Nepali Christian Song | सृजित प्राणीहरू परमेश्वरको अख्तियारप्रति समर्पित हुनुपर्छ
4 अगस्ट 2026
१
म सबै कुरा भस्म गर्ने आगो हुँ र म उल्लङ्घन सहँदिनँ। मानिसहरू सबै मद्वारा सृष्टि गरिएका हुनाले, म जे भन्छु र गर्छु, त्यसप्रति तिनीहरू समर्पित हुनैपर्छ र तिनीहरूले विरोध गर्नु हुँदैन। मानिसहरूलाई मेरो काममा हस्तक्षेप गर्ने अधिकार छैन, र मेरो काम र मेरा वचनहरूमा के सही वा के गलत छ भनी विश्लेषण गर्न त तिनीहरू झनै योग्य छैनन्। म सृष्टिकर्ता हुँ, र सृजित प्राणीहरूले मैले माग गरेका सबै कुरा मेरो डर मान्ने हृदयसहित हासिल गर्नुपर्दछ; तिनीहरूले मसँग बहस गर्ने कोसिस गर्नु हुँदैन, र विशेष रूपमा तिनीहरूले प्रतिरोध गर्नु हुँदैन। म मेरो अख्तियारद्वारा मेरा मानिसहरूलाई शासन गर्छु, र मैले बनाएका सबै सृजित प्राणी मेरो अख्तियारप्रति समर्पित हुनुपर्छ।
२
आज तिमीहरू मेरो सामु दुस्साहसी र धीरोद्धत भए पनि, जुन वचनहरूद्वारा म तिमीहरूलाई निर्देशन दिन्छु, तिमीहरूले तिनका विरुद्धमा विद्रोह गरे पनि र डर मान्न नजाने पनि, म सहनशीलताका साथ मात्रै तिमीहरूको विद्रोहीपनको सामना गर्छु; म साना, तुच्छ औँसाहरूले गोबर चलाएकै कारण आक्रोशित हुँदिनँ, र आफ्नो कामलाई प्रभावित हुन दिन्नँ। म आफ्नो पिताको इच्छाका खातिर मैले चरम घृणा गर्ने सबथोक र मैले तिरस्कार गर्ने सबै कुराको अस्तित्व सहन्छु, र म आफ्ना वाणीहरू पूर्ण नहुन्जेल, आफ्नो अन्तिम क्षणसम्मै त्यसो गर्नेछु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। जब झर्ने पातहरू तिनको जराहरूमा फर्कन्छन्, आफूले गरेका सबै दुष्ट कामका निम्ति तैँले पछुतो गर्नेछस्
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू