इसाई गीत | परमेश्‍वरमाथिको विश्‍वासको घोषणा

16 सेप्टेम्बर 2020

परमेश्‍वरमाथिको विश्‍वासको सबैभन्दा आधारभूत भाग भनेको

दिनदिनै परमेश्‍वरको वचन पढ्नु हो।

अनि आवश्यक दैनिक व्यायाम भनेको

परमेश्‍वरलाई प्रार्थना गर्नु र आत्म-चिन्तन गर्नु हो।

विश्‍वासको मुख्य केन्द्र भनेको सत्यको अभ्यास गर्नु

र तिम्रा कार्यहरूका लागि सिद्धान्तहरू पाउनु हो।

तिमीले परमेश्‍वरमाथिको विश्‍वासमा राख्‍नुपर्ने विवेक भनेको

परमेश्‍वरको आज्ञा पूरा गर्न कर्तव्यनिष्ठा हुनु हो।

जब तिमी परमेश्‍वरलाई प्रेम गर्छौ, परमेश्‍वरमाथिको साँचो विश्‍वास त्यही हो।

परमेश्‍वरलाई प्रेम गर्नाले इमान्दार र कुलीन बनाउँछ।

यदि तिमी परमेश्‍वरलाई प्रेम गरिरहन्छौ र परमेश्‍वरको लागि जीवन जिउँछौ भने,

तिमीले कहिले पनि पछुतो मान्‍नेछैनौ।

परमेश्‍वरलाई साँच्चिकै प्रेम गर्नेहरूले मात्रै उहाँको गवाही दिन र उहाँलाई उच्च पार्न सक्छन्।

परमेश्‍वरलाई प्रेम गर्नु जत्तिको अर्थपूर्ण केही छैन

र त्यत्तिको आशिषमय अरू केही छैन।

मुक्ति प्राप्त गर्ने मार्ग भनेको

परमेश्‍वरको कामको पालना गर्नु, सत्यको पछि लाग्‍नु हो।

उहाँको निराकरण र न्याय स्वीकार गर्नु भनेको

परमेश्‍वरमाथिको विश्‍वासको आधारभूत पाठ हो।

सबैभन्दा अत्यावश्यक वास्तविकता भनेको

सत्यमा प्रवेश गर्नु र इमान्दार हुनु हो।

सत्यको आज्ञापालन गर्नुलाई तिम्रो जीवनको मिसन बनाऊ,

परमेश्‍वरमाथिको विश्‍वासको अभ्यासको उच्चतम सिद्धान्त त्यही हो।

जब तिमी परमेश्‍वरलाई प्रेम गर्छौ, परमेश्‍वरमाथिको साँचो विश्‍वास त्यही हो।

परमेश्‍वरलाई प्रेम गर्नाले इमान्दार र कुलीन बनाउँछ।

यदि तिमी परमेश्‍वरलाई प्रेम गरिरहन्छौ र परमेश्‍वरको लागि जीवन जिउँछौ भने,

तिमीले कहिले पनि पछुतो मान्‍नेछैनौ।

परमेश्‍वरलाई साँच्चिकै प्रेम गर्नेहरूले मात्रै उहाँको गवाही दिन र उहाँलाई उच्च पार्न सक्छन्।

परमेश्‍वरलाई प्रेम गर्नु जत्तिको अर्थपूर्ण केही छैन

र त्यत्तिको आशिषमय अरू केही छैन।

परमेश्‍वरमाथिको विश्‍वासको सबैभन्दा ठूलो असफलता भनेको

मानिसहरूलाई पछ्याउनु वा आराधना गर्नु हो।

जब तिमी परमेश्‍वरमा विश्‍वास गर्छौ, याद गर,

तिमीले उहाँको विश्‍वासघात वा विरोध गर्नु हुँदैन।

तिमी उहाँसँग डराउनुपर्छ र दुष्टबाट टाढा बस्‍नुपर्छ,

परमेश्‍वरमाथिको विश्‍वासको जीवन-पर्यन्त मार्ग त्यही हो।

परमेश्‍वरमाथिको विश्‍वासको अन्तिम लक्ष्य भनेको

परमेश्‍वरलाई चिन्नु र उहाँको गवाही दिनु हो।

जब तिमी परमेश्‍वरलाई प्रेम गर्छौ, परमेश्‍वरमाथिको साँचो विश्‍वास त्यही हो।

परमेश्‍वरलाई प्रेम गर्नाले इमान्दार र कुलीन बनाउँछ।

यदि तिमी परमेश्‍वरलाई प्रेम गरिरहन्छौ र परमेश्‍वरको लागि जीवन जिउँछौ भने,

तिमीले कहिले पनि पछुतो मान्‍नेछैनौ।

परमेश्‍वरलाई साँच्चिकै प्रेम गर्नेहरूले मात्रै उहाँको गवाही दिन र उहाँलाई उच्च पार्न सक्छन्।

परमेश्‍वरलाई प्रेम गर्नु जत्तिको अर्थपूर्ण केही छैन

र त्यत्तिको आशिषमय अरू केही छैन।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्