Nepali Christian Song | सृष्टिकर्ताको अख्तियार अपरिवर्तनीय छ | with lyrics

28 सेप्टेम्बर 2021

पद १

परमेश्‍वरमा असीम अख्‍तियार भएपनि,

उहाँ सैद्धान्तिक, अटल र वचनबद्ध रहनुहुन्छ।

त्यसैले उहाँलाई रिस उठाउन सकिन्न,

र उहाँको अख्तियार अजेय छ।

पद २

उहाँको अख्तियार सर्वोच्च र सबै माथि उहाँकै प्रभुत्व

र शासन भएपनि, आफ्नो योजना नष्ट गर्नुहुन्न।

आफ्‍नो सिद्धान्त अनुरुप उहाँ अख्तियारको प्रयोग गर्नुहुन्छ,

र आफ्नो वचन र योजनालाई पछ्याउनु हुन्छ।

कोरस

स्वर्ग र पृथ्वी परिवर्तन होला, तर परमेश्‍वरको अख्तियार अपरिवर्तित छ।

सबै थोक लोप होलान्, तर त्यो हराउने छैन।

उहाँको अख्तियारको वास्तविक सार यहि हो।

यो रिस उठाउन नसकिने र अपरिवर्तनीय छ।

पद ३

परमेश्‍वरद्वारा शासित सबथोक उहाँको अख्तियार प्रयोगका

सिद्धान्तको पालना गर्छ

उहाँका योजनाहरूबाट कोहि मुक्त छैन।

कसैले उहाँको अख्तियारको

सिद्धान्त परिवर्तन गर्न सक्दैन।

कोरस

स्वर्ग र पृथ्वी परिवर्तन होला, तर परमेश्‍वरको अख्तियार अपरिवर्तित छ।

सबै थोक लोप होलान्, तर त्यो हराउने छैन।

उहाँको अख्तियारको वास्तविक सार यहि हो।

यो रिस उठाउन नसकिने र अपरिवर्तनीय छ।

ब्रिज

उहाँको अख्तियारले, जो आशिषित छन्, सौभाग्यशाली हुन्छन्।

त्यो परमेश्‍वरद्वारा ल्याइएको हो।

जो श्रापित छन्, ती दण्डित हुन्छन्।

उहाँको अख्तियारबाट कोहि उम्कन पाउँदैनन्।

न त कसैले तिनको कानून परिवर्तन गर्न सक्छ।

उहाँको अख्तियार परिवर्तनद्वारा पनि बदलिन्न।

यसका नियमहरूलाई परिवर्तन गर्न सकिन्न।

कोरस

स्वर्ग र पृथ्वी परिवर्तन होला, तर परमेश्‍वरको अख्तियार अपरिवर्तित छ।

सबै थोक लोप होलान्, तर त्यो हराउने छैन।

उहाँको अख्तियारको वास्तविक सार यहि हो।

यो रिस उठाउन नसकिने र अपरिवर्तनीय छ।

अन्त्य

त्यसैले सृष्टिकर्ता अद्वितीय हुनुहुन्छ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्