको ज्ञान नहुने सबैसँग परमेश्‍वरका वचनहरू अनुभव गर्ने कुनै उपाय हुँदैन, उनीहरू आफ्नै धारणाहरूको फन्दामा परेका हुन्छन् आफ्नै कल्पनामा बाँचेका हुन्छन्, त्यसैले उनीहरूसँग परमेश्‍वरका वचनहरूको कुनै ज्ञान छैन। वास्तविकता सम्‍बन्धी तेरो ज्ञान जति बृहत् छ, परमेश्‍वरसँग तँ त्यति नै निकट हुन्छस्, र उहाँसँग तँ त्यत्ति नै घनिष्ठ हुन्छस्; तँ जत्ति बढी अस्पष्टता, अमूर्तता र सिद्धान्तको खोजी गर्छस्, परमेश्‍वरबाट तँ उत्तिकै टाढा बहकिन्छस्, र परमेश्‍वरका वचनहरू अनुभव गर्नु जटिल र कठिन छ भन्ने तैँले अनुभूति गर्नेछस्, र तँ प्रवेश गर्न असमर्थ हुनेछस्। यदि तँ परमेश्‍वरका वचनहरूको वास्तविकतामा, र तेरो आत्मिक जीवनको सही मार्गमा प्रवेश गर्न चाहन्छस् भने, तैँले सर्वप्रथम वास्तविकता थाहा पाउनुपर्छ र अस्पष्ट र अलौकिक कुराहरूबाट आफूलाई अलग गर्नुपर्छ, भन्नुको तात्पर्य सर्वप्रथम पवित्र आत्माले तँलाई साँच्चै कसरी प्रकाश दिनुहुन्छ र मार्गदर्शन दिनुहुन्छ तैँले बुझ्नुपर्छ। यसरी, यदि तँ मानिसभित्रको पवित्र आत्माको यथार्थ कामलाई साँच्चिकै बुझ्न सक्छस् भने, तँ परमेश्‍वरद्वारा सिद्ध तुल्याइने सही मार्गमा प्रवेश गरेको हुनेछस्।

आज, सब थोक वास्तविकताबाट सुरु हुन्छ। परमेश्‍वरको काम नै सबैभन्दा बढी वास्तविक छ, र यसलाई मानिसहरूले छुन सक्छन्; मानिसहरूले अनुभव गर्न र प्राप्त गर्न सक्ने कुरा यही हो। मानिसहरूमा अस्पष्ट र अलौकिक कुरा धेरै हुन्छ, जसले परमेश्‍वरको हालको काम बुझ्नबाट उनीहरूलाई रोक्छ। त्यसैले, उनीहरू आफ्ना अनुभवहरूमा सधैँ तल-माथि हुन्छन्, र कामकुराहरू कठिन छन् भन्ने सधैँ महसुस गर्छन्, र यो सबै उनीहरूको धारणाहरूको कारणले भएको हो। मानिसहरू पवित्र आत्माको कामका सिद्धान्तहरूलाई बुझ्न असक्षम छन्, उनीहरू वास्तविकता जान्दैनन्, त्यसैले उनीहरू आफ्‍नो प्रवेशको मार्गबाट सधैँ नकारात्मक हुन्छन्। उनीहरू, परमेश्‍वरका अपेक्षाहरूलाई टाढाबाट हेर्छन्, तिनीहरूलाई हासिल गर्न असक्षम हुन्छन्; उनीहरूले परमेश्‍वरका वचनहरू साँच्चिकै असल छन् भन्‍ने मात्र देख्छन्, तर प्रवेश गर्ने मार्ग भेट्टाउन सक्दैनन्। पवित्र आत्माले यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ: मानिसहरूको सहकार्यद्वारा, सक्रियतापूर्वक प्रार्थना गरेर, खोजेर र परमेश्‍वरको नजिक आएर उनीहरूद्वारा परिणामहरू प्राप्त गर्न सकिन्छ र पवित्र आत्माद्वारा उनीहरूलाई प्रकाश दिन र ज्योतिर्मय पार्न सकिन्छ। पवित्र आत्मा एकपक्षीय रूपमा काम गर्नु हुन्छ, वा मानिस एकपक्षीय रूपमा काम गर्छ भन्ने होइन। दुवै अपरिहार्य छन्, र मानिसले जति बढी सहकार्य गर्छ, र उनीहरूले परमेश्‍वरका आवश्यकताहरूका मापदण्डहरूको प्राप्तिको जत्ति बढी खोजी गर्छन्, पवित्र आत्माको काम उत्ति नै महान् हुन्छ। पवित्र आत्माको काममा थपिएको मानिसहरूको वास्तविक सहकार्यले मात्र, परमेश्‍वरका वचनहरूका वास्तविक अनुभवहरू र तात्विक ज्ञान पैदा गर्न सक्छ। विस्तारै, यस प्रकारले अनुभव गर्दै, सिद्ध व्यक्ति अन्ततः तयार पारिन्छ। परमेश्‍वरले अलौकिक कुराहरू गर्नुहुन्न; मानिसहरूका धारणाहरूमा, परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, र परमेश्‍वरद्वारा नै सबै कुरा गरिन्छ—परिणामस्वरूप मानिसहरूले निष्क्रिय भएर पर्खिन्छन्, परमेश्‍वरका वचनहरू पढ्दैनन् वा प्रार्थना गर्दैनन्, र पवित्र आत्माको स्पर्शलाई केवल पर्खिन्छन्। यद्यपि, सही समझ भएकाहरूले यो विश्‍वास गर्छन्: परमेश्‍वरका कामहरू मेरो सहकार्यसम्म मात्र अगाडि बढ्न सक्छन्, र ममा परमेश्‍वरको कामको प्रभाव मैले कसरी सहकार्य गर्छु त्यसमा भर पर्छ। जब परमेश्‍वर बोल्नुहुन्छ, परमेश्‍वरका वचनहरू खोजी गर्न र यसप्रति प्रयत्न गर्न आफूले गर्न सक्ने सबै मैले गर्नुपर्छ; मैले प्राप्त गर्नुपर्ने यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविकता कसरी थाहा पाउने

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्