परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६०८

30 अप्रिल 2021

मैले तिमीहरूलाई धेरै चेतावनीहरू दिएको छु र तिमीहरूलाई जित्ने मनसाय भएका धेरै सत्यहरू तिमीहरूलाई प्रदान गरेको छु। अहिले सम्ममा, तिमीहरू सबैले तिमीहरू विगतमा भन्दा अत्यन्तै धेरै समृद्ध भएको महसुस गर्छौ, तिमीहरूले व्यक्ति कस्तो हुनुपर्छ भन्ने बारेका धेरै सिद्धान्तहरू बुझेका छौ, र तिमीहरूले धेरै हदसम्म विश्‍वसनीय मानिसहरूसँग हुनुपर्ने सामान्य सुझबुझ प्राप्त गरेका छौ। यी सबै ती कटनी हुन् जुन तिमीहरूले धेरै वर्षको अन्तरालमा जम्मा गरेका हौ। म तिमीहरूका उपलब्धिहरूलाई इन्कार गर्दिन, तर मैले खुलस्त रूपमा यो पनि भन्नुपर्छ कि यी धेरै वर्षहरूको अन्तरालमा तिमीहरूले म विरुद्ध गरेका असंख्य अवज्ञाहरू र विद्रोहहरूलाई पनि नकार्दिनँ, किनभने तिमीहरू माझमा एक जना पनि सन्त छैन। तिमीहरू शैतानले भ्रष्ट पारेका मानिसहरू हौ भन्‍नेमा कुनै अपवाद छैन; तिमीहरू ख्रीष्टका शत्रुहरू हौ। आजको मितिसम्ममा तिमीहरूका अपराधहरू र अवज्ञाहरू अनगिन्ती भएका छन्, त्यसैले मैले तिमीहरूलाई निरन्तर सताइरहेको छु भन्‍ने कुरालाई विरलै मात्र अनौठो मान्न सकिन्छ। म यस्तो तरिकाले तिमीहरूसँग सह-अस्तित्वमा रहन सक्दिन—तर तिमीहरूको भविष्यको निम्ति, तिमीहरूको गन्तव्यहरूको निम्ति, म, यहाँ र अहिले, फेरि एक पटक म तिमीहरूलाई झिज्याउँछु। म आशा गर्छु कि तिमीहरूले मलाई सन्तुष्ट पार्नेछौ र अझ भन्ने हो भने, तिमीहरूले मेरा हरेक वाणीहरूमा विश्‍वास गर्न सक्‍नेछौ र मेरा वचनहरूको गहन तात्पर्य बुझ्नेछौ। मैले जे भन्छु त्यसमा शङ्का नगर, मेरा वचनहरूलाई मन लागे टिप्ने अनि मन लागे हुत्ताइफाल्‍ने त झन् गर्दै-नगर; म यस कार्यलाई सहन सक्दिन। मेरा वचनहरूलाई जाँच नगर, र तिनीहरूलाई हल्का रूपले लिने वा मैले सधैँ तिमीहरूलाई प्रलोभनमा पार्दैछु भन्ने कुरा गर्दै-नगर, वा त्योभन्दा खराब रूपमा, मैले तिमीहरूलाई जे भने त्यसलाई गलत छ भनेर त झन् भन्दै नभन। यी कुराहरूलाई पनि म सहन सक्दिन। तिमीहरूले, मेरा वचनहरूलाई कहिल्यै पनि सराहना नगर्ने अनि मलाई सधैँ उपेक्षा गर्ने कार्य गर्दै, मलाई र मैले भनेका कुराहरूलाई शङ्काको दृष्टिले व्यवहार गर्ने भएकोले म तिमीहरू प्रत्येकलाई पूर्ण गम्भीरताका साथ भन्छु: मैले जे भन्छु त्यसलाई दर्शनशास्‍त्रसँग नजोड; मेरा वचनहरूलाई छलीहरूको झूटसँग नजोड। अवहेलनाको साथमा मेरा वचनहरूको प्रत्युत्तर दिने कार्य त झन् गर्दै-नगर। शायद भविष्यमा कसैले पनि तिमीहरूलाई मैले जे भन्दैछु त्यो भन्न सक्नेछैन वा तिमीहरूसँग यति उदारताका साथ बोल्न सक्नेछैन, अर्थात् यी बुँदाहरूमा यति धैर्यताका साथ तिमीहरूलाई डोर्याउने कुरा त परै जाओस्। तिमीहरूले राम्रो समयको सम्झना गर्दै आउने ती दिनहरू बिताउनेछौ, वा घ्वाँ-घ्वाँ जोडले रुँदै वा पीडामा अइयाअइया भन्दै बस्नेछौ, वा तिमीहरू सत्य वा जीवनको एक त्यान्द्रो समेत बन्दोबस्त नभइकनै अन्धकार रातमा बाँचिरहेका हुनेछौ वा केवल निराशाका साथ प्रतीक्षा गरिरहेका हुनेछौ, वा तिमीहरूले सम्पूर्ण विवेक गुमाएकोमा अत्यन्तै नमीठो अफसोस मान्दै बसिरहेका हुनेछौ…। वास्तवमा तिमीहरूमध्ये कोही पनि यी सम्भावनाहरूबाट उम्कन सक्दैनौ। किनभने तिमीहरूमध्ये कसैले पनि परमेश्‍वरलाई साँचो रूपले आराधना गर्ने स्थान ओगट्दैनौ बरु तिमीहरूका विश्‍वास, तिमीहरूका आत्मा, प्राण, र शरीरमा जीवन र सत्यतासँग कुनै सम्बन्ध नै नभएका र वास्तवमा तिनका विपरीत हुने धेरै कुराहरू मिसाउँदै आफैलाई दुराचार र दुष्टताको संसारमा डुबाउँछौ। त्यसकारण तिमीहरूको लागि म के आशा गर्छु भने तिमीहरूलाई ज्योतिको पथमा ल्याउन सकियोस्। मेरो एकमात्र आशा भनेको तिमीहरू आफ्नो बन्दोबस्ती, आफ्नो हेरविचार आफैले गर्न सक्षम होऊ अनि तिमीहरूले तिमीहरूका व्यवहार र अपराधहरूप्रति उदासीनता प्रकट गर्दै तिमीहरूको गन्तव्यमा मात्र धेरै जोड नेदेऊ भन्ने हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ

मानिसहरूले ज्योतिको मार्ग प्राप्त गरून् भनी परमेश्‍वर आशा गर्नुहुन्छ

पद १

परमेश्‍वरले धेरै चेतावनी र तिमीहरूलाई विजय गर्न धेरै सत्यता दिनुभएको छ। अहिले सम्ममा तिमीहरूमा मानिसको सामान्य समझ, सिद्धान्त छन्, विगत भन्दा धेरै समृद्ध छौ।

पद २

वर्षौँदेखि यो प्राप्त गरेका छौ, उहाँ तिमीहरूका उपलब्धि इन्कार गर्नुहुन्न। तर तिमीहरूको विद्रोह पनि जान्नुहुन्छ, कारण तिमीहरू माझ एउटै सन्त छैन। निस्सन्देह, शैतानद्वारा भ्रष्ट तुल्याइएका, ख्रीष्टका शत्रु हौ।

कोरस

तिमीहरूलाई ज्योतिको मार्गमा ल्याउन सकिन्छ, आफ्नो हेरचाह गर्न सक्छौ भनी उहाँ आशा गर्नुहुन्छ। आफ्नो आचरण र अपराधलाई उदासीनताका साथ हेर्दै गन्तव्यबारे धेरै गम्भीर नहोऊ।

पद ३

तिम्रो गन्तव्यको खातिर, उहाँ अब आफ्ना वचन दोहोर्याउनुहुन्छ। उहाँलाई बुझ्छौ, वचनका गहन अर्थलाई बुझी विश्‍वास गर्छौ भनी उहाँ आशा गर्नुहुन्छ।

पद ४

भविष्यमा, कसैले उहाँले भन्नुहुने कुरा, यति दयाका साथ भन्नेछैन, वा धैर्यताका साथ, तिमीहरूलाई डोर्याउने छैन। भविष्य पीडामा रोएर वा राम्रा दिन सम्झेर बिताउनेछौ, सत्यताको त्यान्द्रो बिना अन्धकारमा, निराशाका साथ कुर्नेछौ।

ब्रिज

सब समझ गुमाएर, पछुतोमा बसौला। कोही पनि यी परिणामबाट उम्कन सक्तैन।

कोरस

तिमीहरूलाई ज्योतिको मार्गमा ल्याउन सकिन्छ, आफ्नो हेरचाह गर्न सक्छौ भनी उहाँ आशा गर्नुहुन्छ। आफ्नो आचरण र अपराधलाई उदासीनताका साथ हेर्दै गन्तव्यबारे धेरै गम्भीर नहोऊ।

पद ५

कसैले साँच्चै उहाँलाई आराधना गर्दैनौ, तर आफूलाई दुष्टतामा डुबाउँछौ, तिम्रो विश्‍वास, आत्मा, प्राण, देह सँग धेरै कुरा मिसिन्छन्, जसको जीवन र सत्यतासँग कुनै सम्बन्ध छैन तर बिल्कुल विपरित छन्।

कोरस

तिमीहरूलाई ज्योतिको मार्गमा ल्याउन सकिन्छ, आफ्नो हेरचाह गर्न सक्छौ भनी उहाँ आशा गर्नुहुन्छ। आफ्नो आचरण र अपराधलाई उदासीनताका साथ हेर्दै गन्तव्यबारे धेरै गम्भीर नहोऊ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ” बाट परिमार्जित

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्