Christian Dance | हामी दाजुभाइ-दिदीबहिनीहरू परमेश्‍वरको प्रशंसा गर्छौँ | Praise Song

13 जुलाई 2024

हामी दाजुभाइ-दिदीबहिनीहरू निकै स्वतन्त्र र खुसी महसुस गर्दै एउटा नयाँ गीत गाउँछौँ।

हामी सजायका माझमा परमेश्‍वरको धार्मिकता देख्छौँ;

हामी हृदयको गहिराइबाट परमेश्‍वरको प्रशंसा गर्छौँ।

हामी दाजुभाइ-दिदीबहिनीहरू रमाउनु पर्छ,

हामी खुसीले उफ्रनुपर्छ, खुसीले उफ्रनुपर्छ,

र परमेश्‍वरलाई उहाँको न्याय र सजायका लागि धन्यवाद दिनुपर्छ,

जसले हामीलाई पखालेको छ र नयाँ मानिसमा परिवर्तित गरेको छ।

हामी दाजुभाइ-दिदीबहिनीहरू सबै परमेश्‍वरको प्रशंसा गर्न आउँछौँ;

हामी सर्वशक्तिमान् परमेश्‍वरको प्रशंसा गर्न आउँछौँ,

जसले मानिसहरूको एउटा समूहलाई विजय गर्नुभएको छ, मुक्ति दिनुभएको छ, र प्राप्त गर्नुभएको छ,

मुक्ति दिनुभएको छ, र प्राप्त गर्नुभएको छ।

हामी दाजुभाइ-दिदीबहिनीहरू परमेश्‍वरको धार्मिकता र पवित्रताको

प्रशंसा गर्दै एउटा नयाँ गीत गाउँछौँ।

पखालिएपछि हामी परमेश्‍वरमा समर्पित हुन सक्छौँ;

यो साँच्चै परमेश्‍वरको महान् मुक्ति हो।

हामीले परिवार र सांसारिक बन्धन त्यागेका छौँ,

र हामी आफ्नो कर्तव्य बफादारीपूर्वक पूरा गर्छौँ।

हामी परमेश्‍वरमा समर्पित हुँदै र उहाँका अभिप्राय पूरा गर्दै, आफ्नो देहविरुद्ध विद्रोह गर्छौँ र सत्यता अभ्यास गर्छौँ।

हामी दाजुभाइ-दिदीबहिनीहरू सबै परमेश्‍वरको प्रशंसा गर्न आउँछौँ;

हामी उहाँको सिंहासनअघि उहाँको प्रशंसा गर्न सक्छौँ—

यो परमेश्‍वरको अनुग्रह र आशिष् हो,

यो परमेश्‍वरको अनुग्रह र आशिष् हो।

हामी दाजुभाइ-दिदीबहिनीहरू, परमेश्‍वरको महान् कार्य पूरा भएको छ

भनी गाउँदै एउटा नयाँ गीत गाउँछौँ।

परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजनामार्फत,

उहाँले मानिसहरूको एउटा समूहलाई सिद्ध र प्राप्त गर्नुभएको छ।

उहाँका वचनले ठूलो रातो अजिङ्गरलाई पूर्णतया सरममा पार्दै, हामीलाई विजय गरेका छन्।

परमेश्‍वरको प्रताप, क्रोध र न्यायले उहाँको धर्मी स्वभाव प्रकट गर्छन्।

हामी दाजुभाइ-दिदीबहिनीहरू सबै परमेश्‍वरको प्रशंसा गर्न आउँछौँ;

हामी दाजुभाइ-दिदीबहिनीहरू सबै परमेश्‍वरको प्रशंसा गर्न आउँछौँ;

सर्वशक्तिमान् परमेश्‍वरको प्रशंसा गर्न जसले शैतानलाई पराजित गर्नुभएको छ

र आफ्नो सारा महिमा प्राप्त गरिसक्नुभएको छ।

हामी दाजुभाइ-दिदीबहिनीहरू एउटा नयाँ गीत गाउँछौँ,

राज्यमा जिउनुको हर्ष अतुलनीय छ।

हामीले परमेश्‍वरको महिमा देखेका छौँ,

र हाम्रो उत्साहित हृदय उफ्रिहेको र रमाइरहेको छ।

हाम्रा आँखाबाट उत्साहका आँसु झर्छन्, हामी हृदयमा प्रमुदित भई गाउँछौँ।

हामी सुन्दर नृत्यमार्फत आफ्नो हृदयको प्रेम व्यक्त गर्छौँ;

हाम्रा आत्मा स्वतन्त्र र स्वाधीन छन्।

हामी दाजुभाइ-दिदीबहिनीहरू सबै परमेश्‍वरको प्रशंसा गर्न आउँछौँ;

हाम्रा गायन आवाज चर्को र स्पष्ट छन्,

जसले सारा ब्रह्माण्ड, स्वर्ग र पृथ्वी दुवै हल्लाउँछन्।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्