Christian Dance | परमेश्‍वरलाई सन्तुष्ट बनाउने व्यक्ति बन | Praise Song

27 सेप्टेम्बर 2024

देहधारी सर्वशक्तिमान् परमेश्‍वरले अत्यन्तै धेरै सत्यता व्यक्त गर्नुभएको छ;

उहाँको वचन खाँदा-पिउँदा र सत्यता बुझ्दा

हाम्रो हृदय कसरी उज्यालो हुन्छ।

परमेश्‍वरको न्याय भोग्दा, हामी आफ्नो भ्रष्टता चिन्न थाल्छौँ;

हामीले सत्यता अभ्यास गर्नुपर्छ र हामी परमेश्‍वरलाई सन्तुष्ट बनाउने व्यक्ति बन्नुपर्छ।

हामी साँच्चै परमेश्‍वरमा समर्पित हुने मानिसहरू हुनैपर्छ।

हामीले परमेश्‍वरको वचनले भने जस्तै ठ्याक्कै गर्नैपर्छ;

परमेश्‍वरले चाहे जे प्रबन्धहरू गर्नुभए पनि, हामी गुनासो गर्दैनौँ,

हामी सृजित प्राणीको स्थानमा उभिन्छौँ र कर्तव्य राम्ररी निर्वाह गर्छौँ।

हामी परमेश्‍वरप्रति वफादार मानिसहरू हुनैपर्छ;

हामीले आफ्नो क्षमताले सक्दो कर्तव्य पूरा गर्नैपर्छ

र परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नैपर्छ,

सबथोकमा सत्यता सिद्धान्तहरू पालन गर्नैपर्छ र भावनामा भर पर्नुहुन्न।

अनि परिक्षा र सङ्कष्टहरूमा परमेश्‍वरको गवाही दिन मृत्युसम्मै वफादार हुनैपर्छ।

हामी इमानदार र सोझा मानिसहरू हुनैपर्छ;

हामीले इमानदारीपूर्वक र खुला रूपमा कामकुराहरू गर्नैपर्छ

ताकि ती परमेश्‍वरसामु ल्याइन सकियोस्,

हामी इमानदार र सही रूपमा बोल्नुपर्छ ताकि अरूले हामीलाई भरोसा गर्न सकून्,

अनि सरल, खुला र सीधा हुनुपर्छ ताकि हामी परमेश्‍वरद्वारा प्रेम गरिने मानिसहरू बनौँ।

हामी परमेश्‍वरलाई साँच्चै प्रेम गर्ने मानिसहरू हुनैपर्छ।

हामीले सत्यता अभ्यास गर्नैपर्छ, परमेश्‍वरका वचनहरू सुन्नैपर्छ,

र परमेश्‍वरका अभिप्रायअनुरूप कार्य गर्नैपर्छ,

परमेश्‍वरको हृदयलाई सन्तुष्ट बनाउन हामीले परमेश्‍वरको वचनको वास्तविकता जिउनैपर्छ

र उहाँको अनुमोदन पाउन पत्रुसको अनुसरण गर्नैपर्छ र परमेश्‍वरलाई प्रेम गर्न खोज्नैपर्छ।

हामी परमेश्‍वरलाई बुझ्ने मानिसहरू हुनैपर्छ;

हामीले सबथोकमा परमेश्‍वरको छानबीन स्विकार्नैपर्छ र परमेश्‍वरसामु जिउनैपर्छ,

हामीमा उहाँको डर मान्ने र उहाँमा समर्पित हुने हृदय हुनैपर्छ,

र हामीले उहाँको इच्छा पछ्याउनैपर्छ,

हामी परमेश्‍वरसँग एकै हृदय र मनका हुनैपर्छ,

र हामीले सदा परमेश्‍वरलाई प्रेम गर्नैपर्छ र परमेश्‍वरको गवाही दिनैपर्छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्