Nepali Christian Testimony Video 2022 | प्रभुको पुनरागमनको सम्बन्धमा कसलाई सुन्‍नुपर्छ?

30 मार्च 2022

मुख्य पात्रले फेसबुकमा सर्वशक्तिमान परमेश्‍वरको मण्डलीका एक जना ब्रदर र एक जना सिस्टरसँग चिनाजान गर्ने मौका पाउँछिन्, र तिनीहरूको सङ्गति नयाँ र अन्तर्दृष्टिपूर्ण पाउँछिन्। उनले आत्मिक पोषण प्राप्त गर्छिन्, तर जब उनले सर्वशक्तिमान परमेश्‍वर फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनी उनीहरूले साक्षी दिएको सुन्छिन्, उनको पाष्टरले सर्वशक्तिमान परमेश्‍वरको मण्डलीविरुद्ध गरेको आलोचनाको बारेमा सोच्छिन्। उनी तुरुन्तै सचेत हुन्छिन् र यसलाई अनुसन्धान गरी हेर्ने हिम्मत गर्दिनन्। तर प्रार्थना र खोजको माध्यमबाट, उनले विश्‍वासमा सबै कुरा, विशेषगरी साँचो मार्गको खोजी गर्नेजस्तो महत्त्वपूर्ण कुरा परमेश्‍वरको वचनअनुसार गरिनुपर्छ भन्‍ने बुझ्छिन्। कुनै मानिसको वचनअनुसार काम गर्नु भनेको व्यक्तिलाई विश्‍वास गर्नु र पछ्याउनु हो। उनले सर्वशक्तिमान परमेश्‍वरको आखिरी दिनहरूको कामको अनुसन्धान गर्ने निर्णय गर्छिन्। सर्वशक्तिमान परमेश्‍वरका वचनहरू पढ्दा उनको शंका हट्छ, उहाँ नै फर्किनुभएका प्रभु येशू हुनुहुन्छ भनी उनी निश्‍चित हुन्छिन् र सर्वशक्तिमान परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्छिन्। सँगसँगै, उनी पाष्टर र एल्डरहरूको पाखण्डी, परमेश्‍वर-प्रतिरोधी सारको बारेमा सचेत हुन्छिन् र पादरीहरूलाई पछ्याएमा र उनीहरूको कुराहरूमा विश्‍वास गरेमा स्वर्गको राज्यमा प्रवेश गर्ने मौका खेर जानेछ भनेर बुझ्छिन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्