Christian Dance | नाच, सिंहासन वरिपरि नाच | Praise Song

7 मार्च 2024

आखिरी दिनहरूका ख्रीष्ट देखा पर्नुभएको छ,

स्वर्गको राज्य धर्तीमा आएको छ।

देहधारी परमेश्‍वरले सत्यता व्यक्त गर्नुभएको छ र चर्मपत्र खोल्नुभएको छ,

यो वचन देहमा देखा परेको कुरा हो।

परमेश्‍वरका वचनहरूमा अख्तियार हुन्छ,

तिनले सबै राष्ट्र र मानिसहरूमाथि विजय हासिल गर्छन्,

र उहाँको प्रताप प्रकट गर्छन्।

उहाँको प्रशंसा गर, सबै प्रशंसा उहाँलाई होस्, सबैजना खुसीले नाचिरहेका छन्!

हामी उहाँको सिंहासन वरिपरि नाच्छौँ।

हामीले परमेश्‍वरको स्वर सुनेका छौँ र हामीलाई थुमाको विवाह भोजमा सहभागी हुन

उहाँको सिंहासनअगाडि माथि उठाइएको छ।

हामी हरदिन उहाँका वचनहरूमा रमाउँछौँ,

परमेश्‍वरको उपस्थितिमा जिउनु आफैमा खुसी हो।

हामीले अन्धकारबाट निस्‍केर स्वतन्त्रता पाएका छौँ,

हामी जति नाच्छौँ, त्यति नै रमाउँछौँ।

हामी परमेश्‍वरसामु आउँछौँ र राज्यको तालिम स्विकार्छौँ।

हामी परमेश्‍वरका वचनको न्याय र शोधन भोग्छौँ

र हाम्रा जीवन स्वभावहरू रूपान्तरित हुन्छन्।

हामी परमेश्‍वरको मुक्ति पाउँछौँ र उहाँको प्रेममा रमाउँछौँ,

यो परमेश्‍वरको अनुग्रह हो।

उहाँको प्रशंसा गर, सबै प्रशंसा उहाँलाई होस्, सबैजना खुसीले नाचिरहेका छन्!

हामी उहाँको सिंहासन वरिपरि नाच्छौँ।

स्वर्ग र धर्ती रमाउँछन्, ताराहरू नाच्छन् र जून मुस्काउँछ,

रुखका चराहरू चिरबिराउँछन्।

हामी नयाँ जीवन जिउँछौँ, हाम्रो कृतज्ञताको सीमा छैन।

हामी इमानदारीसाथ आफ्नो कर्तव्य निभाउँछौँ,

सत्यता पछ्याउँछौँ, र परमेश्‍वरको साक्षी दिन्छौँ।

धार्मिकताको राज्य देखा परेको छ, परमेश्‍वरका वचनहरूले धर्तीमा शासन गर्छन्।

हामीले दमन र सङ्कष्टहरू पार गरेका छौँ,

र हामी सम्पूर्ण हृदयले ठूलो रातो अजिङ्गरलाई घृणा गर्छौँ।

हामी सदा ख्रीष्टलाई पछ्याउन दृढ सङ्कल्पित छौँ।

परमेश्‍वरका वचनहरूले संसारमाथि विजय प्राप्त गरेका छन्,

सबै राष्ट्रहरू सर्वशक्तिमान् परमेश्‍वरलाई आराधना गर्छन्।

हामी उहाँको प्रशंसा गाउँछौँ!

उहाँको प्रशंसा गर, सबै प्रशंसा उहाँलाई होस्, सबैजना खुसीले नाचिरहेका छन्!

हामी उहाँको सिंहासन वरिपरि नाच्छौँ।

परमेश्‍वरले एक हुल विजेताहरू बनाउनुभएको छ, उहाँको महान्‌ काम सफल भएको छ।

उहाँले दियाबलस शैतानलाई पूर्णतया लज्जित तुल्याउनुभएको छ!

स्वर्गमा जस्तै, परमेश्‍वरको इच्छा धर्तीमा पनि पूरा भएको छ।

सबै मानिसहरू परमेश्‍वरको साक्षी दिन्छन्,

राज्य धर्तीमा प्रकट भएको छ!

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्