Christian Dance | हेरौँ, कसले परमेश्‍वरको राम्रो गवाही दिन्छ | Praise Song

6 जुलाई 2024

सर्वशक्तिमान् परमेश्‍वर, म तपाईँलाई प्रेम गर्छु, म प्रशंसाको एउटा गीत गाउँछु।

म तपाईँका लागि हर्षको एउटा नृत्य नाच्छु,

सर्वशक्तिमान् परमेश्‍वर, सर्वशक्तिमान् परमेश्‍वर।

परमेश्‍वरको उत्थान र अनुग्रहद्वारा, हामी सिंहासनसामु उचालिन्छौँ।

परमेश्‍वरका वचन हाम्रो हृदयमाथि विजयी हुन्छन्

र हामी हाम्रो हृदय सन्तुष्ट हुने गरी परमेश्‍वरको प्रशंसा गर्छौँ।

उठेर नाच, दाजुभाइ-दिदीबहिनीहरू!

हर्षसाथ प्रशंसाका गीतहरू गाऊ।

म किन हर्षसाथ नाच्छु? किनकि मेरो हृदयले परमेश्‍वरलाई प्रेम गर्छ।

हामी परमेश्‍वरसामु आउँछौँ,

र हामी उहाँका वचनहरू खान्छौँ, पिउँछौँ र तिनमा रमाउँछौँ।

उहाँको न्याय स्विकारेर, हामी स्वच्छ पारिँदैछौँ;

हामी मानव रूपमा जीउन साँच्चै खुसी छौँ।

न्याय र सजाय नै परमेश्‍वरको प्रेम हो, परीक्षा र शोधन उहाँका आशिष् हुन्।

परमेश्‍वरले मलाई नयाँ जीवन दिनुभएको छ, म सदासर्वदा परमेश्‍वरको प्रशंसा गर्नेछु।

उठेर नाच, दाजुभाइ-दिदीबहिनीहरू!

हर्षसाथ प्रशंसाका गीतहरू गाऊ।

म किन हर्षसाथ नाच्छु? किनकि मेरो हृदयले परमेश्‍वरलाई प्रेम गर्छ।

परमेश्‍वरका वचनहरूको ठूलो अख्तियार छ,

तिनले हामीलाई सङ्कष्टहरू पार गर्न डोर्‍याउँछन्।

तिनले हामीलाई हर क्षण मार्गदर्शन गर्छन् र सुरक्षा दिन्छन्,

हामीले परमेश्‍वरको प्रियता र प्रेमिलोपन अझ बढी महसुस गर्छौँ।

हाम्रो आस्था सङ्कष्टमा सिद्ध पारिन्छ।

हामी परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌ता देख्छौँ।

परीक्षा जेसुकै भए पनि,

परमेश्‍वरलाई प्रेम गर्ने हाम्रो हृदय कहिल्यै बदलिनेछैन, कहिल्यै बदलिनेछैन।

उठेर नाच, दाजुभाइ-दिदीबहिनीहरू!

हर्षसाथ प्रशंसाका गीतहरू गाऊ।

म किन हर्षसाथ नाच्छु? किनकि मेरो हृदयले परमेश्‍वरलाई प्रेम गर्छ।

परमेश्‍वरको प्रेम यति महान् छ कि त्यो कहिल्यै पनि पूर्ण रूपमा भनिसाध्य नै हुँदैन।

हामी सदा परमेश्‍वरको प्रशंसा गर्नेछौँ।

परमेश्‍वरको प्रेमको ऋण तिर्न हामी आफ्नो कर्तव्य बफादारीसाथ पूरा गर्छौँ।

एउटै मनको भई, हामी परमेश्‍वरको साक्षी दिन्छौँ;

राज्यको सुसमाचार ब्रह्माण्डभर फैलिन्छ।

सियोनमा सर्वशक्तिमान् परमेश्‍वरले महिमा प्राप्त गर्नुहुन्छ,

हाम्रो हृदय हर्षले भरिन्छ, हर्षले भरिन्छ।

उठेर नाच, दाजुभाइ-दिदीबहिनीहरू!

हर्षसाथ प्रशंसाका गीतहरू गाऊ।

म किन हर्षसाथ नाच्छु? किनकि मेरो हृदयले परमेश्‍वरलाई प्रेम गर्छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्