Nepali Christian Song | मानवजातिले परमेश्‍वरको मार्गदर्शन गुमाउँदाको परिणाम | with lyrics

8 फेब्रुअरी 2022

मानवले सामाजिक विज्ञानहरू स्थापित गरेदेखि,

उसको मन विज्ञान र ज्ञानले भरिएको छ।

विज्ञान र ज्ञान

मानवको शासन गर्ने औजार बनेका छन्,

अब परमेश्‍वरको आराधना गर्न पर्याप्त ठाउँ

र उपयुक्त परिस्थिति छैन।

मानवको हृदयमा उहाँको स्थान अझै भासिएको छ।

मानवको हृदयमा उहाँ नहुनुहुदाँ, उसको भित्री संसार

अँध्यारो, आशा रहित र रित्तो छ।

अब उप्रान्त, धेरै सामाजिक वैज्ञानिक, इतिहासकार र राजनीतिज्ञहरू

सामाजिक विज्ञान, मानव विकास र अन्य सिद्धान्तहरू

व्यक्त गर्न अगाडि आएका छन्,

जसले परमेश्‍वरले मानवको सृष्टि गर्नुभएको सत्यको विरोध गर्छन्

मानवजातिको मन-मस्तिष्क भर्नको लागि।

यसरी, उहाँले सबै सृष्टि गर्नुभयो भनी विश्‍वास गर्ने थोरै भएका छन्

र विकासवादको सिद्धान्तमा विश्‍वास गर्ने धेरै भएका छन्।

अझै धेरैले पुरानो करारीय युगमा भएको उहाँको काम र वचनका

विवरणलाई दन्त्यकथा र किंवदन्तीको

रूपमा व्यवहार गर्छन्।

तिनीहरू हृदयमा, परमेश्‍वरको गरिमा र महानताप्रति र उहाँ अस्तित्वमा हुनुहुन्छ

र सबै थोकमाथि प्रभुत्व राख्नुहुन्छ भन्ने

सिद्धान्तप्रति उदासीन बन्छन्।

अब तिनका लागि मानवको अस्तित्व, देश

र राष्ट्रका नियति मुल्यवान छैनन् र मानिस

खोक्रो संसारमा बाँची, खाने, पिउने र सुखको

खोजीसँग मात्र सरोकार राख्छ।

थोरै मानिसले मात्र आज उहाँ कहाँ काम गर्नुहुन्छ,

कसरी मानव गन्तव्यलाई डोर्‍याएर

व्यवस्थित गर्नुहुन्छ भनी खोज्न निस्कन्छन्।

यसरी, मानवलाई थाहै नभई,

मानव सभ्यता उसको इच्छानुसार चल्न छाड्छ

र धेरै मानिस यस्ता पनि छन् जो

यस्तो संसारमा जिउँदा, बितिसकेकाहरू भन्दा

कम खुशी भएको महसुस गर्छन्।

अत्यन्त सभ्य देशहरूका मानिसहरू पनि

यस्तो गुनासो गर्छन्।

किनकि उहाँको मार्गदर्शन बिना,

शासक र समाजशास्त्रीहरूले मानव सभ्यता

बचाउन जति नै दिमाग तन्काए पनि

कुनै फाइदा छैन।

मानव हृदयको रित्तोपन कसैले भर्न सक्तैन,

मानव हृदयको रित्तोपन कसैले भर्न सक्तैन,

किनकि कोही मानवको जीवन हुन सक्तैन,

र कुनै सामाजिक सिद्धान्तले

मानवलाई पीडा दिने रित्तोपनबाट छुटाउन सक्तैन।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्