Christian Dance | मण्डली जीवन साँच्चै असल हुन्छ | Praise Song
31 अक्टोबर 2024
१
देहधारी सर्वशक्तिमान् परमेश्वर, हामी तपाईँको प्रशंसामा आफ्नो आवाज चर्को बनाउँछौँ।
स्वर्गको राज्यको भोजमा सहभागी हुन हामी तपाईँको सिंहासनसामु उठाइएका छौँ।
हामी तपाईँका वचनहरूद्वारा मलजल गरिएका छौँ र तपाईँको अपार प्रेमको आनन्द उठाउँछौँ;
हरदिन तपाईँसामु जिउँदा, हामी हृदयमा खुसी र मिठास महसुस गर्छौँ।
परमेश्वरका वचनहरूले हामीलाई नयाँ जीवनमा अगुवाइ गर्छन्।
उहाँका वचनहरू अभ्यास र अनुभव गर्दा
हामीले सत्यता निकै बहुमूल्य छ भन्ने बुझ्छौँ।
अब हामी सत्यता बुझ्छौँ र प्रावधानहरूले बाँधिएका छैनौँ,
त्यसैले हामी सत्यता अभ्यास गर्न, परमेश्वरमा समर्पित हुन, र स्वतन्त्रता र रिहाइ प्राप्त गर्न सक्छौँ।
ला…ला…ला…ला…
मण्डली जीवन साँच्चै हर्षपूर्ण हुन्छ
र हामी सारा अनन्तकालभर सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर्छौँ!
२
परमेश्वरको आखिरी दिनहरूको कामलाई स्विकार्न पाउनु साँचो सम्मानको कुरा हो।
परमेश्वरका वचनहरूको न्याय र सजाय अनुभव गर्दा,
हामी निकै भ्रष्ट छौँ भन्ने देख्छौँ।
हामीले परीक्षा र शोधनको कष्ट सहेका भए पनि,
हाम्रा शैतानी स्वभाव पखालिन्छन्।
हामी सत्यता वास्तविकतामा प्रवेश गर्दा, परमेश्वरका आशिष् देख्छौँ।
हामी सत्यता प्राप्त गर्छौँ र परमेश्वरको मुक्ति पाउँछौँ, नयाँ जीवन प्राप्त गर्छौँ।
आफ्नो भ्रष्टता फालेर अनि नयाँ मानिस बनेर,
हामी परमेश्वरको प्रेम निकै व्यावहारिक छ भन्ने अनुभव गर्छौँ।
हामी सत्यता प्राप्त गर्छौँ र स्वतन्त्र हुन्छौँ, हाम्रा हृदय हर्षले भरिन्छन्।
अन्धकारको प्रभावबाट उम्किन र परमेश्वरद्वारा प्राप्त गरिन पाउँदा
हामी साँच्चै आशिषित छौँ!
ला…ला…ला…ला…
मण्डली जीवन साँच्चै हर्षपूर्ण हुन्छ
र हामी सारा अनन्तकालभर सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर्छौँ!
३
दाजुभाइ-दिदीबहिनीहरू सौहार्दपूर्ण रूपमा सहकार्य गर्छन्, परमेश्वरका वचनहरूमा जिउँछन्;
हामी एक-अर्कालाई प्रेम र सहयोग गर्छौँ, हाम्रा हृदयबीच कुनै दूरी छैन।
हामी सत्यता अभ्यास गर्छौँ र इमानदार मानिस हुन
आफूलाई शुद्ध रूपमा खोल्छौँ, जसले परमेश्वरलाई खुसी बनाउँछ।
हामी छल, लेनदेन, वा मागहरूविना, बस परमेश्वरलाई प्रेम गर्छौँ।
दाजुभाइ-दिदीबहिनीहरू परमेश्वरको सुन्दर गवाही दिन हात मिलाउँछन्।
परमेश्वरको राज्य सुसमाचार फैलाउन हामी आफ्नो सम्पूर्ण अस्तित्व अर्पण गर्छौँ,
हामी पूरा हृदय र मनले आफ्नो कर्तव्य पूरा गर्छौँ, र परमेश्वरका अभिप्रायहरू पूरा गर्छौँ।
हामी बफादारीपूर्वक आफूलाई अन्त्यसम्मै परमेश्वरप्रति समर्पित गर्नेछौँ,
र सदा परमेश्वरलाई प्रेम गर्नेछौँ र उहाँको गवाही दिनेछौँ!
ला…ला…ला…ला…
मण्डली जीवन साँच्चै हर्षपूर्ण हुन्छ
र हामी सारा अनन्तकालभर सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर्छौँ!
४
परमेश्वरको न्याय मुक्ति हो, जसले हामीलाई पखाल्छ र मुक्ति दिन्छ।
परमेश्वरका वचनहरू सत्यता हुन् र हाम्रो जीवन बनेका छन्।
हामी हृदय र इमानदारीसाथ परमेश्वरको आराधना गर्छौँ र उहाँको उपस्थितिको ज्योतिमा जिउँछौँ।
ख्रीष्टको राज्य साँच्चै अद्भुत छ र हाम्रो न्यानो घर हो।
मण्डली जीवन जिउँदा हाम्रा हृदय अवर्णनीय रूपमा रमाउँछन्।
परमेश्वरको उपस्थिति र मार्गदर्शन हुनु निकै ठूलो आशिष् हो,
अनि परमेश्वरलाई प्रेम गर्नु र परमेश्वरको इच्छा पछ्याउनु जिउने सबैभन्दा आनन्ददायी तरिका हो।
मण्डली जीवन साँच्चै हर्षपूर्ण हुन्छ
र हामी सारा अनन्तकालभर सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर्छौँ!
ला…ला…ला…ला…
मण्डली जीवन साँच्चै हर्षपूर्ण हुन्छ
र हामी सारा अनन्तकालभर सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर्छौँ!
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू