Christian Dance | हामी दाजुभाइ-दिदीबहिनीहरू परमेश्वरको प्रशंसा गर्छौँ | Praise Song
13 जुलाई 2024
१
हामी दाजुभाइ-दिदीबहिनीहरू निकै स्वतन्त्र र खुसी महसुस गर्दै एउटा नयाँ गीत गाउँछौँ।
हामी सजायका माझमा परमेश्वरको धार्मिकता देख्छौँ;
हामी हृदयको गहिराइबाट परमेश्वरको प्रशंसा गर्छौँ।
हामी दाजुभाइ-दिदीबहिनीहरू रमाउनु पर्छ,
हामी खुसीले उफ्रनुपर्छ, खुसीले उफ्रनुपर्छ,
र परमेश्वरलाई उहाँको न्याय र सजायका लागि धन्यवाद दिनुपर्छ,
जसले हामीलाई पखालेको छ र नयाँ मानिसमा परिवर्तित गरेको छ।
हामी दाजुभाइ-दिदीबहिनीहरू सबै परमेश्वरको प्रशंसा गर्न आउँछौँ;
हामी सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर्न आउँछौँ,
जसले मानिसहरूको एउटा समूहलाई विजय गर्नुभएको छ, मुक्ति दिनुभएको छ, र प्राप्त गर्नुभएको छ,
मुक्ति दिनुभएको छ, र प्राप्त गर्नुभएको छ।
२
हामी दाजुभाइ-दिदीबहिनीहरू परमेश्वरको धार्मिकता र पवित्रताको
प्रशंसा गर्दै एउटा नयाँ गीत गाउँछौँ।
पखालिएपछि हामी परमेश्वरमा समर्पित हुन सक्छौँ;
यो साँच्चै परमेश्वरको महान् मुक्ति हो।
हामीले परिवार र सांसारिक बन्धन त्यागेका छौँ,
र हामी आफ्नो कर्तव्य बफादारीपूर्वक पूरा गर्छौँ।
हामी परमेश्वरमा समर्पित हुँदै र उहाँका अभिप्राय पूरा गर्दै, आफ्नो देहविरुद्ध विद्रोह गर्छौँ र सत्यता अभ्यास गर्छौँ।
हामी दाजुभाइ-दिदीबहिनीहरू सबै परमेश्वरको प्रशंसा गर्न आउँछौँ;
हामी उहाँको सिंहासनअघि उहाँको प्रशंसा गर्न सक्छौँ—
यो परमेश्वरको अनुग्रह र आशिष् हो,
यो परमेश्वरको अनुग्रह र आशिष् हो।
३
हामी दाजुभाइ-दिदीबहिनीहरू, परमेश्वरको महान् कार्य पूरा भएको छ
भनी गाउँदै एउटा नयाँ गीत गाउँछौँ।
परमेश्वरको छ हजार वर्षे व्यवस्थापन योजनामार्फत,
उहाँले मानिसहरूको एउटा समूहलाई सिद्ध र प्राप्त गर्नुभएको छ।
उहाँका वचनले ठूलो रातो अजिङ्गरलाई पूर्णतया सरममा पार्दै, हामीलाई विजय गरेका छन्।
परमेश्वरको प्रताप, क्रोध र न्यायले उहाँको धर्मी स्वभाव प्रकट गर्छन्।
हामी दाजुभाइ-दिदीबहिनीहरू सबै परमेश्वरको प्रशंसा गर्न आउँछौँ;
हामी दाजुभाइ-दिदीबहिनीहरू सबै परमेश्वरको प्रशंसा गर्न आउँछौँ;
सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर्न जसले शैतानलाई पराजित गर्नुभएको छ
र आफ्नो सारा महिमा प्राप्त गरिसक्नुभएको छ।
४
हामी दाजुभाइ-दिदीबहिनीहरू एउटा नयाँ गीत गाउँछौँ,
राज्यमा जिउनुको हर्ष अतुलनीय छ।
हामीले परमेश्वरको महिमा देखेका छौँ,
र हाम्रो उत्साहित हृदय उफ्रिहेको र रमाइरहेको छ।
हाम्रा आँखाबाट उत्साहका आँसु झर्छन्, हामी हृदयमा प्रमुदित भई गाउँछौँ।
हामी सुन्दर नृत्यमार्फत आफ्नो हृदयको प्रेम व्यक्त गर्छौँ;
हाम्रा आत्मा स्वतन्त्र र स्वाधीन छन्।
हामी दाजुभाइ-दिदीबहिनीहरू सबै परमेश्वरको प्रशंसा गर्न आउँछौँ;
हाम्रा गायन आवाज चर्को र स्पष्ट छन्,
जसले सारा ब्रह्माण्ड, स्वर्ग र पृथ्वी दुवै हल्लाउँछन्।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू