Christian Song | मैले परमेश्‍वरलाई प्रेम गर्ने अठोट गरेको छु

11 डिसेम्बर 2021

हे परमेश्‍वर, मैले तपाईंको

धार्मिकता र पवित्रताको सुन्दरता देखेको छु।

मैले सत्यताको खोजी गर्ने सङ्कल्‍प लिएको छु,

मैले तपाईंलाई प्रेम गर्ने अठोट गरेको छु।

तपाईंले मेरो आत्मिक आँखा खोलिदिनुभएको होस्

र तपाईंको आत्माले मेरो हृदयलाई चलाउनुभएको होस्।

यसलाई यस्तो बनाइदिनुहोस् कि म तपाईंसमक्ष उपस्थित हुँदा त्यो सबै चीज त्याग गरूँ जुन नकारात्मक छ,

म कुनै पनि व्यक्ति, विषय वा चीजद्वारा विवश हुन छोडूँ,

र मेरो हृदय पूर्ण रूपमा तपाईंको सामु नङ्ग्याउन सकूँ,

अनि यसलाई यस्तो बनाइदिनुहोस् कि म मेरो सम्पूर्ण अस्तित्व तपाईं समक्ष अर्पण गर्न सकूँ।

तपाईंले मलाई जसरी जाँच्‍नुहुन्छ, जाँच्‍नुहोस्, म तयार छु।

अब, म मेरो भविष्यका सम्भावनाहरूप्रति कुनै ध्यान दिन्न,

न त म मृत्युको बन्धनमा नै छु।

तपाईंलाई प्रेम गर्ने हृदयको साथमा,

म जीवनको मार्ग खोजी गर्न चाहन्छु।

चाहे जे भए पनि, मैले तपाईलाई प्रेम गर्नैपर्छ

र मैले तपाईलाई प्राप्त गर्नैपर्छ;

जबसम्म म तपाईलाई प्राप्त गर्दिनँ तबसम्म म विश्राम लिनेछैनँ।

मैले तपाईंलाई प्रेम गर्ने अठोट गरेको छु।

सबै विषय, सबै कुरा—यो सबै तपाईंकै हातमा छ;

मेरो नियति तपाईंकै हातमा छ र मेरो यो जीवन तपाईंले आफ्नो हातमा राख्नुहुन्छ।

अब, म तपाईंलाई प्रेम गर्न चाहन्छु,

र तपाईंले आफूलाई प्रेम गर्ने अनुमति प्रदान गरे पनि या नगरे पनि,

शैतानले जसरी हस्तक्षेप गरे पनि,

म तपाईंलाई प्रेम गर्न प्रतिबद्ध छु।

अब, म मेरो भविष्यका सम्भावनाहरूप्रति कुनै ध्यान दिन्न,

न त म मृत्युको बन्धनमा नै छु।

तपाईंलाई प्रेम गर्ने हृदयको साथमा,

म जीवनको मार्ग खोजी गर्न चाहन्छु।

चाहे जे भए पनि, मैले तपाईलाई प्रेम गर्नैपर्छ

र मैले तपाईलाई प्राप्त गर्नैपर्छ;

जबसम्म म तपाईलाई प्राप्त गर्दिनँ तबसम्म म विश्राम लिनेछैनँ।

मैले तपाईंलाई प्रेम गर्ने अठोट गरेको छु।

म आफै तपाईलाई खोज्न र तपाईकाे पछि लाग्न इच्छुक छु।

अहिले यदि तपाईले मलाई त्याग्न चाहनुहुन्छ भने पनि, म तपाईलाई पछ्याइरहनेछु।

तपाईले मलाई चाहनुभए पनि नचाहनुभए पनि, म अझै पनि तपाईलाई प्रेम गरिरहनेछु,

अनि आखिरमा मैले तपाईलाई प्राप्त गर्नैपर्छ।

म मेरो हृदय तपाईमा अर्पण गर्दछु, र तपाईले जे गर्नुभए पनि,

म मेरो सम्पूर्ण जीवनभरि तपाईलाई पछ्याउनेछु।

चाहे जे भए पनि, मैले तपाईलाई प्रेम गर्नैपर्छ

र मैले तपाईलाई प्राप्त गर्नैपर्छ;

जबसम्म म तपाईलाई प्राप्त गर्दिनँ तबसम्म म विश्राम लिनेछैनँ।

मैले तपाईंलाई प्रेम गर्ने अठोट गरेको छु।

चाहे जे भए पनि, मैले तपाईलाई प्रेम गर्नैपर्छ

र मैले तपाईलाई प्राप्त गर्नैपर्छ;

जबसम्म म तपाईलाई प्राप्त गर्दिनँ तबसम्म म विश्राम लिनेछैनँ।

मैले तपाईंलाई प्रेम गर्ने अठोट गरेको छु।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्