Christian Dance | ओ मेरो प्रिय, म तपाईँको खोजी गरिरहेको छु | Praise Song

2 मे 2025

परमेश्‍वर, मेरो प्रिय, सबैभन्दा सुन्दर, सुन्दर उज्ज्वल चन्द्रमा झैँ।

ओ मेरो प्रिय, तपाईँको प्रेमले मेरो हृदयलाई मोहित बनाउँछ।

मसँग तपाईँबाहेक अरू कुनै प्रेम छैन, मेरो हृदय सदैव तपाईँको हो।

ओ मेरो प्रिय, तपाईँ अहिले कहाँ हुनुहुन्छ?

के तपाईँलाई थाहा छ कि म तपाईँको कति तृष्णा गरिरहेको छु?

ज्योतिबिनाका दिनहरू पीडादायी र कठिन हुन्छन्।

अन्धकारमा म तपाईँको खोजी गरिरहेको छु।

म निरुत्साहित हुँदिन र आशा गुमाउँदिन, बरु अझ आतुरताका साथ तपाईँको खोजी गर्छु।

म तृष्णाका साथ तपाईँको पुनरागमनको प्रतीक्षा गर्छु,

तपाईँको मुहार देख्ने तृष्णा गर्छु।

परमेश्‍वर, मेरो प्रिय, सबैभन्दा सुन्दर, सुन्दर उज्ज्वल चन्द्रमा झैँ।

ओ मेरो प्रिय, तपाईँको प्रेमले मेरो हृदयलाई मोहित बनाउँछ।

मसँग तपाईँबाहेक अरू कुनै प्रेम छैन, मेरो हृदय सदैव तपाईँको हो।

तपाईँले मैले तपाईँलाई पुकारेको सुन्नुभएको छ,

तपाईँ ढकढक्याउँदै, मलाई बोलाउँदै आउनुहुन्छ।

मैले तपाईँको आवाज सुनेको छु र तपाईँको पुनरागमनलाई स्वागत गर्न ढोका खोलेको छु।

मैले वर्षौँदेखि आशा गरेको कुरा अहिले हुन आएको छ,

मेरा आँसु हर्षसित मिसिएका छन्।

तपाईँँ मानवजातिमाझ सत्यता ल्याउनुहुन्छ,

मैले साँचो ज्योतिको देखा पराइ देखेको छु।

परमेश्‍वर, मेरो प्रिय, सबैभन्दा सुन्दर, सुन्दर उज्ज्वल चन्द्रमा झैँ।

ओ मेरो प्रिय, तपाईँको प्रेमले मेरो हृदयलाई मोहित बनाउँछ।

मसँग तपाईँबाहेक अरू कुनै प्रेम छैन, मेरो हृदय सदैव तपाईँको हो।

म तपाईँको परिवारमा जिउँछु, थुमाको प्रचुर भोजमा सहभागी हुन्छु।

दैनिक रूपमा तपाईँका वचनहरूको आनन्द उठाउँदै,

मेरो हृदय अतुलनीय मिठास र हर्ष महसुस गर्छ।

तपाईँ मलाई हात समाएर डोऱ्याउनुहोस्, तपाईँ पछाडि दौडन मलाई तीव्र बनाउनुहोस्।

म तपाईँको घनिष्ठ बन्न, सधैँ तपाईँसँग हुन तृषित छु।

परमेश्‍वर, मेरो प्रिय, सबैभन्दा सुन्दर, सुन्दर उज्ज्वल चन्द्रमा झैँ।

ओ मेरो प्रिय, तपाईँको प्रेमले मेरो हृदयलाई मोहित बनाउँछ।

मसँग तपाईँबाहेक अरू कुनै प्रेम छैन, मेरो हृदय सदैव तपाईँको हो।

तपाईँको न्याय र सजाय अनुभव गर्दै,

म तपाईँको पवित्रता र धार्मिकता देख्छु।

तपाईँका वचनले मलाई पखालेका छन्, मलाई पुनर्जन्म लिन सक्षम तुल्याएका छन्।

तपाईँ मलाई मेरो जीवनका रूपमा सत्यता प्रदान गर्नुहुन्छ

र मैले तपाईँको साँचो प्रेमको आनन्द उठाएको छु।

म तपाईँलाई प्रेम गर्नेछु र तपाईँको सेवा गर्नेछु,

मेरो हृदय सदा तपाईँनिकट हुन्छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्