परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५८३

3 मे 2021

मेरो ज्योतिमा, मानिसहरूले फेरि ज्योति देख्छन्। मेरो वचनमा, मानिसहरूले आफूलाई आनन्द लाग्ने थोकहरू भेट्टाउँछन्। म पूर्वबाट आएको हुँ, म पूर्वबाट आउँछु। मेरो महिमा चम्कँदा, सबै राष्ट्रहरू उज्यालो हुनेछन्, सबैलाई ज्योतिमा ल्याइन्छ, एउटै पनि कुरा अन्धकारमा रहनेछैन। राज्यमा, परमेश्‍वरका मानिसहरूले उहाँसँग जिउने जीवन नाप्नै नसकिने गरी आनन्दमय हुन्छ। ती मानिसहरूको आशिषित जीवनमा पानीहरू आनन्दले नाच्छन्, पहाडहरू मेरो प्रशस्ततामा मानिसहरूसँगै आनन्दित हुन्छन्। सबै मानिसहरूले प्रयास गरिरहेका छन्, कडा परिश्रम गरिरहेका छन्, मेरो राज्यमा आफ्नो बफादारी देखाइरहेका छन्। परमेश्‍वरको राज्यमा उप्रान्त विद्रोह हुँदैन, कुनै विरोध हुँदैन; आकाश र पृथ्वी एकअर्कामा निर्भर हुन्छन्, मानिस र म एकअर्कामा अडेस लाग्दै जीवनका मीठो सुखको गहिरो भावनामा घनिष्ठ हुन्छौँ…। यस समयमा, म औपचारिक रूपमा स्वर्गमा मेरो जीवन सुरु गर्दछु। उप्रान्त शैतानको बाधा हुँदैन र मानिसहरू विश्राममा प्रवेश गर्छन्। सम्पूर्ण ब्रह्माण्डमा, मेरा चुनिएका मानिसहरू मेरो महिमामा, तुलना नै गर्न नसकिने आशिषमा, मानिसहरूबीच बस्ने मानिसहरू जस्तो होइन, तर परमेश्‍वरसँग बस्ने मानिसहरू जस्तो भएर जिउँछन्। सारा मानवजातिले शैतानको भ्रष्टता चाखेको छ अनि थेग्रोमा पुगिन्जेल जीवनको तीतो र मीठो पिएको छ। अब, मेरो ज्योतिमा जिएर कोचाहिँ आनन्दित हुन नसक्ला? यो सुन्दर क्षणलाई कसले हलकासाथ छोडिदिन र उम्कन दिन सक्छ? हे मानिसहरू हो! तिमीहरूका हृदयमा गीत गाओ र मेरो लागि आनन्दले नाच। तिमीहरूका निष्कपट हृदय उचाल र ती मलाई चढाओ! तिमीहरूको ढोल बजाओ र आनन्दसाथ मेरो निम्ति बजाओ। म सारा ब्रह्माण्डमा मेरो आनन्द चम्काउँछु! मानिसहरूलाई म मेरो महिमित अनुहार प्रकट गर्छु! म चर्को स्वरमा बोलाउनेछु! म ब्रह्माण्ड पार गर्नेछु! म पहिले नै मानिसहरूमाझ शासन गर्छु। म मानिसहरूद्वारा उच्च पारिन्छु! म माथि नीलो आकाशमा तैरिन्छु र मानिसहरू मसँग हिंड्नलाई जान्छन्। म मानिसहरूको माझ हिँड्छु र मेरा मानिसहरू मेरा वरिपरि हुन्छन्! मानिसहरूका हृदय आनन्दित छन्, तिनीहरूका गीतहरूले अन्तरिक्षलाई चिर्दै ब्रह्माण्डलाई हल्लाउँछन्! ब्रह्माण्ड अब कुहिरोमा ढाकिएको छैन; त्यहाँ अब हिलो छैन, फोहोर थुप्रिएको छैन। ब्रह्माण्डका पवित्र मानिसहरू! मेरो निरीक्षणमा तिमीहरू आफ्नो वास्तविक अनुहार देखाओ। तिमीहरू फोहोरले ढाकिएका मानिसहरू होइनौ, तर पवित्र मोतीजस्ता शुद्ध सन्तहरू हौ, तिमीहरू सबै मेरा प्रिय हौ, तिमीहरू सबै मेरो खुसी हौ! सबै थोकहरू फेरि जीवित हुन्छन्! सन्तहरू सबै मेरो न्यानो अङ्गालोमा प्रवेश गर्दै स्वर्गमा मेरो सेवा गर्न फर्केका छन्, अब रुवाइ हुनेछैन, अब चिन्ता हुनेछैन, आफूलाई ममा अर्पण गर्दै, मेरो घर फर्किरहेका छन् र तिनीहरूको आफ्ना मातृभूमिमा तिनीहरूले मलाई कुनै बाधाविना प्रेम गर्नेछन्! सारा अनन्तताभरि कहिल्यै परिवर्तन हुँदैन! दुःख कहाँ छ! आँसुहरू कहाँ छन्! देह कहाँ छ! पृथ्वी बितेर जान्छ, तर स्वर्ग सदासर्वदा रहन्छ। म सबै मानिसमा देखा पर्दछु र सबै मानिसले मेरो प्रशंसा गर्छन्। यो जीवन, यो सुन्दरता, अनन्त कालदेखि समयको अन्त्यसम्म परिवर्तन हुनेछैन। राज्यको जीवन यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, हे सबै मानिस हो, आनन्दित होओ!

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्