परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६१०

30 अप्रिल 2021

मलाई एकदमै धेरै आशा छ। म आशा गर्दछु कि तिमीहरूले उचित र शिष्ट तवरले व्यवहार गर्छौ, विश्‍वसनीय रूपले आफ्नो कर्तव्य पूरा गर्छौ, सत्यता र मानवता हासिल गर्छौ, यस्ता मानिस बन्छौ जसले परमेश्‍वरको लागि आफूसँग भएका सबै कुरा र ज्यानै पनि त्याग्न सक्छ, र यस्तै-यस्तै अन्य कुराहरू गर्नेछौ। यी सबै आशाहरू तिमीहरूका अपर्याप्तताहरू अनि तिमीहरूका भ्रष्टता र अवज्ञाबाट आएका हुन्। यदि मैले तिमीहरूसँग गरेका कुनै पनि संवादहरूले तिमीहरूको ध्यान खिच्न अपर्याप्त रहेका छन् भने, सम्भवतः मैले अब गर्न सक्ने सबै कुरा भनेको थप केही नबोल्नु मात्र हो। तथापि, त्यसको परिणाम के हुन्छ भनेर तिमीहरू बुझ्छौ। म त्यति धेरै पटक थकाइ मार्दिनँ, त्यसैले यदि म बोल्दिन भने मानिसहरूले हेर्नको लागि म केही गर्नेछु। म कसैको जिब्रो कुहाउन सक्छु, वा कसैलाई अङ्गभङ्ग भई मर्ने बनाउन सक्छु, वा मानिसहरूलाई स्नायु अपाङ्गता दिलाउन सक्छु अनि तिनीहरूलाई धेरै तवरमा कुरूप देखिने बनाउन सक्छु। त्यसपछि पनि फेरि, म मानिसहरूलाई पीडा सहन लगाउन सक्छु जुन मैले विशेष गरी तिनीहरूकै लागि भनेर तयार गरेको छु। यसरी म खुशी हुन्थें, धेरै खुशी हुन्थें, र एकदमै धेरै सन्तुष्ट हुन्थें। सधैँ भनिएको छ कि “राम्रोलाई राम्रैले अनि दुष्टतालाई दुष्टताले नै तिरिन्छ”, त्यसो भए अहिले किन त्यसो नगर्ने? यदि तैँले मलाई विरोध गर्न चाहन्छस् र मलाई केही न्याय गर्छस् भने म तेरो मुख कुहाइदिनेछु, र त्यसले मलाई अत्याधिक खुशी दिलाउनेछ। यस्तो किन हो भने अन्ततः तैँले जे गरेको छस् त्यो सत्यता हुँदै-होइन, जीवनसँग यसको कुनै सम्बन्ध हुने कुरा त परै जाओस्, जबकी मैले गर्ने हरेक कुराहरू सत्यता हुन्; मेरा सबै कार्यहरू मेरो काम र मैले तयार गरेको प्रशासनिक नियमहरूको सिद्धान्तहरूसँग सम्बन्धित छन्। त्यसकारण, म तिमीहरू प्रत्येकलाई केही सद्गुण एकत्रित गर्न, त्यति धेरै दुष्टताको कार्य नगर्न र फुर्सदको समयमा मेरा मागहरूको बारेमा ध्यान दिन आग्रह गर्छु। त्यसपछि म आनन्दित महसुस गर्नेछु। यदि तिमीहरूले देहमा लगाउने प्रयत्नको एक हजारको एक भाग मात्र सत्यताको लागि योगदान (वा दान) गर्नुपर्थ्यो भने म त भन्छु, तैँले बारम्बार अपराधहरू गर्ने थिइनस् र तेरा मुखहरू कुहिएका हुने थिएनन्। के यो स्पष्ट छैन र?

तैँले जति धेरै अपराधहरू गर्छस् त्यति नै थोरै राम्रो गन्तव्य प्राप्त गर्ने अवसरहरू पाउनेछस्। यसको विपरीत, तैँले जति थोरै अपराधहरू गर्छस् त्यति नै धेरै परमेश्‍वरबाट तेरो प्रशंसा हुने सम्भावना हुन्छ। यदि तेरा अपराधहरू मैले तँलाई क्षमा दिनै नसक्ने हदसम्म बढ्दै जान्छ भने तैँले क्षमा हुने आफ्‍नो मौका पूर्ण रूपमा गुमाइसकेको हुनेछस्। यसै गरी, तेरो गन्तव्य पनि माथि हुँदैन, तल हुन्छ। यदि तैँले मलाई विश्‍वास गर्दैनस् भने तँ साहसी बन् र गलत काम गर्, अनि हेर् तैँले त्यसबाट के पाउँछस्। यदि तँ सत्यताको अभ्यास गर्ने निष्कपट व्यक्ति होस् भने तैँले निश्चय पनि तेरा अपराधहरूको लागि क्षमा पाउने अवसर प्राप्त गर्नेछस्, र तैँले झनझन कम मात्र अवज्ञा गर्नेछस्। यदि तँ सत्यताको अभ्यास गर्न अनिच्‍छुक व्यक्ति होस् भने, अवश्य पनि परमेश्‍वरसामु तेरा अपराधहरूको संख्या बढ्नेछ र तैँले तबसम्‍म झन्-झन् बढी अवज्ञा गर्दै जानेछस् जबसम्‍म तँ तेरो सीमिततामा पुग्छस्, जुन तेरो पूर्ण विनाशको समय हुनेछ। यो त्यही समय हुनेछ जब आशिष्‌हरू प्राप्त गर्ने तेरो मीठो सपना चकनाचूर हुनेछ। आफ्ना अपराधहरूलाई केवल अपरिपक्व वा मूर्ख व्यक्तिले गरेका गल्तीहरूको रूपमा मात्रै नमान्; तैँले आफ्नो कमजोर क्षमताले यसो गर्न असम्भव बनाएकोले गर्दा आफूले सत्यताको अभ्यास गरिन भन्ने बहानाबाजी नगर्। यसबाहेक, तैँले गरेका अपराधहरूलाई केवल त्योभन्दा राम्रो केही थाहा नभएको व्यक्तिले गरेका कार्यहरूको रूपमा नमान्। यदि तँ आफूलाई क्षमा गर्न र आफूलाई उदारताका साथ व्यवहार गर्नमा खप्पिस छस् भने म त भन्छु तँ एक काँतर होस् जसले कहिल्यै पनि सत्यता हासिल गर्नेछैन, न त कहिल्यै तेरा अपराधहरूले तेरो पिछा गर्न नै छाड्नेछन्; तिनीहरूले तँलाई सधैँ सत्यताका मागहरू पूरा गर्नबाट रोक्नेछन्, र तँलाई सधैँको लागि शैतानको बफादार रहने बनाउनेछन्। अझै पनि तेरो लागि यो मेरो सुझाव हो: आफ्ना लुकेका अपराधहरूलाई देख्न नसकी आफ्नो गन्तव्यमा मात्र ध्यान नदे; अपराधहरूलाई गम्भीर रूपमा हेर्, र तीमध्ये कुनै पनि अपराधलाई आफ्नो गन्तव्यको सरोकारको कारण बेवास्ता नगर्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्