Christian Dance | परमेश्वरलाई सन्तुष्ट बनाउने व्यक्ति बन | Praise Song
27 सेप्टेम्बर 2024
१
देहधारी सर्वशक्तिमान् परमेश्वरले अत्यन्तै धेरै सत्यता व्यक्त गर्नुभएको छ;
उहाँको वचन खाँदा-पिउँदा र सत्यता बुझ्दा
हाम्रो हृदय कसरी उज्यालो हुन्छ।
परमेश्वरको न्याय भोग्दा, हामी आफ्नो भ्रष्टता चिन्न थाल्छौँ;
हामीले सत्यता अभ्यास गर्नुपर्छ र हामी परमेश्वरलाई सन्तुष्ट बनाउने व्यक्ति बन्नुपर्छ।
हामी साँच्चै परमेश्वरमा समर्पित हुने मानिसहरू हुनैपर्छ।
हामीले परमेश्वरको वचनले भने जस्तै ठ्याक्कै गर्नैपर्छ;
परमेश्वरले चाहे जे प्रबन्धहरू गर्नुभए पनि, हामी गुनासो गर्दैनौँ,
हामी सृजित प्राणीको स्थानमा उभिन्छौँ र कर्तव्य राम्ररी निर्वाह गर्छौँ।
२
हामी परमेश्वरप्रति वफादार मानिसहरू हुनैपर्छ;
हामीले आफ्नो क्षमताले सक्दो कर्तव्य पूरा गर्नैपर्छ
र परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्नैपर्छ,
सबथोकमा सत्यता सिद्धान्तहरू पालन गर्नैपर्छ र भावनामा भर पर्नुहुन्न।
अनि परिक्षा र सङ्कष्टहरूमा परमेश्वरको गवाही दिन मृत्युसम्मै वफादार हुनैपर्छ।
हामी इमानदार र सोझा मानिसहरू हुनैपर्छ;
हामीले इमानदारीपूर्वक र खुला रूपमा कामकुराहरू गर्नैपर्छ
ताकि ती परमेश्वरसामु ल्याइन सकियोस्,
हामी इमानदार र सही रूपमा बोल्नुपर्छ ताकि अरूले हामीलाई भरोसा गर्न सकून्,
अनि सरल, खुला र सीधा हुनुपर्छ ताकि हामी परमेश्वरद्वारा प्रेम गरिने मानिसहरू बनौँ।
हामी परमेश्वरलाई साँच्चै प्रेम गर्ने मानिसहरू हुनैपर्छ।
हामीले सत्यता अभ्यास गर्नैपर्छ, परमेश्वरका वचनहरू सुन्नैपर्छ,
र परमेश्वरका अभिप्रायअनुरूप कार्य गर्नैपर्छ,
परमेश्वरको हृदयलाई सन्तुष्ट बनाउन हामीले परमेश्वरको वचनको वास्तविकता जिउनैपर्छ
र उहाँको अनुमोदन पाउन पत्रुसको अनुसरण गर्नैपर्छ र परमेश्वरलाई प्रेम गर्न खोज्नैपर्छ।
हामी परमेश्वरलाई बुझ्ने मानिसहरू हुनैपर्छ;
हामीले सबथोकमा परमेश्वरको छानबीन स्विकार्नैपर्छ र परमेश्वरसामु जिउनैपर्छ,
हामीमा उहाँको डर मान्ने र उहाँमा समर्पित हुने हृदय हुनैपर्छ,
र हामीले उहाँको इच्छा पछ्याउनैपर्छ,
हामी परमेश्वरसँग एकै हृदय र मनका हुनैपर्छ,
र हामीले सदा परमेश्वरलाई प्रेम गर्नैपर्छ र परमेश्वरको गवाही दिनैपर्छ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू