Christian Dance | परमेश्वरको प्रेम भोजमा सहभागी हुनु निकै मिठो हुन्छ | Praise Song
18 अक्टोबर 2024
१
परमेश्वरका वचनहरू खाँदै र पिउँदै, हामी परमेश्वरको प्रेम भोजमा सहभागी हुन्छौँ;
त्यो कति मिठो कुरा हो!
हाम्रा हृदय हर्षित छन्, हाम्रा आत्मा खुसी छन्; त्यो वर्णन नै गर्न नमिल्ने गरी सुन्दर छ।
न्याय पछि सत्यताको बुझाइ आउँछ, तीतोपनलाई मिठासले प्रतिस्थापन गर्छ;
हाम्रा आत्मा जाग्छन्, हाम्रा हृदय उज्यालो हुन्छन् अनि हामी परमेश्वरको प्रेम चिन्छौँ।
ओह, परमेश्वरका वचनहरूले मानिसहरूलाई सिद्ध पार्छन्!
तिनले मलाई पखाल्छन् र रूपान्तरण गर्छन्।
मानिसहरूले परमेश्वरलाई प्रेम गर्दैनन् भने, तिनीहरूमा अलिकति पनि विवेक हुँदैन।
हामी सबैले परमेश्वरका अभिप्रायहरू ख्याल गर्नैपर्छ,
आफ्नो बफादारी अर्पण, र आफ्ना कर्तव्य पूरा गर्नैपर्छ।
परमेश्वरले सत्यता व्यक्त गर्नुहुन्छ र मानिसहरूलाई वास्तविकतामा अगुवाइ गर्नुहुन्छ।
परमेश्वरका वचनहरूको न्याय र खुलासाले मलाई आफैलाई चिन्ने तुल्याउँछ;
उहाँका वचनहरू अभ्यास र अनुभव गर्दा, मेरा स्वभाव परिवर्तन हुन्छन्।
आखिरी दिनहरूमा परमेश्वरले दिनुहुने मुक्ति मापन नै गर्न नसकिने रूपमा अपार छ।
२
परमेश्वरका वचनहरूको न्याय, परीक्षा र शोधनले मानिसको भ्रष्टता पखाल्छन्।
सङ्कष्टहरू र शोधनहरूमार्फत हामी हर प्रकारका कष्ट सहन्छौँ।
हाम्रा भ्रष्ट स्वभाव पखालिनका लागि कष्ट सहनु साँच्चै नै सार्थक हुन्छ।
हामी सत्यता अभ्यास गर्छौँ र अन्ततः मानव रूपमा जिउँछौँ।
ओह, परमेश्वरले धेरै काम गर्नुभएको छ! त्यो सब मानिसहरूलाई सिद्ध पार्नका खातिर हो।
सत्यता प्राप्त नगर्नु निकै दुःखलाग्दो कुरा हो।
भोजमा बस्नु, तैपनि ठूलो अनिकाल भोग्नु;
त्यो त साँच्चै शैतानका लागि हाँसोको पात्र हुनु हो।
परमेश्वरको डरमार्फत, हामी सबथोकमा परमेश्वरको छानबिन स्विकार्छौँ,
हाम्रा शब्द र कार्य सत्यता सिद्धान्तहरू अनुरूप हुन्छन्,
र हामी परमेश्वरका वचनहरूलाई हाम्रा बोली र कार्यको आधार बनाउँछौँ;
तब हामी परमेश्वरको उपस्थितिको ज्योतिमा जिउँछौँ।
३
परमेश्वरका वचनहरू खाँदै र पिउँदै,
हामी परमेश्वरको प्रेम भोजमा सहभागी हुन्छौँ, जुन सम्पन्न र व्यावहारिक छ।
ठूलो रातो अजिङ्गर र ख्रीष्ट विरोधीहरूले आफ्नो अन्तिम सेवा प्रदान गरिरहेका छन्।
सङ्कष्टहरू र परीक्षाहरू अनुभव गर्दा, हामी परमेश्वरका आशिष् चाख्छौँ।
सत्यता बुझ्नेहरूले परमेश्वरको गवाही दिन्छन्।
ओह, ब्रदर र सिस्टरहरू! हामीले बुझ्नैपर्छ:
परमेश्वरले मानिसहरूलाई मुक्ति दिन र सिद्ध पार्न सबथोक दिनुभएको छ।
परमेश्वरको कामको अन्तिम चरण उहाँलाई प्रेम गर्नेहरूलाई सिद्ध पार्नु हो।
हामीले उहाँका अभिप्रायहरू पूरा गर्न जोरदार गवाही दिनुपर्छ।
सत्यता बुझेको र ज्ञान प्राप्त गरेको हुँदा,
हामीले यी कुराहरूलाई अभ्यास गर्नैपर्छ।
परमेश्वरको अनुग्रह चुकाउँदै गर्दा र उहाँका अभिप्रायलाई ख्याल गर्दै गर्दा,
हाम्रो हृदय रमाउँछ।
परमेश्वरलाई प्रेम गर्दा, तिमी र मसँग वास्तविकता हुन्छ
र हामी नयाँ मानिसहरूमा रूपान्तरित हुन्छौँ;
हामी आफ्नो कर्तव्य बफादारीका साथ पूरा गर्छौँ र उहाँको गवाही दिन्छौँ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू