Christian Dance | परमेश्‍वरको असल समाचार कुर्दै | Praise Song

6 जनवरी 2025

तृषित आँखाका साथ, तपाईँ आतुरताका साथ बोलाउनुहुन्छ।

क्रूर मानवजातिलाई सामना गर्दै, तपाईँ आफ्ना हृदयका वचनहरू बोल्नुहुन्छ।

तपाईँको एउटै कामनाका लागि, तपाईँ घोर अन्याय सहनुहुन्छ,

अत्यन्तै धेरै परिश्रमी हेरचाह र अपेक्षा खन्याउनुहुन्छ।

अतिशय मागहरू कहिल्यै नगरी, तपाईँ खुसीसाथ सबथोक दिनुहुन्छ।

बिहान देखि रातिसम्म कठिनाइ भोगी,

तपाईँ मानिसमाझ हर प्रकारका सतावट भोग्नुहुन्छ।

सुन्दरतामा तपाईँसँग को तुलनीय छ? सबैभन्दा सम्मानित र सबैभन्दा पवित्र प्रिय।

तपाईँको महान् अभूतपूर्व कार्यको युगौँभर प्रशंसा गरिनेछ।

म पापमा पतित भएँ, तर ज्योतिमा खडा हुन्छु।

तपाईँबाट निकै उत्थान गरिएकोमा म निकै कृतज्ञ छु।

देहधारी परमेश्‍वर कष्ट भोग्नुहुन्छ,

त्यसोभए म, एउटा भ्रष्ट व्यक्तिले कति धेरै कष्ट भोग्नुपर्छ!

यदि म अँध्यारा प्रभावहरूसामु झुकेँ भने, मैले परमेश्‍वरलाई कसरी देख्नेथिएँ?

जब म तपाईँका वचनहरू सम्झन्छु, म तपाईँका लागि तृष्णाले भरिन्छु।

जब म तपाईँको मुहार देख्छु, म पछुतो अनि सम्मानले भरिन्छु।

म तथाकथित स्वतन्त्रता खोज्दै तपाईँलाई कसरी त्यागेर बस्न सक्छु?

तपाईँको घाइते हृदयलाई निको पार्न, म बरु हर प्रकारका कष्ट भोग्नेथिएँ।

जब फूलहरू फेरि फुल्छन्, म तपाईँको असल समाचार सुन्नेछु।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्