Christian Dance | हे परमेश्वर! म तपाईँ बिना रहनै सक्दिनँ | Praise Song
30 अगस्ट 2024
१
परमेश्वरको आवाज सुनेर, म उहाँलाई स्वागत गर्छु र मेरो हृदयले साँच्चै आनन्दित महसुस गर्छ।
यो परमेश्वरको इमानदार प्रेम र उहाँका वचनहरू नै हुन्
जसले मेरो हृदयलाई पूर्ण रूपमा विजय गरेका छन्।
परमेश्वरका वचनहरू निकै बहुमूल्य छन् र ती मध्ये हरेक वचन सत्यता हो,
जसले मेरो हृदयलाई बलियो गरी समातेको छ।
परमेश्वरको प्रेमिलो स्वभाव देखेर, म प्रायः उहाँको प्रेमबारे सोच्छु।
२
परमेश्वरका वचनहरूको आनन्द लिँदै, म उहाँ सत्य हुनुहुन्छ भन्ने देख्छु;
उहाँको सुन्दर मुहारले प्रेम जगाउँछ।
परमेश्वरका वचनहरूले हामीलाई खुलासा, न्याय र काटछाँट गर्छन्;
उहाँका दयालु वचनहरूले हाम्रो हृदयलाई झक्झकाउँछन्।
मैले परमेश्वरको प्रेम चाखेको छु, र मेरो जीवन स्वभाव परिवर्तन भएको छ।
परमेश्वरको प्रेमले मेरो हृदय ओगट्छ; म उहाँ बिना रहनै सक्दिनँ।
३
सङ्कष्ट र परीक्षाहरूद्वारा म परमेश्वर प्रेमिलो हुनुहुन्छ
र उहाँको स्वभाव पवित्र र धर्मी छ भन्ने देख्छु।
परमेश्वरका वचनहरूद्वारा न्याय र परीक्षा गरिएपछि, म सत्यता र जीवन प्राप्त गर्छु।
मेरो भ्रष्ट स्वभाव पखालिन्छ,
र म परमेश्वरको दयालुपन र प्रेमिलो स्वभाव अझ बढी महसुस गर्छु।
म परमेश्वरलाई मेरो सारा हृदय र मनले प्रेम गर्नेछु,
र आफूलाई कुनै गुनासो बिना उहाँको योजनाबद्ध कार्यहरूको कृपामा राख्नेछु।
४
परमेश्वरको न्याय र सजायले मानवजातिलाई मुक्ति दिएका छन्;
परमेश्वरको प्रेम निकै महान्, निकै वास्तविक छ।
परीक्षा र शोधन धेरै भए पनि,
मसँग परमेश्वरका वचनहरूको मार्गदर्शन छ।
ठूला-ठूला सङ्कष्टहरूले पनि मलाई तर्साउँदैनन्।
मलाई परमेश्वरमा पूरा आस्था छ, र म मृत्युसम्मै उहाँलाई वफादारीपूर्वक पछ्याउनेछु।
परीक्षाहरू चाहे जति धेरै भए पनि, म ती सबै सहनेछु;
परमेश्वरका लागि मेरो हृदयमा भएको प्रेम कहिल्यै पनि परिवर्तन हुनेछैन।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू