Nepali Christian Song | परमेश्‍वरको आखिरी दिनहरूको धर्मी न्यायले मानवजातिलाई वर्गीकरण गर्दछ | with lyrics

21 जनवरी 2022

पद १

युग अन्त्य गर्ने उहाँको अन्तिम काममा

परमेश्‍वरको स्वभाव हो सजाय दिनु,

सबै अधर्म प्रकट गर्नु, र मानिसको न्याय गर्नु,

उहाँलाई साँचो प्रेम गर्नेहरूलाई सिद्ध पार्नु।

यो स्वभावले युग अन्त्य गर्न सक्छ।

पद २

आए आखिरी दिन, सबै सृष्टि

आफ्ना वर्गमा राखिनेछन्।

मानवको नियति र गन्तव्य

उहाँले देखाउनुहुने क्षण हो यो।

न्याय बिना मानवको अनाज्ञाकारीता

र अधर्म प्रकट हुनसक्ने छैन।

कोरस

केवल सजाय र न्यायद्वारा

सृष्टिको नियति र

मानवको साँचो रूप प्रकट हुन्छ।

दुष्टसँग दुष्ट, असलसँग असल।

पाउनेछन् दुष्टले दण्ड र असलले इनाम।

प्रकार अनुसार मानिस वर्गमा राखिनेछन्,

उहाँको अधीनमा हुनेछन्।

पद ३

मानवको भ्रष्टता शिखरमा पुगेको छ,

उसको अनाज्ञाकारीता गम्भीर छ।

उहाँको सजाय र न्याय मिश्रित

धर्मी स्वभावले मात्र

मानवलाई बदल्न र पूर्ण पार्न सक्छ,

दुष्टता प्रकट गर्न र अधर्मीलाई दण्ड दिन सक्छ।

पद ४

यस्तो स्वभावले युगको महत्व दर्शाउँछ।

हरेक नयाँ युगको कामको निम्ति

परमेश्‍वरले आफ्नो स्वभाव प्रकट गर्नुहुन्छ।

उदेश्य र महत्वबिना उहाँ त्यो गर्नुहुन्न।

कोरस

केवल सजाय र न्यायद्वारा

सृष्टिको नियति र

मानवको साँचो रूप प्रकट हुन्छ।

दुष्टसँग दुष्ट, असलसँग असल।

पाउनेछन् दुष्टले दण्ड र असलले इनाम।

प्रकार अनुसार मानिस वर्गमा राखिनेछन्,

उहाँको अधीनमा हुनेछन्।

पद ५

आखिरी दिनहरूमा मानवको नियति दर्शाइँदा,

मानवको पाप जतिसुकै गम्भीर भए पनि

उहाँले न्याय नगरी सहनशील, क्षमाशील भई

आफ्नो कृपा र प्रेम खन्याइराख्नुभयो भने,

उहाँको व्यवस्थापनको योजना कहिले सकिनेछ?

मानवले कहिले आफ्नो उचित नियति भेट्नेछ?

कोरस

केवल सजाय र न्यायद्वारा

सृष्टिको नियति र

मानवको साँचो रूप प्रकट हुन्छ।

दुष्टसँग दुष्ट, असलसँग असल।

पाउनेछन् दुष्टले दण्ड र असलले इनाम।

प्रकार अनुसार मानिस वर्गमा राखिनेछन्,

उहाँको अधीनमा हुनेछन्।

अन्त्य

धर्मी न्यायले मात्र मानवलाई वर्गीकरण गर्न

र नयाँ संसारमा भित्र्याउन सक्छ,

यसरी परमेश्‍वरको धर्मी स्वभावले

यो पुरै युगको अन्त्य गर्नेछ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्