परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५९४

2 मे 2021

प्रारम्भमा, परमेश्‍वर विश्राममा हुनुहुन्थ्यो। त्यस बेला पृथ्वीमा कुनै मानव वा कुनै अरू थोकहरू थिएनन्, र परमेश्‍वरले अझै कुनै काम गर्नुभएको थिएन। मानवजाति अस्तित्वमा आएपछि र मानवजाति भ्रष्ट भएपछि मात्र उहाँले आफ्‍नो व्यवस्थापनको काम सुरु गर्नुभयो; त्यस घडीदेखि उहाँले विश्राम लिनुभएन, बरु मानवजातिमाझ व्यस्त हुन थाल्नुभयो। मानवजातिको भ्रष्टताले गर्दा साथै प्रधान स्वर्गदूतको विद्रोहले गर्दा परमेश्‍वरले आफ्‍नो विश्राम गुमाउनुभयो। यदि परमेश्‍वरले शैतानलाई परास्त गर्नुहुन्न र भ्रष्ट भएको मानवजातिलाई मुक्त गर्नुहुन्न भने, उहाँ फेरि कहिल्यै पनि विश्राममा प्रवेश गर्न सक्षम हुनुहुनेछैन। जसरी मानिसलाई विश्रामको कमी छ, त्यसरी नै परमेश्‍वरलाई पनि विश्रामको कमी छ, र जब उहाँले फेरि विश्राम गर्नुहुन्छ, मानवले पनि विश्राम गर्नेछ। विश्राममा जिउनुको अर्थ युद्धरहित, अशुद्धतारहित र कुनै विद्यमान अधार्मिकता रहितको जीवन हो भन्ने हुन्छ। भन्नुको तात्पर्य, यो शैतानको विघ्न-बाधाहरू (यहाँ “शैतान” शब्दले शत्रुका शक्तिहरूलाई जनाउँछ) र शैतानको भ्रष्टताविनाको जीवन हो, अनि यो परमेश्‍वरको कुनै विरोधी शक्तिको आक्रमणको जोखिममा हुने जीवन होइन; यो सबै थोकले आफ्नै तरिका अनुसरण गर्ने र सृष्टिको प्रभुको आराधना गर्न सक्ने जीवन हो, र जसमा स्वर्ग र पृथ्वी पूर्ण रूपमा शान्त हुन्छन्—“मानवको विश्रामपूर्ण जीवन” शब्दहरूको तात्पर्य यही हो। जब परमेश्‍वरले विश्राम गर्नुहुन्छ, तब पृथ्वीमा अधार्मिकता विद्यमान रहनेछैन, अनि शत्रुका शक्तिहरूबाट कुनै अरू आक्रमण हुनेछैनन्, र मानवजाति एउटा नयाँ राज्यमा प्रवेश गर्नेछ—उप्रान्त मानवजाति शैतानद्वारा भ्रष्ट पारिएको हुनेछैन, बरु शैतानद्वारा भ्रष्ट पारिएपछि मुक्त गरिएको मानवजाति हुनेछ। मानवजातिको विश्रामको दिन नै परमेश्‍वरको पनि विश्रामको दिन हुनेछ। परमेश्‍वर मौलिक रूपमा नै विश्राम गर्न असक्षम हुनुभएकोले होइन, तर विश्राममा प्रवेश गर्न मानवजातिको असक्षमताले नै उहाँले आफ्‍नो विश्राम गुमाउनुभएको हो। विश्राममा प्रवेश गर्नुको अर्थ सबै थोक ठप्प हुन्छ वा विकसित हुन नै रोकिन्छ भन्ने होइन, न त यसको आशय, परमेश्‍वरले काम गर्न छोड्नुहुन्छ वा मानव जिउन छोड्छ भन्ने नै हो। शैतानलाई नष्ट गरिनु, यसको दुष्कर्मका सरिक हुने दुष्ट मानिसहरूलाई दण्डित गर्नु र निमिट्यान्न पार्नु साथै परमेश्‍वरको सारा शत्रुका शक्तिहरू अस्तित्वमा नरहनु नै विश्राममा प्रवेश गरिएको सङ्केत हुनेछ। परमेश्‍वर विश्राममा प्रवेश गर्नुको अर्थ उहाँले मानवजातिको मुक्तिको निम्ति यस उप्रान्त उहाँको काम नगर्नु हो भन्ने हुन्छ। मानवजाति विश्राममा प्रवेश गर्नुको अर्थ सबै मानवजाति परमेश्‍वरको ज्योतिभित्र र उहाँको आशिषहरूमुनि, शैतानको भ्रष्टताविना जिउनेछन् र कुनै अधार्मिकता हुनेछैन भन्ने हो। परमेश्‍वरको हेरचाहमुनि, मानव पृथ्वीमा सामान्य रूपमा जिउनेछन्। जब परमेश्‍वर र मानवजाति एकसाथ विश्राममा प्रवेश गर्छन्, यसको अर्थ मानवजातिलाई मुक्त गरिएको छ, शैतानलाई नष्ट पारिएको छ र मानवमा परमेश्‍वरको काम पूर्ण रूपमा पूरा भएको छ भन्ने हुन्छ। परमेश्‍वरले यस उप्रान्त मानवमा काम गर्नुहुनेछैन र तिनीहरू शैतानको अधिकार-क्षेत्रमुनि रहनेछैनन्। त्यसै गरी, परमेश्‍वर यस उप्रान्त व्यस्त हुनुहुनेछैन, र मानव अनवरत गतिमा हुनेछैन; परमेश्‍वर र मानव एकैसाथ विश्राममा प्रवेश गर्नेछन्। परमेश्‍वर उहाँको मौलिक स्थानमा फर्कनुहुनेछ, र हरेक व्यक्ति तिनीहरूको आ-आफ्नो ठाउँमा फर्कनेछन्। परमेश्‍वरको समग्र व्यवस्थापन सिद्धिएपछि परमेश्‍वर र मानव बसोबास गर्ने गन्तव्यहरू यी नै हुन्। परमेश्‍वरसँग परमेश्‍वरकै गन्तव्य छ र मानवसँग मानवकै गन्तव्य छ। विश्राम गरिरहँदा, परमेश्‍वरले सबै मानवलाई पृथ्वीमा तिनीहरूको जीवनमा मार्गदर्शन गरिरहनुहुनेछ र उहाँको ज्योतिमा हुँदा, तिनीहरूले स्वर्गमा हुनुहुने एक मात्र साँचो परमेश्‍वरको आराधना गर्नेछन्। उप्रान्त, परमेश्‍वर मानवजातिको माझमा बस्नुहुनेछैन, न त मानिसहरू परमेश्‍वरसँगै उहाँको गन्तव्यमा बस्नेछन्। परमेश्‍वर र मानव उही क्षेत्रभित्र रहन सक्‍नुहुन्‍न; बरु, दुवैको आ-आफ्नै जिउने शैली हुन्छ। परमेश्‍वरले नै सारा मानवजातिलाई मार्गदर्शन गर्नुहुनेछ, र सारा मानवजाति नै परमेश्‍वरको व्यवस्थापन कार्यको चरमता हो। नेतृत्व गरिनेहरू मानव नै हुन् र उनीहरू परमेश्‍वरकै सारका हुँदैनन्। “विश्राम” गर्नुको अर्थ उसको आफ्नै मौलिक स्थानमा फर्कनु हो। यसकारण, जब परमेश्‍वर आफ्‍नो विश्राममा प्रवेश गर्नुहुन्छ, तब यसको अर्थ, उहाँ आफ्‍नो मौलिक स्थानमा फर्कनुभएको छ भन्ने हुन्छ। उहाँ उप्रान्त पृथ्वीमा बस्नुहुनेछैन वा मानवजातिको आनन्द र कष्टमा संलग्न हुन मानवजातिमाझ रहनुहुनेछैन। जब मानव विश्राममा प्रवेश गर्छन्, यसको अर्थ उनीहरू सृष्टिको साँचो पात्रहरू हुनेछन् भन्ने हो; तिनीहरूले पृथ्वीबाट नै परमेश्‍वरको आराधना गर्नेछन् र सामान्य जीवन जिउनेछन्। मानिसहरू उप्रान्त परमेश्‍वरप्रति अनाज्ञाकारी हुनेछैनन् वा तिनीहरूले उहाँको प्रतिरोध गर्नेछैनन्, अनि आदम र हव्वाको मौलिक जीवनतिर फर्कनेछन्। विश्राममा प्रवेश गरेपछि परमेश्‍वर र मानवका आ-आफ्‍नो जीवन र गन्तव्यहरू यिनै हुनेछन्। शैतान र परमेश्‍वर बीचको युद्धमा शैतानको हार अपरिहार्य छ। यस्तै, परमेश्‍वरको व्यवस्थापन कार्यको पूर्णता र विश्राममा मानवजातिको पुर्ण मुक्ति र प्रवेशपछि विश्राममा हुने परमेश्‍वरको प्रवेश पनि अनिवार्य छन्। मानवजातिको विश्रामको स्थान पृथ्वी हो र परमेश्‍वरको विश्रामको स्थान स्वर्ग हो। मानवले विश्राममा रहनुहुने परमेश्‍वरको आराधना गर्दा, तिनीहरू पृथ्वीमा बस्नेछन्, र परमेश्‍वरले बाँकी मानवलाई विश्राममा डोर्‍याउनुहुँदा, उहाँले उनीहरूलाई पृथ्वीबाट होइन स्वर्गबाट अगुवाइ गर्नुहुनेछ। परमेश्‍वर अझै पनि आत्मा नै हुनुहुनेछ, जबकि मानव अझै पनि देहमा नै हुनेछन्। परमेश्‍वर र मानव फरक-फरक किसिमले विश्राममा रहनुहुन्छ। परमेश्‍वर विश्राम हुनुहुँदा, उहाँ मानवको माझमा आउनुहुनेछ र देखा पर्नुहुनेछ; मानव विश्राम हुँदा, स्वर्ग भ्रमणमा जान साथै त्यहाँको जीवनको आनन्द लिन परमेश्‍वरले तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ। परमेश्‍वर र मानवजाति विश्राममा प्रवेश गरेपछि, शैतान अस्तित्वमा हुनेछैन; त्यसै गरी, ती दुष्ट मानिसहरू पनि अस्तित्वमा रहन छोड्नेछन्। परमेश्‍वर र मानवजाति विश्राममा प्रवेश गर्नुअघि पृथ्वीमा परमेश्‍वरलाई सताउनेहरू साथै उहाँका अनाज्ञाकारी भएका शत्रुहरूलाई पहिले नै नष्ट गरिएको हुनेछ; तिनीहरूलाई आखिरी दिनहरूको महाविपत्तिहरूद्वारा निर्मूल गरिएको हुनेछ। ती दुष्ट मानिसहरूलाई पूर्ण रूपमा नष्ट पारेपछि, पृथ्वीले शैतानको उत्पीडन कहिल्यै पनि भोग्नेछैन। त्यसपछि मात्र मानवजातिले पूर्ण मुक्ति हासिल गर्नेछ र परमेश्‍वरको काम पूर्ण रूपमा सिद्धिनेछ। परमेश्‍वर र मानवजाति विश्राममा प्रवेश गर्नको लागि पूरा गरिने पूर्वसर्तहरू यी नै हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्