2020 Christian Song | के सृष्टि गरिएका प्राणीहरूले परमेश्‍वरको नाम निर्धारण गर्न सक्छन्

13 डिसेम्बर 2020

परमेश्‍वरका धेरै वटा नाउँहरू छन्,

तर यी धेरै वटा नाउँले परमेश्‍वरको स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्न सक्दैनन्,

किनकि परमेश्‍वरको स्वभाव यति समृद्ध छ

कि त्यो मानिसको क्षमताले बुझ्न सक्नेभन्दा बढी छ।

मानिसले मानव जातिको कुनै पनि भाषा प्रयोग गरेर परमेश्‍वरलाई पूर्णरूपमा समेट्ने कुनै तरिका छैन।

मानव जातिले परमेश्‍वरको स्वभावको बारेमा जे जान्दछ ती सबैलाई समेट्न

तिनीहरूसित सीमित शब्दावली मात्र छ।

कुनै एउटा विशेष शब्द वा नाउँमा सम्पूर्ण रूपले परमेश्‍वरको प्रतिनिधित्व गर्ने क्षमता हुँदैन,

त्यसो भए के तँ उहाँको नाउँ निश्चित गर्न सकिन्छ भन्‍ने सोच्छस्?

उहाँ यति महान् र अति पवित्र हुनुहुन्छ,

तापनि तैँले उहाँलाई प्रत्येक नयाँ युगमा उहाँको नाउँ परिवर्तन गर्ने अनुमति दिँदैनस्?

परमेश्‍वरले व्यक्तिगत रूपमा आफ्नो काम गर्नुहुने प्रत्येक युगमा,

उहाँले युग सुहाउँदो एउटा नाउँ प्रयोग गर्नुहुन्छ,

जसले उहाँले गर्न चाहनुभएको कामलाई समेट्छ।

उहाँले त्यस युगमा उहाँको स्वभावको प्रतिनिधित्व गर्न

यो विशेष नाउँ प्रयोग गर्नुहुन्छ, जसको क्षणिक महत्त्व हुन्छ।

यो आफ्नो स्वभाव व्यक्त गर्न परमेश्‍वरले मानव जातिको भाषा प्रयोग गर्नुभएको हो।

त्यो दिन आउनेछ, जब परमेश्‍वरलाई यहोवा, येशू वा मसीह भनिनेछैन—

उहाँलाई सृष्टिकर्ता मात्र भनिनेछ।

त्यस बेला उहाँले पृथ्वीमा धारण गर्नुभएका सबै नाउँहरू समाप्त हुनेछ,

किनकि पृथ्वीमा उहाँको काम समाप्त भएको हुनेछ,

त्यसपछि उहाँको कुनै नाउँ हुनेछैन।

जब सबै थोक सृष्टिकर्ताको अधीनमा आउँदछन्,

उहाँलाई अत्याधिक उपयुक्त तर अपूर्ण नाउँ किन चाहिन्छ र?

के तँ अहिले पनि परमेश्‍वरको नाउँ खोजिरहेको छस्?

के तँ अझै पनि परमेश्‍वरलाई यहोवा मात्र भनिन्छ भन्ने हिम्मत गर्छस्?

के तँ अझै पनि परमेश्‍वरलाई येशू मात्र भनिन्छ भन्ने हिम्मत गर्छस्?

के तँ परमेश्‍वरको विरुद्धमा गरिने ईश्‍वर निन्दाको पाप सहन सक्छस्?

सुरुमा परमेश्‍वरको कुनै नाउँ थिएन भन्‍ने तँलाई थाहा हुनुपर्छ।

उहाँले केवल एउटा वा दुईवटा वा धेरै नाउँ लिनुभयो,

किनकि उहाँले गर्नुपर्ने काम थियो र मानव जातिलाई व्यवस्थापन गर्नुपर्थ्यो।

उहाँलाई जुनसुकै नाउँले बोलाए पनि—के उहाँले त्यो स्वतन्त्र रूपमा चुन्नुभएन र?

के त्यसको निर्णय गर्न उहाँलाई तेरो, अर्थात् उहाँको सृष्टिको आवश्यकता पर्छ?

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्