Nepali Christian Song | परमेश्वरमा विश्वास गर्नु तर सत्यता स्वीकार नगर्नु भनेको अविश्वासी हुनु हो
9 फेब्रुअरी 2026
१
कतिपय मानिस सत्यतालाई प्रेम गर्दैनन्, न्यायलाई त झनै गर्दैनन्। त्यसको साटो, तिनीहरू शक्ति र धनसम्पत्तिलाई प्रेम गर्छन्; यस्ता मानिसलाई शक्ति खोज्नेहरू भनिन्छ। तिनीहरूले शक्ति भएका सम्प्रदायको मात्र खोजी गर्छन्, र सेमिनरीहरूबाट आएका पाष्टर र शिक्षकलाई मात्र खोजतलास गर्दछन्। तिनीहरूले सत्यताको मार्गलाई स्विकारेका भए पनि, तिनीहरू अर्ध-विश्वास गर्नेहरू मात्र हुन्; तिनीहरू आफ्नो सम्पूर्ण हृदय र मन दिन सक्षम छैनन्; तिनीहरू मुखले परमेश्वरप्रति आफूलाई समर्पित गर्ने बारेमा शब्दहरू बोल्छन्, तर तिनीहरूका नजर महान् पाष्टर र शिक्षकमा केन्द्रित हुन्छन्, र ख्रीष्टलाई दोस्रो नजर पनि लगाउँदैनन्। तिनीहरूका मन ख्याति, प्राप्ति र महिमाका विचारले भरिएका हुन्छन्। तिनीहरूले त्यस्तो नगण्य व्यक्तिले त्यति धेरै मानिसलाई विजय गर्न सक्छ, त्यति मामुली व्यक्तिले मानिसलाई सिद्ध पार्न सक्छ भन्ने कुरा विश्वास नै गर्दैनन्। तिनीहरूले धूलो र गोबरको थुप्रोमध्येका नगण्य मानिसहरू परमेश्वरद्वारा चुनिएका मानिस हुन् भन्ने कुरा विश्वास नै गर्दैनन्।
२
यदि यस्ता मानिसहरू परमेश्वरका मुक्तिका पात्रहरू हुन्थे भने, तिनीहरू स्वर्ग र पृथ्वी उलटपुलट हुनेथिए र सम्पूर्ण मानिसहरू पेट मिचीमिची हाँस्नेथिए भन्ने विश्वास गर्छन्। तिनीहरू परमेश्वरले यस्ता मानिसहरूलाई सिद्ध पार्न चुन्नुहुन्थ्यो भने, ती महान् मानिसहरू परमेश्वर स्वयम् बन्नेथिए भन्ने विश्वास गर्छन्। तिनीहरूका दृष्टिकोणहरू अविश्वासले दूषित भएका हुन्छन्; विश्वास नगर्ने भन्दा बढी, तिनीहरू पूर्णतः असमझ पशुहरू हुन्। किनकि तिनीहरूले हैसियत, प्रतिष्ठा र शक्तिलाई मात्र मूल्यवान् ठान्दछन् र ठूला समूह र सम्प्रदायहरूलाई मात्र सम्मान गर्छन्, ख्रीष्टले डोर्याउनुभएका मानिसप्रति तिनीहरूसँग अलिकति नि सम्मान हुँदैन; तिनीहरू त ख्रीष्टतर्फ, सत्यतातर्फ र जीवनतर्फ आफ्नो पिठ्यूँ फर्काएका पूर्ण रूपमा विश्वासघाती हुन्। म भन्छु, सत्यतालाई मूल्यवान् नठान्नेहरू सबै अविश्वासी र सत्यताका विश्वासघातीहरू हुन्। यस्ता मानिसहरूले कहिल्यै ख्रीष्टको अनुमोदन प्राप्त गर्नेछैनन्।
३
के अब तैँले तँभित्र कति धेरै अविश्वास छ र तँसँग ख्रीष्टप्रति कति धेरै धोका छ भनी पहिचान गरेको छस्? म तँलाई यो अर्ती दिन्छु: तैँले सत्यताको मार्ग चुनेको हुनाले, तैँले आफूलाई सम्पूर्ण हृदयले अर्पण गर्नुपर्छ; द्विविधापूर्ण वा अर्ध-हृदयको नबन्। तैँले बुझ्नुपर्छ कि परमेश्वर न संसारको, न कुनै व्यक्तिको परमेश्वर नै हुनुहुन्छ, बरु उहाँ त उहाँमा साँच्चै विश्वास गर्नेहरू सबै, उहाँको आराधना गर्ने सबै, र उहाँमा अर्पित र बफादार हुने सबैको परमेश्वर हुनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँ साँच्चै परमेश्वरको विश्वासी होस्?
अन्य प्रकारका भिडियोहरू