Nepali Christian Song 2022 | के परमेश्‍वरको नाम सृष्टित प्राणीहरूद्वारा निर्धारित गर्न सकिन्छ? | with lyrics

13 जनवरी 2022

पद १

परमेश्‍वरका धेरै नाम छन्,

तर यिनले उहाँको स्वभाव पूर्ण रूपमा व्यक्त गर्न सक्दैनन्।

किनकि उहाँको स्वभाव समृद्ध छ,

मानिसले उहाँलाई बुझ्ने क्षमतालाई त्यसले पार गर्छ।

मानव भाषा प्रयोग गरी,

उहाँलाई पूर्ण रूपमा समेट्न सकिन्न।

उहाँको स्वभाव बारे जानेको कुरा समेट्न,

मानवसँग सीमित शब्दावली मात्र छन्।

कोरस १

एउटा विशेष शब्द वा नामले,

उहाँलाई पूर्ण प्रतिनिधित्व गर्न सक्दैन।

के उहाँको नाम तय गर्न सकिन्छ भनी सोच्छौ?

उहाँ धेरै महान् र पवित्र हुनुहुन्छ,

अझैपनि उहाँलाई प्रत्येक नयाँ युगमा नाम परिवर्तन गर्न दिदैनौ?

पद २

उहाँ आफैले काम गर्नुहुने प्रत्येक युगमा,

आफूले गर्न चाहनुभएको काम समेट्नलाई,

युग सुहाउँदो नाम प्रयोग गर्नुहुन्छ।

त्यो युगमा उहाँको स्वभाव जनाउन,

त्यो युगको अर्थ दिने विशेष नाम प्रयोग गर्नुहुन्छ।

पूर्व कोरस

आफ्नो स्वभाव व्यक्त गर्न,

यो उहाँको मानव भाषाको प्रयोग हो।

कोरस २

त्यो दिन आउनेछ जब उहाँलाई यहोवा, येशू वा मसीह भनिनेछैन,

उहाँ मात्र सृष्टिकर्ता हुनुहुनेछ।

त्यसबेला उहाँले पृथ्वीमा धारण गर्नुभएका सबै नाम सकिनेछन्,

किनकि पृथ्वीमा उहाँको सबै काम सकिनेछ,

त्यसपछि उहाँका नाम रहनेछैनन्।

ब्रिज

सबै उहाँको प्रभुत्वमा आएपछि,

उहाँलाई निकै उपयुक्त तर अपूर्ण नाम किन चाहिन्छ र?

कोरस ३

के अहिले पनि उहाँको नाम जाँचिरहेको छौ?

के अझै उहाँलाई यहोवा मात्र भनिन्छ भन्ने हिम्मत गर्छौ?

के येशू मात्र भन्न सकिन्छ भन्ने हिम्मत गर्छौ?

के ईश्‍वर निन्दाको पाप धारण गर्न सक्छौ?

कोरस ४

तिमीलाई थाहा हुनुपर्छ, सुरुमा उहाँको कुनै नाम थिएन,

उहाँले मात्र एउटा, दुइटा वा धेरै नाम लिनुभयो,

किनकि उहाँले काम गर्नुपर्ने थियो, मानव व्यवस्थापन गर्नुपर्ने थियो।

जुनसुकै नामले बोलाइनु भएपनि— त्यो आफै स्वतन्त्र रूपमा चुन्नुभएन र?

के त्यसको निर्णय गर्न—उहाँको सृष्टि— तिम्रो आवश्यकता पर्थ्यो?

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्