परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४११

13 मार्च 2022

यो कुरा पढेपछि, तैँले यी वचनहरू स्वीकारेको दाबी मात्रै गर्छस्, तर तेरो हृदयमा कुनै प्रभाव परेको छैन, र तँ परमेश्‍वरसँगको तेरो सम्बन्धलाई सामान्य बनाउन खोज्दैनस् भने, यसले तँ परमेश्‍वरसँगको तेरो सम्बन्धलाई महत्त्व दिँदैनस् भन्ने प्रमाणित गर्छ। यसले प्रमाणित गर्छ कि तेरो दृष्टिकोण अहिलेसम्म सही भएको छैन, तेरा अभिप्रायहरू परमेश्‍वरद्वारा प्राप्‍त गरिने गरी र उहाँको महिमा ल्याउने गरी स्थापित भएका छैनन्, बरु शैतानको षड्यन्त्रको जीत हुने गरी र तेरा आफ्नै लक्ष्यहरू प्राप्‍त हुने गरी स्थापित भएका छन्। यस्ता मानिसहरूमा गलत अभिप्राय र गलत दृष्टिकोणहरू हुन्छन्। परमेश्‍वरले जेसुकै भन्नुभए पनि वा उहाँले जसरी नै भन्नुभए पनि, यस्ता मानिसहरू पूर्ण रूपमा उदासीन रहन्छन् र अलिकति पनि रूपान्तरण भएका हुँदैनन्। तिनीहरूको हृदयले डरको अनुभव गर्दैन र तिनीहरू लज्जित हुँदैनन्। यस्तो व्यक्ति आत्माहीन मूर्ख हो। परमेश्‍वरको प्रत्येक वाणी पढ् र यी वाणीलाई बुझ्ने बित्तिकै अभ्यास गर्। तेरो देह कमजोर भएको, वा तँ विद्रोही बनेको, वा तैँले विरोध गरेको अवसरहरू शायद थिए होलान्; तैँले विगतमा जे-जस्तो व्यवहार गरेको भए पनि, परिणामको हिसाबमा त्यसले खासै फरक पर्दैन, र यसले आज तँलाई परिपक्व हुनबाट रोक्न सक्दैन। त्यसैले, आज परमेश्‍वरसँग तेरो सामान्य सम्बन्ध हुँदासम्म, आशा अझै बाँकी हुन्छ। यदि प्रत्येक पटक परमेश्‍वरको वाणी पढ्दा तँमा परिवर्तन आउँछ, र अरूले तेरो जीवन राम्रो हिसाबमा परिवर्तन हुँदै गएको छ भनेर भन्छन् भने, यसले परमेश्‍वरसँगको तेरो सम्बन्ध अब सामान्य छ, सही भएको छ भन्ने देखाउँछ। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको अपराधको आधारमा व्यवहार गर्नुहुन्न। तैँले एकपटक बुझेपछि र सचेत भएपछि, तैँले विद्रोह वा विरोध गर्ने काम बन्द गर्दासम्म, तँमाथि परमेश्‍वरको कृपा भइरहनेछ। परमेश्‍वरद्वारा सिद्ध पारिनका लागि खोजी गर्ने तँसँग बुझाइ र सङ्कल्प छ भने, परमेश्‍वरको उपस्थितिमा तेरो स्थिति सामान्य बन्छ। तैँले जेसुकै गरिरहेको भए तापनि, ती कुरा गर्दा निम्न कुराहरूमा ध्यान दिनू: मैले यो गर्दा परमेश्‍वरले के सोच्नुहुन्छ? के यसले मेरा दाजुभाइ र दिदीबहिनीहरूलाई फाइदा गर्छ? के यो परमेश्‍वरको घरमा हुने कार्यलाई लाभदायक छ? प्रार्थना, सङ्गति, प्रवचन, कार्य वा अन्यसँगको सम्पर्कमा, तेरो अभिप्रायलाई जाँच गर्, र परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छ, छैन परीक्षण गर्। यदि तैँले तेरो आफ्नै अभिप्राय र सोचलाई बुझ्न सक्दैनस् भने, यसको अर्थ तँमा विभेदीकरणको कमी छ भन्ने हो, जसले तैँले एकदमै कम सत्य बुझ्छस् भन्ने प्रमाणित गर्छ। यदि तँ परमेश्‍वरले गर्नुभएको प्रत्येक कार्यलाई स्पष्ट रूपमा बुझ्न, र उहाँको पक्षमा खडा भएर, उहाँका वचनहरूको दृष्टिबाट परिस्थितिहरूलाई बुझ्न सक्षम छस् भने, तेरो दृष्टिकोण सही भएको हुनेछ। तसर्थ, परमेश्‍वरसँग राम्रो सम्बन्ध स्थापना गर्नु परमेश्‍वरमा विश्‍वास राख्ने जोकोहीको लागि एकदमै महत्त्वपूर्ण हुन्छ; सबैले यसलाई सर्वाधिक महत्त्वको कार्य र तिनीहरूको जीवनको सबैभन्दा ठूलो घटना सम्झिनुपर्छ। तैँले गर्ने सबै कुराहरूलाई परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य छ, छैन भन्ने कुराद्वारा मापन गरिन्छ। यदि परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छ र तेरा अभिप्रायहरू सही छन् भने, काम गर्। परमेश्‍वरसँगको सम्बन्धलाई सामान्य बनाइराख्नलाई तैँले तेरो व्यक्तिगत रुचिहरूमा क्षति हुन्छ कि भनी डराउनु हुँदैन; शैतानलाई जित्न तैँले दिनु हुँदैन, तैँले शैतानलाई तँलाई खरिद गर्न दिनु हुँदैन, र तैँले शैतानलाई तँलाई हाँस्यपात्र बनाउन दिनु हुँदैन। यस्ता अभिप्रायहरू हुनु भनेको परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य छ भन्ने कुराको सङ्केत हो—र यो देहको लागि नभएर आत्माको शान्तिको लागि हो, पवित्र आत्माको कार्यको प्राप्तिका लागि हो, र परमेश्‍वरको इच्छा सन्तुष्ट पार्नका लागि हो। सही स्थितिमा प्रवेश गर्नका लागि, तैँले परमेश्‍वरसँग राम्रो सम्बन्ध स्थापना गर्नुपर्छ र परमेश्‍वरमाथिको तेरो विश्‍वासको दृष्टिकोणलाई सही बनाउनुपर्छ। यसरी मात्रै तँलाई परमेश्‍वरले प्राप्त गर्न सक्नुहुन्छ, र उहाँले तँमा उहाँका वचनहरूको फल अभिव्यक्त गर्न र अझ धेरै तँलाई अन्तर्दृष्टि र ज्योति दिन सक्नुहुन्छ। यसरी, तँ सही तरिकामा प्रवेश भएको हुनेछस्। आजका परमेश्‍वरका वचनहरू खान र पिउन जारी राख्, पवित्र आत्माको काम गराइको विद्यमान तरिकामा प्रवेश गर्, परमेश्‍वरका आजका आवश्यक मापदण्डहरू अनुसार काम गर्, अभ्यासको पुरानो ढर्राको तरिका अनुसरण नगर्, काम गर्ने पुरानो तरिकाहरूमा नझुन्डी, र यथाशक्य चाँडो आजको कामको तरिकामा प्रवेश गर्। यसरी, परमेश्‍वरसँगको तेरो सम्बन्ध पूर्ण रूपमा सामान्य हुनेछ, अनि तैँले परमेश्‍वरमाथिको विश्‍वासको सही मार्ग प्रारम्भ गरेको हुनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग तेरो सम्बन्ध कस्तो छ?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्