Nepali Christian Testimony Video | निर्णायक मोड
21 नोभेम्बर 2022
निर्णायक मोडमा, मुख्य पात्रको एक समय सुखी परिवार थियो, तर चिनियाँ कम्युनिष्ट पार्टीले सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई निन्दा र अपमान अनि विश्वासीहरूलाई गिरफ्तार गर्न थालेपछि, उनको परिवारका सदस्यहरूले त्यसमा फस्ने डरले उनको विश्वासको विरोध गर्न सकेजति सबै कुरा गर्छन्। उनका सासु-ससुराले दिनहुँ उनीप्रति अप्रसन्नता व्यक्त गर्छन्, उनका श्रीमानले परमेश्वरका वचनहरूको पुस्तक च्यातिदिन्छन् र हरेक मोडमा उनलाई तगारो हाल्छन्। उनको श्रीमानले उनीमाथि निगरानी राख्छन्, यहाँसम्म कि उनीमाथि हात उठाउँछन् र झण्डै उनको ज्यान लिन्छन्। अन्ततः उनको श्रीमानले उनलाई छुटनाम गर्ने धम्की दिन्छन् र उनलाई एक पैसा पनि दिँदैनन्। एकपछि अर्को निर्णायक मोड आइपर्दा, उनले के निर्णय गर्छिन्?
अन्य प्रकारका भिडियोहरू