इसाई गीत | मानवजातिले परमेश्‍वरको अगुवाइलाई गुमाउनुका परिणामहरू

25 सेप्टेम्बर 2020

मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि

मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ।

मानवजातिलाई शासन गर्नका लागि विज्ञान र ज्ञान ‍औजार बनेका छन्,

र परमेश्‍वरलाई आराधना गर्न मानवका निम्ति त्यहाँ पर्याप्‍त स्थान छैन,

र परमेश्‍वरको आराधना गर्नका लागि त्यहाँ उपयुक्त परिस्थिति पनि छैन।

मानवको ह्रदयमा परमेश्‍वरको स्थान अझै तल भासिएको छ।

आफ्नो ह्रदयमा परमेश्‍वर नहुनुभएको हुनाले मानवको भित्री संसार अँध्यारो,

आशाहिन, र खाली भएको छ।

यसरी नै परमेश्‍वरले मानवलाई सृष्‍टि गर्नुभयो भन्‍ने सत्यताको विरोध गर्न,

मानवजातिका ह्रदयहरू र मनहरूलाई सामाजिक विज्ञानका सिद्धान्तहरू,

मानव विकासवादको सिद्धान्त,

र अन्य सिद्धान्तहरूले भर्न धेरै सामाजिक वैज्ञानिकहरू, इतिहासकारहरू,

र राजनीतिज्ञहरू अगाडि आएका छन्।

परमेश्‍वरले सबै थोकहरू सृष्‍टि गर्नुभयो भनी विश्‍वास गर्नेहरू पहिलेभन्दा नै थोरै भएका छन्,

र विकासवादको सिद्धान्तमा विश्‍वास गर्नेहरू संख्यामा पहिलेभन्दा धेरै भएका छन्।

पुरानो करारीय युगमा भएका परमेश्‍वरका काम र उहाँका वचनहरूका विवरणहरूलाई

धेरै मानिसहरूले दन्त्यकथा र पौराणिक कथाका रूपमा व्यवहार गरेका छन्।

परमेश्‍वरको गरिमा र महानता,

परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ र सबै थोकहरूमाथि उहाँको अधिकार छ भन्ने सिद्धान्तमा

मानिसहरू आफ्ना ह्रदयमा उदासीन बन्छन्।

मानवजातिको अस्तित्व र देशहरू र राज्यहरूका भविष्य

तिनीहरूका लागि महत्वपूर्ण रहँदैनन्,

र मानव केवल खाने, पिउने,

र सुखको खोजीमा मात्र सरोकार राखी खोक्रो संसारमा बस्छ। …

आज परमेश्‍वरले आफ्नो काम कहाँ गर्नुहुन्छ भनी केही मानिसहरूले मात्र खोज्छन्

वा मानवको गन्तव्यमा उहाँले कसरी नेतृत्व दिनुहुन्छ र प्रबन्ध मिलाउनुहुन्छ भनी खोजेका हुन्छन्।

मानवलाई थाहा नै नभई मानव सभ्यता

मानवका चाहनालाई काटन थोरै सक्षम हुन्छ,

अनि त्यहाँ धेरै मानिसहरू यस्ता पनि छन् जसले अनुभूति गर्छन् कि

यस किसिमको संसारमा जिउनुचाहिँ बितेर गइसकेकाहरूभन्दा पनि तिनीहरू कम खुशी छन्।

उच्‍च सभ्यता प्राप्‍त गरेका देशहरूका मानिसहरूले पनि यस किसिमका गुनासोहरू पोख्छन्।

किनभने परमेश्‍वरको मार्गदर्शन विना

शासकहरू र समाजशास्‍त्रीहरूले मानव सभ्यतालाई बचाउन तिनीहरूका दिमागहरूलाई जति नै तन्काए पनि

यसले कुनै फाइदा गर्दैन।

मानवको ह्रदयमा भएको खालीपनलाई कसैले पनि भर्न सक्दैन,

मानवको ह्रदयमा भएको खालीपनलाई कसैले पनि भर्न सक्दैन,

किनकि कोही पनि मानवको जीवन हुन सक्दैन,

र कुनै पनि सामाजिक सिद्धान्तले मानवलाई

ऊ पीडित भएको खालीपनबाट स्वतन्त्र पार्न सक्दैन।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्