Christian Dance | हेरौँ, कसले परमेश्वरको राम्रो गवाही दिन्छ | Praise Song
6 जुलाई 2024
१
सर्वशक्तिमान् परमेश्वर, म तपाईँलाई प्रेम गर्छु, म प्रशंसाको एउटा गीत गाउँछु।
म तपाईँका लागि हर्षको एउटा नृत्य नाच्छु,
सर्वशक्तिमान् परमेश्वर, सर्वशक्तिमान् परमेश्वर।
परमेश्वरको उत्थान र अनुग्रहद्वारा, हामी सिंहासनसामु उचालिन्छौँ।
परमेश्वरका वचन हाम्रो हृदयमाथि विजयी हुन्छन्
र हामी हाम्रो हृदय सन्तुष्ट हुने गरी परमेश्वरको प्रशंसा गर्छौँ।
उठेर नाच, दाजुभाइ-दिदीबहिनीहरू!
हर्षसाथ प्रशंसाका गीतहरू गाऊ।
म किन हर्षसाथ नाच्छु? किनकि मेरो हृदयले परमेश्वरलाई प्रेम गर्छ।
२
हामी परमेश्वरसामु आउँछौँ,
र हामी उहाँका वचनहरू खान्छौँ, पिउँछौँ र तिनमा रमाउँछौँ।
उहाँको न्याय स्विकारेर, हामी स्वच्छ पारिँदैछौँ;
हामी मानव रूपमा जीउन साँच्चै खुसी छौँ।
न्याय र सजाय नै परमेश्वरको प्रेम हो, परीक्षा र शोधन उहाँका आशिष् हुन्।
परमेश्वरले मलाई नयाँ जीवन दिनुभएको छ, म सदासर्वदा परमेश्वरको प्रशंसा गर्नेछु।
उठेर नाच, दाजुभाइ-दिदीबहिनीहरू!
हर्षसाथ प्रशंसाका गीतहरू गाऊ।
म किन हर्षसाथ नाच्छु? किनकि मेरो हृदयले परमेश्वरलाई प्रेम गर्छ।
३
परमेश्वरका वचनहरूको ठूलो अख्तियार छ,
तिनले हामीलाई सङ्कष्टहरू पार गर्न डोर्याउँछन्।
तिनले हामीलाई हर क्षण मार्गदर्शन गर्छन् र सुरक्षा दिन्छन्,
हामीले परमेश्वरको प्रियता र प्रेमिलोपन अझ बढी महसुस गर्छौँ।
हाम्रो आस्था सङ्कष्टमा सिद्ध पारिन्छ।
हामी परमेश्वरको बुद्धि र सर्वशक्तिमान्ता देख्छौँ।
परीक्षा जेसुकै भए पनि,
परमेश्वरलाई प्रेम गर्ने हाम्रो हृदय कहिल्यै बदलिनेछैन, कहिल्यै बदलिनेछैन।
उठेर नाच, दाजुभाइ-दिदीबहिनीहरू!
हर्षसाथ प्रशंसाका गीतहरू गाऊ।
म किन हर्षसाथ नाच्छु? किनकि मेरो हृदयले परमेश्वरलाई प्रेम गर्छ।
४
परमेश्वरको प्रेम यति महान् छ कि त्यो कहिल्यै पनि पूर्ण रूपमा भनिसाध्य नै हुँदैन।
हामी सदा परमेश्वरको प्रशंसा गर्नेछौँ।
परमेश्वरको प्रेमको ऋण तिर्न हामी आफ्नो कर्तव्य बफादारीसाथ पूरा गर्छौँ।
एउटै मनको भई, हामी परमेश्वरको साक्षी दिन्छौँ;
राज्यको सुसमाचार ब्रह्माण्डभर फैलिन्छ।
सियोनमा सर्वशक्तिमान् परमेश्वरले महिमा प्राप्त गर्नुहुन्छ,
हाम्रो हृदय हर्षले भरिन्छ, हर्षले भरिन्छ।
उठेर नाच, दाजुभाइ-दिदीबहिनीहरू!
हर्षसाथ प्रशंसाका गीतहरू गाऊ।
म किन हर्षसाथ नाच्छु? किनकि मेरो हृदयले परमेश्वरलाई प्रेम गर्छ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू