Christian Song | के तँलाई तेरो मिसन थाहा छ? | २०२६ स्तुतिका स्वरहरू

15 जनवरी 2026

के तँ परमेश्‍वरले हरेक युगमा व्यक्त गर्नुभएको स्वभावलाई ठोस रूपमा, र त्यस युगका लागि उपयुक्त अनि त्यस युगको महत्त्व बोक्‍ने भाषामा वर्णन गर्न सक्छस्? के परमेश्‍वरको आखिरी दिनहरूको काम अनुभव गर्ने तँ, परमेश्‍वरको धर्मी स्वभावलाई विस्तृत रूपमा वर्णन गर्न सक्छस्? के तँ स्पष्ट र सही रूपमा परमेश्‍वरको स्वभावको गवाही दिन सक्छस्? धार्मिकताका निम्ति भोकाउने र तिर्खाउने अनि गोठालो गरिनका लागि तेरो प्रतीक्षा गरिरहेका ती दयनीय, दरिद्र, र भक्त धार्मिक विश्‍वासीहरूलाई तैँले कसरी आफूले देखेका र अनुभव गरेका कुराहरूबारे बताउनेछस्? गोठालो गरिन कस्तो प्रकारका मानिसहरू तेरो प्रतीक्षा गरिरहेका छन्? के तँ कल्‍पना गर्न सक्छस्?

के तँलाई तेरा काँधका बोझहरू, तँलाई दिइएको आज्ञा, र तेरो जिम्‍मेवारीबारे थाहा छ? ऐतिहासिक मिसनप्रतिको तेरो बोध कहाँ छ? अर्को युगको मालिकको भूमिका तैँले कसरी राम्ररी निर्वाह गर्नेछस्? के तँसँग मालिक हुनुको प्रबल भावना छ? यावत् थोकका मालिकबारे कसरी व्याख्या गरिनुपर्छ? के त्यो साँच्‍चै सारा जीवित प्राणीहरू अनि संसारका सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिका लागि तँसँग के-के योजनाहरू छन्? कति धेरै मानिसहरूले गोठालो गरिन तेरो प्रतीक्षा गरिरहेका छन्? के तेरो कार्य गह्रौँ छ? तिनीहरू दरिद्र, दयनीय, अन्धा छन्, र तिनीहरू असमञ्जसमा छन्, अन्धकारमा बिलौना गरिरहेका छन्—मार्ग कहाँ छ?

धेरै वर्षदेखि मानिसलाई दमन गरेका अन्धकारका शक्तिहरूलाई, उल्काजस्तै गरी अचानक तल झरेर हटाओस् भनी ती मानिसहरू ज्योतिका लागि कति तृष्णा गर्छन्। तिनीहरू त्यसका लागि बेचैनीका साथ आशा गर्छन् र दिन-रात तृष्णा गर्छन्—यो कुरा कसले पूर्ण रूपमा जान्‍न सक्छ र? ज्योति चम्‍केर गुज्रने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; तिनीहरूले कहिले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नपाएका यी नाजुक आत्माहरूको दुर्भाग्य भयानक छ, अनि निर्दयी बन्धनहरू र जमेको इतिहासद्वारा तिनीहरूलाई यो स्थितिमा बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? तिनीहरूको दुखी स्थिति कसले देखेको छ र? परमेश्‍वरको हृदय कति दुखी र बेचैन छ भनी के तैँले कहिल्यै विचार गरेको छस्? उहाँले आफ्‍नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले, त्यस्तो सास्ती भोगेको देख्दा उहाँ कसरी सहन सक्‍नुहुन्छ?

आखिर, मानवजाति विषाक्त पारिएका पीडितहरू नै त हुन्। र मानवजाति आजको दिनसम्‍म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विषाक्त पारेको छ भन्‍ने कुरा कसले थाहा पाएको छ र? के तैँले तँ पीडितहरूमध्येको एक होस् भन्‍ने बिर्सिस्? के परमेश्‍वरप्रतिको तेरो प्रेमका कारण, यी सबै बाँचेकाहरूलाई मुक्ति दिनका निम्ति लागिपर्न तँ इच्‍छुक छैनस्? के तँ मानवजातिलाई आफ्‍नै मासु र रगतजस्तै प्रेम गर्नुहुने परमेश्‍वरलाई प्रतिदान गर्नका निम्ति आफ्‍नो सारा सामर्थ्य अर्पण गर्न इच्‍छुक छैनस्? तेरो असाधारण जीवन जिउनका लागि परमेश्‍वरद्वारा प्रयोग गरिनुलाई तँ ठ्याक्कै कसरी बोध गर्छस्? के तँसँग एक भक्त, परमेश्‍वरको सेवा गर्ने व्यक्तिको अर्थपूर्ण जीवन जिउने अठोट र आस्था साँच्‍चै छ त?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले तेरो भविष्यको मिसनलाई कसरी सम्हाल्नुपर्छ?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्