परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४०९

13 मार्च 2022

परमेश्‍वरमा विश्‍वास राख्दा, तैँले कम्तीमा पनि परमेश्‍वरसँगको सामान्य सम्बन्धका विषयमा रहेको समस्यालाई समाधान गर्नुपर्छ। यदि परमेश्‍वरसँग तेरो सामान्य सम्बन्ध छैन भने, परमेश्‍वरप्रतिको तेरो विश्‍वासको अर्थ गुमेको छ। परमेश्‍वरको उपस्थितिमा शान्त रहने हृदयको साथमा परमेश्‍वरसँगको सामान्य सम्बन्धको स्थापना पूर्ण रूपमा हासिल गर्न सकिन्छ। परमेश्‍वरसँगको सामान्य सम्बन्धको अर्थ उहाँको कुनै पनि कार्यलाई शङ्का र इन्कार नगर्नु र उहाँको कार्यप्रति समर्पित हुन सक्नु हो। यसको अर्थ परमेश्‍वरको उपस्थितिमा सही अभिप्राय राख्नु हो, आफ्नो लागि योजना नबनाउनु हो, र सबै कुरामा परमेश्‍वरको परिवारको हितलाई सबैभन्दा पहिले विचार गर्नु हो; यसको अर्थ परमेश्‍वरको सुक्ष्म जाँचलाई स्वीकार गर्नु र परमेश्‍वरका प्रबन्धहरूको पालना गर्नु हो। तैँले गर्ने सबै कार्यमा आफ्नो हृदयलाई परमेश्‍वरको उपस्थितिमा शान्त बनाउनु सक्नुपर्छ। तैँले परमेश्‍वरको इच्छा नबुझे पनि, तैँले तेरो क्षमताले भ्याएसम्म तेरा कर्तव्य र जिम्मेवारीहरू पूरा गर्नैपर्छ। परमेश्‍वरको इच्छा तँलाई प्रकाश पारिएपछि, त्यसमा काम गर्, र त्यसो गर्दा त्यति धेरै ढिलो हुनेछैन। जब परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य बन्छ, अनि मानिसहरूसँग तेरो सम्बन्ध सामान्य बन्छ। सबै कुरा परमेश्‍वरका वचनहरूको जगमा विकास भएको हुन्छ। परमेश्‍वरका वचनहरू खा र पिई, त्यसपछि परमेश्‍वरका आवश्यक मापदण्डहरूलाई अभ्यास गर्, तेरा दृष्टिकोणहरूलाई सच्या, परमेश्‍वरको विरोध गर्ने वा मण्डलीलाई बिथोल्ने कुनै पनि काम नगर्। तेरा दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनलाई लाभ नपुर्‍याउने कुनै पनि कार्य नगर्, अरूलाई अनुपयोगी हुने कुनै पनि कुरा नबोल्, र लज्जाबोध हुने कुनै पनि कार्य नगर्। तैँले गर्ने सबै कार्यमा निष्पक्ष र प्रतिष्ठित बन् र तेरो प्रत्येक कार्य परमेश्‍वर समक्ष पेश गर्न सकिने कुरा सुनिश्चित गर्। कहिलेकाहीँ देह कमजोर बन्न सक्ने भए तापनि, तैँले व्यक्तिगत लाभको लोभविना परमेश्‍वरको परिवारको हितलाई सबैभन्दा अगाडि राख्न सक्नुपर्छ, र तैँले धर्मी रूपमा काम गर्न सक्नुपर्छ। यदि तैँले यसरी अभ्यास गर्न सकिस् भने, परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य बन्छ।

तैँले गर्ने सबै कुरामा, तैँले तेरो अभिप्राय सही छ वा छैन भनेर जाँच्नुपर्छ। यदि तँ परमेश्‍वरका आवश्यक मापदण्डहरूअनुरूप काम गर्न सक्षम छस् भने, परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य हुन्छ। यो न्यूनतम मापदण्ड हो। आफ्नो अभिप्रायलाई हेर्, र यदि कुनै गलत अभिप्रायहरू उत्पन्न भएको पत्ता लगाइस् भने, तिनीहरूप्रति आफ्नो पिठ्युँ फर्काउन सक्षम बन् र परमेश्‍वरका वचनहरू अनुसार काम गर्; यसरी तँ परमेश्‍वरको अगाडि सही व्यक्ति बन्न सक्छस्, जसले परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य भएको, र तैँले गर्ने सबै कुराहरू परमेश्‍वरको खातिर भएको, तेरो आफ्नो लागि नभएको दर्साउँछ। तैँले गर्ने र भन्ने सबै कुरामा, तेरो हृदयलाई सही पार्न र तेरा कामहरूमा धर्मी बन्न, र आफ्ना भावनाहरूमा नबग्न, र तेरो आफ्नो इच्छा अनुसार काम नगर्न सक्षम बन्। परमेश्‍वरका विश्‍वासीहरूले आफूलाई आचरणमा राख्न प्रयोग गर्ने सिद्धान्तहरू यिनै हुन्। साना कुराले मानिसको अभिप्राय र कद प्रकाश पार्न सक्छ, र त्यसैले, परमेश्‍वरबाट सिद्ध बनाइने मार्गमा प्रवेश गर्नका लागि तिनीहरूले पहिले परमेश्‍वरसँगको आफ्ना अभिप्रायहरू र सम्बन्धलाई सच्याउनुपर्छ। परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य भएपछि मात्रै तँ उहाँबाट सिद्ध बनाइन योग्य हुन्छस्, त्यसपछि मात्रै परमेश्‍वरको निराकरण, छाँटकाँट, ताडना र शोधनले तँमा तोकिएको प्रभाव हासिल गर्न सक्छ। यसो भन्नुको अर्थ, यदि मानवजातिले परमेश्‍वरलाई तिनीहरूको हृदयमा राख्न सक्षम भएमा र व्यक्तिगत लाभको खोजी नगरेमा वा तिनीहरूको आफ्नै भविष्यको बारेमा (देहको हिसाबमा) नसोचेमा, बरु त्यसको सट्टा जीवनमा प्रवेश गर्ने भारलाई बोकेमा, सत्यको खोजी गर्ने सक्दो प्रयास गरेमा, र परमेश्‍वरको कार्यमा समर्पित भएमा—यदि तैँले यसो गर्न सकेमा, तैँले अघि बढाउने लक्ष्यहरू सही हुनेछन्, र परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य बन्नेछ। परमेश्‍वरसँगको सम्बन्धलाई सही बनाउनुलाई आत्मिक यात्रामा प्रवेश गर्ने पहिलो कदम भन्न सकिन्छ। मानिसको नियति परमेश्‍वरको हातमा रहेको र परमेश्‍वरले पूर्वनिर्धारण गर्नुभएको भए तापनि, र मानिसले परिवर्तन गर्न नसक्ने भए तापनि, तँ परमेश्‍वरबाट सिद्ध बनाइने वा उहाँबाट प्राप्‍त गरिने कुरा परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य छ वा छैन भन्ने कुरामा निर्भर रहन्छ। तेरा केही भागहरू कमजोर वा अवज्ञाकारी हुन सक्छन्—तर तेरो दृष्टिकोण र तेरो अभिप्राय सही हुँदासम्म, र परमेश्‍वरसँगको तेरो सम्बन्ध सही र सामान्य हुँदासम्म, तँ परमेश्‍वरबाट सिद्ध पारिन योग्य हुन्छस्। यदि परमेश्‍वरसँगको तेरो सम्बन्ध सही छैन भने, र तँ देह वा तेरो परिवारको निम्ति काम गर्छस् भने, तैँले जतिसुकै कडा मेहनत गरे पनि, त्यो सबै व्यर्थ हुनेछ। यदि परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छ भने, अन्य सबै कुरा आफैँ मिलेर आउँछ। परमेश्‍वरले अरू केही कुरा पनि हेर्नुहुन्न, परमेश्‍वरप्रतिको तेरो दृष्टिकोण सही छ वा छैन भनेर मात्र हेर्नुहुन्छ: तँ कसलाई विश्‍वास गर्छस्, तँ कसको लागि विश्‍वास गर्छस्, र तँ किन विश्‍वास गर्छस्। यदि तैँले अवस्थालाई स्पष्ट रूपमा देख्न र तेरो दृष्टिकोणलाई राम्रो स्वभावसहित अभ्यास गर्न सक्छस् भने, तैँले तेरो जीवनमा प्रगति गर्न सक्छस्, र सही मार्गमा तेरो प्रवेशको प्रत्याभूति समेत हुनेछ। यदि परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छैन भने, र परमेश्‍वरमाथिको तेरो विश्‍वास विकृत छ भने, सबै कुरा व्यर्थ हुन्छ, र तैँले जतिसुकै विश्‍वास गरे पनि, तैँले केही पनि पाउने छैनस्। परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य भएपछि, तैँले देह परित्याग गरेर, प्रार्थना गरेर, कष्ट भोगेर, सहेर, समर्पित भएर, तेरा दाजुभाइ र दिदीबहिनीहरूलाई सहयोग गरेर, परमेश्‍वरका लागि आफूलाई अर्पित गरेर, आदि इत्यादि गरेर मात्रै उहाँको प्रशंसा जित्न सक्छस्। तैँले गर्ने कुराहरूको महत्त्व र अर्थ तेरो अभिप्राय सही छ, छैन र तेरो दृष्टिकोण सही छ, छैन भन्ने कुरामा निर्भर रहन्छ। आजकल, धेरै मानिसहरू भित्ते घडी हेर्नका लागि टाउको घुमाएजस्तो गरी परमेश्‍वरमा विश्‍वास गर्छन्—तिनीहरूको दृष्टिकोण विकृत हुन्छ, र तिनीहरूलाई नयाँ खोजसहित सही बनाइनुपर्छ। यदि यो समस्या समाधान भयो भने, सबै कुरा राम्रो हुन्छ, यदि भएन भने, सबै कुरा व्यर्थ हुनेछ। केही मानिसहरूले मेरो उपस्थितिमा राम्रो व्यवहार देखाउँछन्, तर मेरो पिठ्युँ पछाडि, उनीहरूले गर्ने भनेकै मेरो विरोध हो। यो तिनीहरूको कुटिलता र कपटको अभिव्यक्ति हो र त्यस्तो व्यक्ति शैतानको दास हो; र तिनीहरू परमेश्‍वरको परीक्षा गर्न आएका, शैतानका सटीक प्रतिरूप हुन्। यदि मेरो काम र मेरा वचनहरूमा तँ समर्पित हुन सक्छस् भने मात्रै तँ सही मानिस होस्। परमेश्‍वरका वचनहरू तैँले खान र पिउन सक्दासम्म; तैँले गरेका सबै कुराहरू परमेश्‍वरको अगाडि प्रस्तुत गर्न योग्य हुँदासम्म र तैँले गर्ने सबै काममा तैँले निष्पक्ष र प्रतिष्ठित रूपमा व्यवहार गर्दासम्म; तैँले लाजमर्दो कुराहरू वा अरूको जीवनमा क्षति पुग्ने काम नगर्दासम्म; र तैँले उज्यालोमा जिउँदासम्म र आफूलाई शैतानबाट शोषित हुन नदिँदासम्म, परमेश्‍वरसँगको तेरो सम्बन्ध उचित स्थितिमा रहन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग तेरो सम्बन्ध कस्तो छ?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्