Nepali Christian Song | सृष्टिकर्ताको अख्तियार अपरिवर्तनीय छ

14 अप्रिल 2026

परमेश्‍वरसँग अख्‍तियार र शक्ति भए पनि, उहाँका कार्यमा उहाँ अत्यन्तै कठोर र सिद्धान्तनिष्ठ हुनुहुन्छ, र आफ्‍नो वचनमा प्रतिबद्ध रहनुहुन्छ। उहाँको कठोरता, र उहाँका कार्यका सिद्धान्तले सृष्टिकर्ताको चिढ्याउन नसकिने गुण र सृष्टिकर्ताको अख्‍तियारको अजेयतालाई देखाउँछन्। उहाँसँग सर्वोच्‍च अख्‍तियार भए तापनि, र यावत् थोक उहाँकै प्रभुत्वमुनि भए तापनि, र उहाँसँग यावत् थोकमाथि सार्वभौम हुने शक्ति भए तापनि, परमेश्‍वरले आफ्‍नै योजनालाई कहिल्यै हानि वा अस्तव्यस्त गर्नुभएको छैन, र उहाँले हरेक पटक आफ्‍नो अख्तियार कार्यान्वयन गर्नुहुँदा, यो कडा रूपमा उहाँका आफ्‍नै सिद्धान्त अनुसार हुन्छ, र यसले उहाँको मुखबाट बोलिएको कुरालाई ठ्याक्कै पछ्याउँछ, र उहाँको योजनाका कदम र उद्देश्यलाई नै पछ्याउँछ। स्पष्ट छ, परमेश्‍वरको सार्वभौमिकता अन्तर्गतका यावत् थोकले पनि परमेश्‍वरको अख्तियार कार्यान्वयन गरिने सिद्धान्तलाई नै पालन गर्छन्, र उहाँको अख्‍तियारका योजनाबद्ध कार्यहरूबाट कुनै पनि मानिस वा वस्तु उम्कन सक्दैन, न त तिनीहरूले उहाँको अख्तियार कार्यान्वयन हुने सिद्धान्तलाई नै परिवर्तन गर्न सक्छन्।

परमेश्‍वरका नजरमा, जो आशिषित छन् तिनीहरूले उहाँको अख्तियारका कारण आशिष्‌हरू प्राप्त गर्छन्, र जो श्रापित छन् तिनीहरूले परमेश्‍वरकै अख्‍तियारका कारण आफ्‍ना दण्ड प्राप्त गर्छन्। परमेश्‍वरको अख्तियारको सार्वभौमिकताअन्तर्गत, उहाँको अख्‍तियारको कार्यान्वयनबाट कुनै पनि मानिस वा कामकुरा उम्कन सक्दैन, न त तिनीहरूले उहाँको अख्‍तियार कार्यान्वयन गरिने सिद्धान्तहरूलाई नै परिवर्तन गर्न सक्छन्। सृष्टिकर्ताको अख्‍तियारलाई कुनै पनि तत्त्वमा आउने परिवर्तनले परिवर्तन गर्न सक्दैन, त्यसरी नै, उहाँको अख्तियार कार्यान्वयन गरिने सिद्धान्तहरू कुनै पनि कारणले परिवर्तन हुँदैनन्। स्वर्ग र पृथ्वीले ठूला-ठूला परिवर्तनहरू भोग्लान्, तर सृष्टिकर्ताको अख्‍तियार परिवर्तन हुनेछैन; यावत् थोक बितेर जालान्, तर सृष्टिकर्ताको अख्‍तियार कहिल्यै बितेर जानेछैन। सृष्टिकर्ताको अपरिवर्तनीय र उल्‍लङ्घन गर्न नसकिने अख्‍तियारको सार यही हो, र सृष्टिकर्ताको अद्वितीयपन ठ्याक्कै यही हो!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्